Submit Your Idea

Read In English | FAQ

कलेज आईडिया हन्ट, आईडिया स्टुडियो नेपाल द्दारा संचालित एक कार्यक्रम, जसको उद्देश्य यूवावर्गको सृजनसिल सोचलाई अघि बढाउदै निहीत समस्याहरुको नवीन र दिगो तरीकाले समाधान गर्नु हो। यसमा विधार्थीहरुले पिचिँग प्लेटफर्मको (pitching platform) अवसर प्राप्त गर्नुको साथै इन्क्यूवेशन, मेन्टरसिप, र नेटवर्किङको (incubation, mentorship and networking) अवसर प्राप्त गर्नेछन् । साथै व्यवसाय सुरुवाति चरणमा प्राप्त गरीने वीज लगानी (seed investment) एक थप बोनस (bonus) मान्न सकिन्छ ।

कलेज आईडिया हन्ट, नेपालमा, विधार्थीहरुका लागि एक मात्र आईडिया इन्क्यूवेटर (idea incubator) हो । यो अद्दितिय र एक फरक अनुभव हो ।

  • कार्यक्रममा भाग लिन तपाँईले कलेज छाड्नु पर्दैन।
  • तपाईका विचारहरुलाई प्रारम्भिक चरणमानै स्वीकार गरीन्छ जबकी तपाईलाई कोही कसैले लगानी
    गर्न इच्छुक हुदैनन्।
  • तपाँईले तिन दिने कार्यशाला गोष्टिको अवसर प्राप्त गर्नुहुनेछ जस्ले तपाँइको नविनतम सोच, सृजनशिलता, रचनात्मक सोच, आत्मज्ञान, आत्मजागरुकता, संचार, समन्वायीकरण, सामुहिक कार्य तथा प्रस्तुतिकरण कौशलको विकास हुनेछ ।
  • कलेज आईडिया हन्ट एक भव्य समापन (grand finale) कार्यक्रम जसमा नेपालका प्रसिद्द व्यतिmत्वहरुको उपस्थिती रहने, झण्डै १५०० दर्शकहरुको माझमा पिचीगँ प्लेटफर्मको (pitching platform) अवसर प्रदान गरीनेछ ।
  • शिर्ष तिन विजेताहरुले जनहि रुपैयाँ १,००,००० ( एक लाख ) नगद पुरस्कार प्राप्त गर्नेछन्। साथै निरन्तर सल्लाह र समर्थन समेत प्राप्त गर्नेछन्।
  • आईडिया स्टुडियो नेपालले तपाँईको आईडियामा कुनै इक्यूटि (equity) राख्दैन ।

कलेज आईडिया हन्टले आईडिया स्टुडियो सोचदेखि उद्योगसम्म, वार्षीक ईन्क्यूवेशन (incubation) कार्यक्रम र एक लोकप्रिय रियालिटी (reality) टिभी कार्यक्रमको लागि प्रारम्भिक चरणको रुपमा पनि कार्य गर्दछ । कलेज आईडिया हन्टका शिर्ष तिन विजेताहरुले ईन्क्यूवेशन र टिभी कार्यक्रमा सीधा प्रवेश
पाउँछन् जहाँ उनीहरुले आफ्नो विचारलाई व्यवसायमा रुपान्तरण गर्नको लागि ज्ञान तथा सल्लाहकार पाउनेछन्।

कलेज आईडिया हन्ट २०२०

यो कार्यक्रम एक अन्तरकलेज (inter-college) प्रतियोगीता हो । जहाँ ग्रीनोभेसन विचारहरु (Greenovation ideas) र सामाजिक प्रभाव सम्बद्द विचारहरु स्वीकार गरीन्छ ।

वल्र्ड वाईल्डलाईफ फन्ड नेपाल (World Wildlife Fund Nepal) द्दारा परिभाषीत ग्रीनोभेसन (greenovation) एक दिगो व्यवसाय वा हरित व्यवसाय हो जुन विश्वव्यापी वा स्थानी वातावरण, समुदाय, वा अर्थव्यवस्थामा न्यूनतम नकारात्मक प्रभाव, वा सम्भावित सकारात्मक प्रभाव गर्दछ । अक्सर, दिगो व्यवसायहरुको प्रगतिशील वातावरणीय र मानव नीतिहरु हुन्छन् । सामान्यतया, एक व्यवसायलाई हरियोको रुपमा वर्णन गरीएको हुन्छ यदि यसले निम्न तीन मापदण्डहरुसँग मेल खान्छ ।

  • यसले यसको प्रत्येक व्यापारिक निर्णयहरुमा स्थिरताका सिद्दान्तहरु समावेश गर्दछ ।
  • यसले वातावरण अनुकुल उत्पादन वा सेवाहरु आपुर्ति गर्दछ जस्ले गैर हरियो उत्पादनहरु र सेवाहरुको मागलाई प्रतिस्थापन गर्दछ ।
  • यसले आफ्नो व्यवसाय संचालन मा वातावरणीय सिद्दान्तहरुको लागि एक स्थायी प्रतिवद्दता गरेको हुन्छ ।

प्रक्रिया

चरण १ः सोच समावेश (Idea Submission)

विद्याथीहरुले हाम्रो वेवसाइटमा राखिएको आवेदन फाराम मार्फत आफ्नो व्यवसायिक विचारहरुको साथ आवेदन दिनुपर्नेछ । जसमा विद्याथीहरुले आफ्नो व्यवसायिक विचारको व्याख्या गर्दै २ मिनेटको भिडियो समेत समावेश गर्नुपर्नेछ ।

आवेदन फाराम: http://ideastudio.org.np/submit-college-idea-hunt/

फाराम भर्ने अन्तिम मिती: साउन १०, २०७७ (July 25, 2020)
कुनै पनि आवेदन शुल्क लाग्ने छैन ।

योग्यता

१. हाल कुनै पनि संकायबाट नेपालमा स्नातक वा स्नातकोत्तर अध्ययन गर्ने विद्यार्थीहरु यसमा भाग लिन योग्य छन्। विद्यार्थीहरु नेपाल सरकारले अनुमोदित विश्वविद्यालयको हुनुपर्छ ।
२. व्यवसायीक विचार ग्रीनोभेसन (Greenovation) र/वा सामाजिक प्रभाव सम्बन्धित विचार (Social impact idea) हुनुपर्छ ।
३. आफ्नो व्यवसायीक विचार व्याख्या गरीएको २ मिनेट को भिडियो आवेदन फारमका साथ बुझाउनुपर्नेछ ।

भिडियो दिशानिर्देश: आवेदन पुर्णगर्नको लागी तपाईले आफ्नो २ मिनेटको भिडियो पिच बुझाउनुपर्नेछ । कृपया भिडियोको लागि यस सम्वन्धित आवश्यकताहरु र ढाँचा फेला पार्नुहोस्।

१. भिडियो तपाईको व्यवसायीक विचारको पिच भएकोले आवेदकको अनुहार प्रस्ट प्रकट भएको हुनुपर्दछ । तपाईले आफ्नो विचारको कथन भिडियो, एनिमेटेड भिडियो, फोटो भिडियो आदि समेत पेश गर्न सक्नुहुनेछ । तर भिडियोमा तपाईको अनुहार भने प्रस्ट देखिने हुनुपर्दछ ।
२. भिडियो २ मिनेट भन्दा लामो हुनुहुन्न ।
३. तपाईको सहजता अनुसार भिडियो अंग्रेजी वा नेपालीमा तयार पार्नुहोस्।
४. कृपया भिडियो बुझाउनु अघि भिडियोलाई आफ्नो नाम_विजेनेस आइडियोमा रिनेम (rename) गर्नुहोस्। उदाहरणको लागी Joseph Shrestha_RVM Nepal
५. कृपया आवेदन फारममा तपाईको भिडियोको गुगल ड्राईभ लिंक (Google drive link) मार्फत बुझाउनुहोस्। साथै भिडीयो लिकं समावेश गर्दा (video sharing option) अन गर्दै anyone with the link can view मा click गर्नुहोस्। अन्यथा हामी तपाईको आवेदन ग्रहण गर्न सक्षम हुनेछैनौ ।

तपाईको भिडियोमा निम्न प्रश्नहरुको उत्तर दिनुहोस्ः

१. तपाईको व्यवसायीक सोचको बारेमा व्याख्या गर्नुहोस्।
क. तपाई कुन समस्यालाई सम्बोधन गर्दै हुनुहुन्छ र कसरी ?
ख. तपाईको ग्राहक को हो ?
२. तपाईको व्यवसायले ग्रीनोभेसन र/वा सामाजिक प्रभावमा कसरी योगदान पुर्याउँछ?
३. यदि तपाईं कलेज आईडिया हन्ट २०२० को विजेता हुनुभयो भने पुरस्कार स्वरुप प्राप्त

रकम रु १,००,००० लाई तपाईँकसरी उपयोग गर्नुहुन्छ ?

चरण २ः उत्कृष्ट १० सोचहरु

सबै विचारहरुबाट उत्कृष्ट १० विचारहरु अगाडि बढ्दछन्। छनौट गरीएका विचारहरु ईमेल मार्फत सूचित गरीनेछ । त्यसैले कृपया तपाईको इमेल ठेगाना जाँच गरेर मान्य ईमेल ठेगाना प्रदान गर्नुहोस्।

चरण ३ः २ दिने अनलाईन कार्यशाला

कलेज आईडिया हन्ट २०२० का शीर्ष १० विचारहरुले २ दिने अनलाइन कार्यशाला प्राप्त गर्नेछन् जहाँ उनीहरु आफ्ना विचारहरुमा काम गर्नेछन्र निम्न बुदाँहरुमा आफ्नो सीप विकास गर्नेछन्।

१. नवीनता/रचनात्मकता (Innovation/Creativity)
२. क्रिटिकल सोच (Critical Thinking)
३. आत्म ज्ञान/आत्म जागरुकता (Self-knowledge/ Self-awareness)
४. सञ्चार (Communication)
५. समन्वायीकरण र सामुहिक कार्य (Collaboration/ Teamwork)
६. प्रस्तुतिकरण (Presentation)

सहभागीहरुलाई केही दिन पहिलेनै ईमेल मार्फत तालिकाको जानकारी दिइनेछ । अनलाईन कार्यशाला पूर्ण २ दिनको हुनेछ । तपाईको व्यवसायीक सोचको पिचिंगको लागि कार्यशाला महत्त्वपूर्ण हुनेछ ।

चरण ४ः I have an Idea, ग्रान्ड फिनाले

कार्यशाला पश्चात शीर्ष १० आईडियाहरुले झन्डै १,५०० भन्दा बढी दर्शक सहभागीहरुको अगाडी एक भव्य समापन कार्यक्रममा आफ्नो सोच प्रस्तुत गर्नेछन् । ती मध्य शीर्ष ३ विचारहरुले रुपैयाँ एक लाख रु १,००,००० प्राप्त गर्नेछन्।

उक्त कार्यक्रम नेपालको कोभिड १९ को स्थितिमा निर्भर गर्दछ । यदि भौतिक उपस्थितिमा सोचहरु प्रस्तुत गर्न सम्भव नभएको खण्डमा उक्त कार्यक्रम पूरा गर्न वैकल्पिक विकल्पहरु छनौट गरीनेछ ।

चरण ५: आईडिया स्टुडियो सिजन ५

शीर्ष ३ विजेताहरुले इन्क्यूवेशन (incubation) र आईडिया स्टूडियोको टिभी कार्यक्रममा प्रत्यक्ष प्रवेश पाउनेछन् । जहाँ उनीहरुले आफ्नो सोचलाई व्यवसायमा रुपान्तरण गर्नको लागि ज्ञान, परामर्श र नेटवर्क प्राप्त गर्नुका साथै थप व्यवसायीक लगानीका अवसरहरु पनि प्राप्त गर्नेछन्।

 

FAQ

 

यदि कुनै प्रश्न छ भने