स्केलअप एक्सिलेटर प्रोग्रामका लागि आइडिया स्टुडियोद्वारा आवेदन माग

कार्यक्रमका लागि आइडिया स्टुडियोले स्टार्टअप व्यवसायीहरूमा आवेदन माग गरिसकेको छ । जेठको तेस्रो हप्ताबाट सुरु हुने कार्यक्रममा आवेदकले आइडिया स्टुडियोको वेबसाइटमा गएर फ्रि स्केलअप एक्सिलेटर प्रोग्राम नामक गुगल फर्म भर्नुपर्नेछ । कार्यक्रममा सहभागी हुन शुल्क लाग्दैन ।

यो कार्यक्रमको उद्देश्य उद्यमीहरूलाई आफ्नो व्यवसाय वृद्धि गर्न मद्दत गर्नु र उनीहरूमा सफल उद्यमी बन्न चाहिने नेतृत्व र सीप विकास गर्नु हो । यो कार्यक्रमले पहिलो चरणमा रहेका व्यवसायका लागि व्यावसायिक सहयोग गर्नेछ ।