Idea Studio Nepal

प्रभु बैंकले ल्यायो ‘सहयात्रा समृद्धिको’ कर्जा | News Feature by Shilapatra I September 23, 2020

प्रभु बैंकले ‘सहयात्रा समृद्धिको’ कर्जा याेजना संचालनमा ल्याएको छ ।

नेपाल राष्ट्र बैँक, सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०७५ अन्तर्गत आइडिया स्टुडियो नेपाल सँगको सहकार्यमा बैंकले यो कर्जा ल्याएको हो ।

यस कर्जा योजनाअन्तर्गत पहिलो चरणमा बैंकले काठमाडाैँ उपत्यकाभित्रका महिला सफा टेम्पो चालकहरूलाई अधिकतम १ लाख रुपैयाँ र विद्यालय शिक्षकलाई अधिकतम ४ लाख रुपैयाँसम्म कर्जा सुविधा सरल र सहज रूपमा प्रदान गर्नेछ ।

कोभिड–१९ ले प्रभावित साना उद्यमी तथा व्यवसायी, स्वरोजगार उद्यमी, शिक्षित बेरोजगार युवा, विदेशबाट फर्केका बेरोजगार युवा, परम्परागत पेसा र व्यवसायमा संलग्न उद्यमीहरूको आर्थिक कठिनाइलाई व्यवस्थापन गर्न र व्यवसायलाई सुचारु गर्न यो कर्जा याेजना ल्याइएको बैंकले जनाएको छ ।

यस्तै, आज कर्जा योजना शुभारम्भको अवसरमा काठमाडौं उपत्यकाभित्रका १० जना महिला सफा टेम्पो चालकहरूलाई कर्जा प्रमाणपत्रसमेत हस्तान्तरण गरिएको बैंकले जनाएको छ ।

यो कर्जा योजना तोकिएका अन्य पेसा, उद्यम र व्यवसाय साथै काठमाडौं उपत्यकाबाहिर पनि क्रमश: लागू हुने बैंकका नायव प्रमुख कार्यकारी अधिकृत मणिराम पोखरेलले जानकारी दिए ।

Scroll to Top