Idea Studio Nepal

१३ महिला टेम्पो चालकलाई आइडिया स्टुडियोको वित्तीय प्रशिक्षण | News Feature by Shilapatra I December 31, 2020

आइडिया स्टुडियोले प्रभु बैंकको सहकार्यमा १३ जना महिला टेम्पो चालकलाई एक दिने वित्तीय प्रशिक्षण दिएको छ ।

बैंक र स्टुडियोले सञ्चालनमा ल्याएको ‘सहयात्रा समृद्धिको’ कर्जा योजनाअन्तर्गत साक्षरता कार्यक्रममा सहभागी महिलालाई वित्तीय प्रशिक्षण, डिजिटल बैंकिङ शिक्षा र वित्तीय व्यवस्थापनको बारेमा जानाकारी दिइएको थियो ।

यसअघि कम्पनीले प्रभु बैंकसँगको साझेदारीमै १४ डिसेम्बरमा १५ जना महिला चालकलाई आर्थिक साक्षरताबारे प्रशिक्षण दिएको थियो।

स्टुडिओले प्रभु बैंकसँग मिलेर ‘सहयात्रा समृद्धिको’ नामक कर्जा परियोजना पनि सञ्चालन गर्दै आइरहेको छ ।

महिला सफा टेम्पो चालक, स्कूल तथा कलेज शिक्षकहरू र ट्रेकिङ गाइडहरूलाई लक्षित गर्दै उक्त कर्जा परियोजना सञ्चालनमा ल्याएको हो ।

Scroll to Top