Idea Studio Nepal

उद्यमशीलताको विकासमा आइडिया स्टुडियो र केएमसी कलेजबीच साझेदारी | Featured On Shilapatra.com

विद्यार्थीहरूमा उद्यमशीलताको विकासका लागि आइडिया स्टुडियो र केएमसी कलेजबीच साझेदारी हुने भएको छ । साेसम्बन्धी सम्झाैतापत्रमा आइडिया स्टुडियोको तर्फबाट अध्यक्ष टिछिरिङ लामा र क्याम्पसकाे तर्फबाट संस्थापक सदस्य रामेश्वर अर्यालले आइतबार हस्ताक्षर गरेका हुन् ।

सम्झाैताअनुसार आइडिया स्टुडियोले काठमाडाैं मोडल कलेजका विद्यार्थीहरूलाई व्यावसायिक क्षमता अभिवृद्धिसम्बन्धी चारदिने व्यावसायिक तालिम प्रदान गर्नुका साथै व्यावसायिक यात्रामा सहयोग गर्ने जनाइएको छ ।

कार्यक्रममा आइडिया स्टुडियोकाे सहयोगमा व्यवसायी बन्न सफल बनेका क्याम्पसका पूर्वविद्यार्थीसहित आइडिया स्टुडियोका सह-संस्थापक रूपेशकृष्ण श्रेष्ठ, क्यापसका प्रधानाध्यापक सुरेन्द्र सुवेदी र विद्यार्थीहरूकाे उपस्थित थियाे ।

Scroll to Top