Idea Studio Nepal

लकडाउनले नरोकिएका सिर्जनशील हातहरू | News Feature by Shilapatra | April 29 2020

सम्झना घिमिरे | काठमाडौं,१७ वैशाख

 

तपाईं हामी लकडाउनले गर्दा घरमा फुर्सदिलो बनेर समय बिताइरहँदा केही युवाहरू भने कसरी तपाईं हाम्रो जीवनलाई सहज बनाउने भन्दै दिनरात अध्ययन अनुसन्धानमा जुटिरहेका छन् । उनीहरूलाई न त लकडाउनले रोकेको छ, न कोरोनाको त्रासले नै ।

सिर्जनशील युवाहरू सोचलाई उद्योगसम्म पुर्‍याउन अनवरत लागिरहेका छन् । आज हामी कुरा गर्दै छौँ- आइडिया स्टुडियो सिजन ४ को डिल राउण्डअन्तर्गत हाइफ्लाइङ सेगमेन्टका प्रतिस्पर्धीहरूका बारेमा ।

सोचलाई उद्योगसम्म कसरी पुर्‍याउने भन्नेबारेमा ६ जनाले दमदार सिर्जना प्रस्तुत गरेका थिए, जसमध्ये टिकट एण्ड सप नामक विजनेस आइडिया हाइफ्लाइङ सेगमेन्टको विजेता बन्न सफल भएको छ। टिकट एण्ड सप वेबसाइटका निर्माता क्षितिज थापाले हाइफ्लाइङ सेगमेन्टका विजेता बनेसँगै ५ लाख रुपैयाँको व्यावसायिक सहयोगसमेत प्राप्त गरेका छन् ।

हेरौँ, कस्तो छ त हाइफ्लाइङ सेगमेन्टका विजेता र अन्य प्रतिस्पर्धीहरूका सिर्जना ?

नेपालीलाई नेपाल घुमाउने क्षितिजको सपना

आन्तरिक पर्यटनलाई प्रवर्द्धन गर्दै नेपालीलाई आफ्नै देशको कुना कन्दरा घुमाउने सपना लिएर आइडिया स्टुडियोसम्म आइपुगेका छन् क्षितिज थापा । क्षितिजले घुम्न चाहने तर कम पैसामा घुम्ने ठाउँ कसरी पुग्ने भन्ने चिन्तालाई समाधान गर्दै टिकट एन्ड सप वेबसाइट ल्याएका छन् ।

यसबाट तपाईंले जुनसुकै स्थान घुम्नलाई कुनकुन ट्राभल एजेन्सीले सस्तो र भरपर्दो रूपमा घुमाउँदै आएका छन् भन्ने जानकारी दिने गर्छ । अर्थात् एकभन्दा बढी एजेन्सीहरूको तुलना गर्दै सस्तो र भरपर्दो एजेन्सी खोज्ने काम गर्छ ।

नयाँ सोच, नौलो उत्पादन : आइडियाले दिएको ऊर्जा

आन्तरिक पर्यटन प्रवर्द्धन गर्न नेपालीलाई नेपाल घुमाउँदै विजनेस गर्ने थापाको सोच छ । यसका लागि थापालाई अहिले ५० लाख रुपैयाँ लगानी आवश्यक छ ।

थापाका अनुसार आफ्नै देश घुम्न चाहने पर्यटकहरू दिन प्रति दिन बढ्दै गएका छन् । थापा भन्छन्, ‘तथ्याङ्क हेर्ने हो भने पनि आन्तरिक पर्यटक बढ्दै गएका छन् । सन् २०१८ को तथ्याङ्कअनुसार कुल ५ लाख ५० हजार नेपालीले नेपाल घुमेका छन् भने सन् २०१९ मा ६ लाख पर्यटकले नेपाल घुमेका छन् ।’

खासगरी टिकट एण्ड सप वेबसाइट १५ देखि ४० वर्ष उमेर समूहका लागि लक्षित गरेर ल्याएको बताउँछन् ।
पहिलो महिना १ हजार, दोस्रो महिना ५ हजार र तेस्रो महिनाबाट १५ हजार गर्दै ग्राहक बढाउने लक्ष्य छ उनको ।

यसले तपाईंले जान चाहेको स्थानका पर्यटकीय स्थल तथा होटलहरूसँग समन्वय गरेर तपाईंको यात्रालाई सहज बनाउने काम गर्छ । यसका लागि गोरिल्ला ट्र्याकको प्रयोग गर्ने सोचमा छन् थापा । त्यति मात्र नभएर बाहिर आउन नसकेका पर्यटकीय स्थलहरूको खोजी गरेर पर्यटकहरूलाई त्यहाँसम्म पुर्‍याउने योजना पनि छ ।

यसरी पर्यटकलाई पर्यटकीय स्थलहरूको जानकारी दिनुका साथै कुन होटल कुन ट्राभल एजेन्सीले सस्तो र भरपर्दो तवरले घुमाउँछ भन्ने जानकारी दिनुका साथै अनलाइनबाट टिकट बुकिङ पनि गर्ने गर्छ ।

सुसन र सौरभको सिर्जना-ओदोकान

केही सामान खरिद गर्नका लागि दोकान दोकान चहार्ने ग्राहकको समस्यालाई समाधान गर्दै एउटै स्थानबाट निश्चित पैसामा ग्राहकहरू समक्ष पुर्‍याउने योजना लिएर आएका छन्, सुसन अधिकारी र सौरभ श्रेष्ठ ।

ओदोकानडटकम नामक वेबसाइटको माध्यमबाट आफूले चाहेको सामान सुपथ मूल्यमा किन्न सकिनेछ। यसका लागि बजारसम्म पुग्नुपर्ने बाध्यतालाई हटाउँदै घरमै होम डेलिभरी गर्नेछ ।

वास्तवमा यो कुनै उत्पादन स्थल नभएर बजारमा पाउने सामानहरूलाई त्यसको मूल्य तुलना गरेर सस्तो र गुणस्तरीय सामान ग्राहकसम्म पुर्‍याउने काम अर्थात् विचौलियाको काम गर्ने गर्छ । ओदोकानमा ८० प्रकारका व्राण्डका सामानहरू उपलब्ध हुनेछन् ।

मकैका विभिन्न परिकार खाने हो ? आउनुहोस् मिस्टर कर्

यसबापत ओदोकानले सामानको मूल्याङ्कन गरेर ८ देखि २५ प्रतिशतसम्म नाफा कामाएर पनि बजारमा भन्दा सस्तो दरमा सामान बेच्न सकिने श्रेष्ठको भनाइ छ । समय पनि बचत हुने, सस्तो दरमा पसलपसल नपुगी ब्राण्डेड सामान एउटै पसलमा पाइने भएपछि ग्राहक आकर्षित हुनेमा पक्का छन् श्रेष्ठ र अधिकारी ।

यसका लागि तपाईंले बुकिङ गरेको सामान बजारबाट मगाएर ग्राहकलाई बेच्ने काम गर्छ । यसका लागि ब्राण्डलाई विस्तार गर्न पहिलो चरणमा २ लाख रुपैयाँको सामान बेच्ने र क्रमश: त्यसलाई बढाउँदै लैजाने अधिकारीको भनाइ छ ।

यस वेबसाइटबाट फरफरक पसलमा फरक फरक मूल्यले वाक्क दिक्क बनाएका ग्राहकलाई लाभ हुने अधिकारी र श्रेष्ठको दाबी छ ।

गर्ने होइन त स्मार्ट पार्किङ ?

स्मार्ट पार्किङ सिस्टमको योजना लिएर आइडिया स्टुडियो आइपुगेका छन् सुरेन्द्र महर्जन । महर्जनको स्मार्ट पार्किङ सिस्टमले पाकिङ स्थलमा पार्किङका बारेमा जानकारी दिने गर्छ । जस्तो: तपाईं कुनै सपिङ मलमा पुग्नुभयो भने पहिलो समस्या हुन्छ सवारी पार्क कहाँ गर्ने ?

पाकिङ भेटे पनि पार्क गर्ने ठाउँ छैन कि भन्ने समस्याबाट सबै गुज्रिरहेका हुन्छौँ । हो, यही समस्यालाई सामाधान गर्नका लागि महर्जनले स्मार्ट पार्किङलाई अगाडि ल्याएका छन् । यसले पार्किङमा बाहिरबाटै खालि ठाउँ भएको वा नभएको बारेमा जानकारी दिने गर्छ ।

उदाहरणका लागि पार्किङ स्थलमा पार्किङ गर्न स्थान खालि छ भने महर्जनले बनाएको सिस्टमले अटोमेटिक रूपमा हरियो बत्ती बालेर जानकारी दिन्छ भने ठाउँ खालि नभएको खण्डमा बाहिरबाटै रातो बत्ती बालेर पार्किङ गर्नेलाई जानकारी दिने गर्छ ।

सञ्जयको सिर्जना : कुदाउने होइन त फोहोरबाटै गाडी !

यसले पार्किङ गर्ने स्थान खोज्दै पार्किङ क्षेत्र चहार्नुपर्ने बाध्यताबाट उन्मुक्ति दिने महर्जनको दाबी छ, जसको पहिलो सुरुवात भाटभटेनीको पार्किङ स्थलबाट गरिसकिएको छ ।

यसले कर्मचारी राख्नुपर्ने बाध्यतालाई हटाउनुका साथै पार्किङलाई पनि सस्तो बनाउने महर्जनको भनाइ छ। उदाहरणका लागि एउटा पार्किङ स्थलमा कम्तीमा पनि ४ जना कर्मचारी रहन्छन्, जसले थोरैमा पनि १२ हजार रुपैयाँ महिनाको पाउँछन् । यसरी ४ जनाको वार्षिक रूपमा ४ लाख ८० हजार रुपैयाँ पर्न जान्छ ।

सिस्टम राखेको खण्डमा ५० सवारी साधन राख्न मिल्ने पार्किङका लागि ३ लाख रुपैयाँसम्म पर्ने हुन्छ । तर, यो एक पटक राखिसकेपछि फेरि राखिरहन पर्दैन । यसले गर्दा वार्षिक रूपमा १ लाख ८० हजार रुपैयाँ फाइदा पार्किङ धनीलाई पुग्ने महर्जनको दाबी छ ।

पार्किङ स्थलमा कर्मचारी राख्नु भन्दा स्मार्ट पार्किङ सिस्टम सस्तो पर्ने महजर्नको भनाइ छ । यसका लागि सुरुमा महर्जनलाई सिस्टम निर्माण गर्नका लागि उपकरण र विजेनेस प्लान गर्नका लागि ६ लाख ५० हजार रुपैयाँ लगानी आवश्यक रहेको छ । लगानी पाएको खण्डमा सिस्टमलाई बजारीकरण गर्दै उपत्यकालाई नै स्मार्ट बनाउने उनको योजना छ ।

यस्तो रह्यो आइडिया स्टुडियो सिजन ४

यससँगै आइडिया स्टुडियोको सिजन ४ सकिएको छ । हरेक वर्ष सोचलाई उद्योगसम्म पुयाउने उद्देश्यले सञ्चालन हुँदै आएको टेलिभिजन कार्यक्रम आइडिया स्टुडियोले सिजन ४ मा २४ जना सिर्जनशील युवाहरूलाई ४ वटा सेगमेन्टमा विजनेस आइडियाहरू प्रस्तुत गर्ने मौका दिएको छ । त्यस्तै, डिल राउण्डअन्तर्गतका आइडिएटरहरूलाई व्यावसायिक सहयोगको साथै व्यावसायिक प्रशिक्षण पनि दिएको छ ।

यस वर्ष आइडिया स्टुडियोको डिल राउण्डअन्तर्गत ३१ जना आइडिएटरहरूले आफ्नो आइडिया प्रस्तुत गरेका थिए । यस मध्येका २४ जना आइडिएरले ४ वटा विधामा आइडिया प्रस्तुत गरेका छन् । प्रत्येक विधाबाट एक-एक जना गरेर ४ जना विजेता बनेका छन्, जसले प्रति व्यक्ति ५ लाख रुपैयाँ व्यावसायिक सहयोगसमेत पाएका छन् ।

२४ जनामा ग्रिनोभेसन सेग्मेन्टबाट बायो डिग्रेबल खादा आइडिया प्रस्तुत गर्दै आङ डोल्मा शेर्पा, सोसल इम्प्याक्ट सेग्मेन्टबाट मार्सी चामल आइडियाका दीपकबहादुर बुढा, मेड इन नेपाल सेग्मेन्टबाट सिस्नुको सुप आइडिया प्रस्तुत गर्दै कविन मलेकु र हाइफ्लाइङ सेगमेन्टबाट टिकट एण्ड सप आइडिया प्रस्तुत गर्दै क्षितिज थापा गरी चारै जना आइडिया स्टुडियो सिजन ४ का विजेता हुन सफल भएका छन् ।

यस्तो छ विजेताहरूको सिर्जना

सिस्नुको प्रयोग गरौँ, स्वस्थ बनौँ

संकटकालीन घडीमा पनि मिसनमै व्यस्त मार्सी बुढा, को हुन् उनी ?

आर्यघाटले दिएकोे ‘आइडिया’

Watch the full episode

Original Post

Scroll to Top