तपाईंसँग उद्यमी बन्ने योजना छ ? आइडिया स्टुडियो बन्न सक्छ सारथि | News Featured by Silapatra.com

सहभागिताका लागि आगामी ७ फेब्रुअरीसम्म आवेदन दिन आइडिया स्टुडियोले आह्वान गरेकाे छ ।www.ideastudio.org.np मार्फत आवेदन दिन सकिने  छ ।

गत वर्षझैँ यस वर्ष पनि स्टुडियोले मेड इन नेपाल, सोसल इम्प्याक्ट, हाइ फ्ल्याइङ र ग्रिनोभेसन गरी चार वटा सेगमेन्टमा विजनेस आइडिया प्रस्तुत गर्ने मौका दिने जनाएकाे छ । उत्कृष्ट आइडिया पेस गरी डिल राउण्डमा पुग्ने प्रतिस्पर्धीले नगद पाँच लाख रुपैयाँ व्यवसायका लागि सहयाेगस्वरूप प्राप्त गर्नेछन् । साथै आइडिया स्टुडियोले सहभागी ३५ प्रतिस्पर्धीलाई व्यावसायिक प्रशिक्षणसमेत दिनेछ ।

आइडिया स्टुडियोको सिजन-४ मा २४ जना सिर्जनशील युवाहरूलाई चार वटा सेग्मेन्टमा विजनेस आइडियाहरू प्रस्तुत गर्ने मौका दिइएको थियो । डिल राउण्डअन्तर्गतका आइडिएटरहरू (आइडिया प्रस्तुत गर्नेहरू)लाई व्यावसायिक सहयोगको साथै व्यावसायिक प्रशिक्षण पनि दिएको थियो ।

source: https://shilapatra.com/detail/48870