सिस्नुको प्रयोग गरौँ, स्वस्थ बनौँ

आइडिया स्टुडियो सिजन– ४ का मेड इन नेपाल राउण्डका विजेता कविन मलेकु घरमै बसेर स्वास्थ्यवर्द्धक खानेकुरा कसरी चिन्ने र प्रयोग गर्ने भनेर लागिपरिरहेका छन् ।

कविन अक्सर भन्ने गर्छन्, ‘सुगर प्रेसरको बिरामी हुनुनुन्छ ? या वजन धेरै भएर आफैँलाई भद्दा महसुस गरिरहनुभएको छ ? छ भने चिन्ता नलिनुस्, हाम्रै घरवरिपरि रहेका वस्तुले यो समस्या हल हुन सक्छ ।’

उनी भन्छन् ‘आइडिया हामी लगाउँछौँ, प्रयोग तपाईं गर्नुस् ।’

कविनले आफ्नो सिर्जनालई ‘मेडिफुड्स’काे नाम दिएका छन् ।

मेडिफुड विशेष गरी बिरामी, मोटोपनबाट पीडितलाई लक्षित गरेर ल्याइएको बताउँछन् । मेडिफुडमा विशेष खालको पोषणको प्रयोग गरिनुका साथै एकभन्दा बढी प्रकारका भिटामिनहरूको प्रयोग गरेर तयार पारिने हुनाले बिरामीलाई खान सहज हुने कविनको दाबी छ ।

त्यसो त कविनको सोचले उद्यमको बाटो पहिल्याइसकेको छ । बजारमा थोरै भए पनि कविनका मेडिफु्ड्सअन्तर्गत सिस्नुको सुप पाउन सकिन्छ ।

परापरागत रूपमा तरकारी बनाएर खाँदै आइएको सिस्नुलाई औषधिजन्य वस्तुको रूपमा लिन सकिन्छ । जसलाई अगाडि बढाउन प्रयास गरिरहेका छन् कविनले ।

सिस्नुको सुपले खासगरी सुगर, प्रेसर र मुटुरोगका बिरामीलाई विशेष फाइदा पुर्‍याउने हुनाले त्यस्ता बिरामीसम्म यो उत्पादन पुर्‍याउनसके स्वास्थ्यमा सुधार हुने कविनको दाबी छ ।

पहिलो सुरुवात भएकाले अहिले सिस्नुको सुप २ हजार प्याकेट मात्र बेचे पनि आगामी वर्षहरूमा यसलाई बढाउँदै लैजाने योजना छ उनको । एक वर्षमा थप ४ प्रकारका उत्पादन थप्ने योजनाअनुरुप उनी लागिपरिरहेका छन् ।

उक्त याेजनाका लागि कविन अब उत्पादन गर्ने मेसिनलाई थप परिस्कृत गर्दै उत्पादनलाई बढाउन ८ लाख लगानी आवश्यक रहेको बताउँछन् । यदि लगानीकर्ताले लगानी गरे सिस्नुको सुप मात्रै प्रतिदिन १ सय प्याकेट बिक्री गर्न सकिने उनको दाबी छ ।

उनले अहिले एउटा सिस्नुको सुपको प्याकेटलाई ६० रुपैयाँमा बजारमा बेच्दै आएका छन् । अब १ वर्षभित्रमा सिस्नुको सुपमा मात्र सीमित नरहेर सिस्नुका विभिन्न ५ प्रकारका उत्पादनलाई बजारमा ल्याउने लक्ष्य कविनले लिएका छन् र त्यहीअनुसार लागिपरिरहेका पनि छन् । यसका लागि उनले बजार अध्ययनसमेत गरिसकेका छन् ।
उनी भन्छन् ‘काठमाडाैंमा ३० प्रतिशत बिरामी छन् जो मुटुरोग, सुगरप्रेसर, मोटोपनाजस्ता समस्यामा जुधिरहेका छ्न । यदि ३० प्रतिशतमध्ये ५ प्रतिशतले मात्र मेडिफुड्स प्रयोग गरे पनि व्यवसायलाई अगाडि बढाउन सकिन्छ ।’

अहिले सिस्नुको सुप मात्रै २५ सय प्याकेट प्रतिमहिना बिक्री गर्ने गरेकाे र ५ वटै उत्पादनलाई बजारीकरण गर्दै छिट्टै त्यसलाई बढाएर प्रति दिन ५ प्रकारका सिस्नुको उत्पादन ५ सय प्याकेटलाई बजारमा बेच्ने उनको योजना छ ।

उनकाे साे याेजनाअनुसार १ महिनामा ५ प्रकाराका सिस्नुको उत्पादनबाट १२ हजार प्याकेट बजार पुर्‍याउँदा प्रतिप्याकेट १५ प्रतिशत नाफा लिन सक्नेछन् । यसअनुसार प्रतिप्याकेट ६० रूपैयाँमा बेच्दा एउटा प्याकेट बराबर ९ रुपैयाँ नाफा गर्ने कविनको भनाइ छ ।

यसर्थ प्रतिमहिना १२ हजार प्याकेट सिस्नुको उत्पादनबाट १ लाख ८ हजार खुद नाफा कमाउन सकिने कविनको दाबी छ ।

कच्चा पदार्थका लागि भने कविन आफैँ कालिकोटदेखि रोल्पाका गाउँगाउँ पुग्ने गरेका छन्, जहाँबाट उनी सिस्नु ल्याउने गर्दछन् ।

अहिले सम्म उनले २ हजार प्याकेट सिस्नुको सुप बेचिसकेका छन् भने आगामी दिनमा साे संख्यालाई बढाएर ५ सय प्याकेट प्रतिदिन उत्पादन गर्ने उनको योजना छ ।

 

 

 

 

कविन मलेकु आइडिया स्टुडियो सिजन– ४ का मेड इन नेपाल राउण्डका विजेता हुन् । उनलाई आइडिया स्टुडियोले ५ लाखको व्यावसायिक लगानीसमेत गरेको छ भने कविनजस्ता ३१ जना प्रतिभाशाली व्यक्ति जो सोचलाई उद्योगसम्म पुर्‍याउने सपना देख्छन् । आइडिया स्टुडियोले त्यस्ता व्यक्तिहरूलाई व्यवसायगत तालिम तथा प्रशिक्षणसमेत दिँदै आएको छ ।

Original Post

25535?fbclid=IwAR2tqgVK8JRHm63uX_sAv9liQQiweLIB0Ql-QgvxIdSOKfvEaVNO9Dck4kw

Watch the full episode

https://www.youtube.com/watch?v=Cl-73nkUWjU&t=1020s