Submit Your Idea

Read In English | FAQ

कलेज आईडिया हन्ट, आईडिया स्टुडियो नेपाल द्दारा संचालित एक कार्यक्रम, जसको उद्देश्य यूवावर्गको सृजनसिल सोचलाई अघि बढाउदै निहीत समस्याहरुको नवीन र दिगो तरीकाले समाधान गर्नु हो। यसमा विधार्थीहरुले पिचिँग प्लेटफर्मको (pitching platform) अवसर प्राप्त गर्नुको साथै इन्क्यूवेशन, मेन्टरसिप, र नेटवर्किङको (incubation, mentorship and networking) अवसर प्राप्त गर्नेछन् । साथै व्यवसाय सुरुवाति चरणमा प्राप्त गरीने वीज लगानी (seed investment) एक थप बोनस (bonus) मान्न सकिन्छ ।

कलेज आईडिया हन्ट, नेपालमा, विधार्थीहरुका लागि एक मात्र आईडिया इन्क्यूवेटर (idea incubator) हो । यो अद्दितिय र एक फरक अनुभव हो ।

  • कार्यक्रममा भाग लिन तपाँईले कलेज छाड्नु पर्दैन।
  • तपाईलाई कोही कसैले लगानी गर्न इच्छुक नभएको अवस्थामा तपाईका विचारहरुलाई प्रारम्भिक चरणमानै स्वीकार गरीन्छ | 
  • विभिन्न कार्यशाला गोष्टिहरु र विज्ञहरुसंगको छलफल कार्यक्रममा भाग लिने अवसर प्राप्त गर्नुहुनेछ जस्ले तपाँइको नविनतम सोच, सृजनशिलता, रचनात्मक सोच, आत्मज्ञान, आत्मजागरुकता, संचार, समन्वायीकरण, सामुहिक कार्य तथा प्रस्तुतिकरण कौशलको विकास हुनेछ ।
  • कलेज आईडिया हन्ट एक भव्य समापन (grand finale) कार्यक्रम, आइ हाभ एन आइडिया ( I Have an Idea ) नामक कार्यक्रम गरि गरिन्छ |  जसमा नेपालका प्रसिद्द ब्यक्तित्वहरुको उपस्थिती रहने, झण्डै १५०० दर्शकहरुको माझमा पिचीगँ प्लेटफर्मको (pitching platform) अवसर प्रदान गरीनेछ ।
  • शिर्ष तिन विजेताहरुले जनहि रुपैयाँ १,००,००० ( एक लाख ) नगद पुरस्कार प्राप्त गर्नेछन्। साथै निरन्तर सल्लाह र समर्थन समेत प्राप्त गर्नेछन्।
  • आईडिया स्टुडियो नेपालले तपाँईको आईडियामा कुनै इक्यूटि (equity) लिने छैन।
  • कलेज आईडिया हन्टले आईडिया स्टुडियो सोचदेखि उद्योगसम्म, वार्षीक ईन्क्यूवेशन (incubation) कार्यक्रम र एक लोकप्रिय रियालिटी (reality) टेलिभिजन कार्यक्रमको लागि प्रारम्भिक चरणको रुपमा पनि कार्य गर्दछ । कलेज आईडिया हन्टका शिर्ष तिन विजेताहरुले ईन्क्यूवेशन र टिभी कार्यक्रमा सीधा प्रवेश पाउँछन् जहाँ उनीहरुले आफ्नो विचारलाई व्यवसायमा रुपान्तरण गर्नको लागि ज्ञान, परामर्श तथा सल्लाहकार पाउनेछन्।

कलेज आईडिया हन्ट २०२१

यो कार्यक्रम एक अन्तरकलेज (inter-college) प्रतियोगीता हो । जहाँ ग्रीनोभेसन विचारहरु (Greenovation ideas) र सामाजिक प्रभाव सम्बद्द विचारहरु (social impact ideas) स्वीकार गरीन्छ ।

वोर्ल्ड वाईल्डलाईफ फन्ड नेपाल (World Wildlife Fund Nepal) द्दारा परिभाषीत ग्रीनोभेसन (greenovation) एक दिगो व्यवसाय वा हरित व्यवसाय हो जुन विश्वव्यापी वा स्थानी वातावरण, समुदाय, वा अर्थव्यवस्थामा न्यूनतम नकारात्मक प्रभाव, वा सम्भावित सकारात्मक प्रभाव गर्दछ । अक्सर, दिगो व्यवसायहरुको प्रगतिशील वातावरणीय र मानव नीतिहरु हुन्छन् । सामान्यतया, एक व्यवसायलाई हरियोको रुपमा वर्णन गरीएको हुन्छ यदि यसले निम्न तीन मापदण्डहरुसँग मेल खान्छन् ।

  • यसले यसको प्रत्येक व्यापारिक निर्णयहरुमा स्थिरताका सिद्दान्तहरु समावेश गर्दछ ।
  • यसले वातावरण अनुकुल उत्पादन वा सेवाहरु आपुर्ति गर्दछ जस्ले गैर हरियो उत्पादनहरु र सेवाहरुको मागलाई प्रतिस्थापन गर्दछ ।
  • यसले आफ्नो व्यवसाय संचालन मा वातावरणीय सिद्दान्तहरुको लागि एक स्थायी प्रतिवद्दता गरेको हुन्छ ।

प्रक्रिया

चरण १ः सोच समावेश (Idea Submission)

विद्याथीहरुले हाम्रो वेवसाइटमा राखिएको आवेदन फाराम मार्फत आफ्नो व्यवसायिक विचारहरुको साथ आवेदन दिनुपर्नेछ । जसमा विद्याथीहरुले आफ्नो व्यवसायिक विचारको व्याख्या गर्दै २ मिनेटको भिडियो समेत समावेश गर्नुपर्नेछ ।

आवेदन फाराम भर्ने अन्तिम मिती: २०७८ असोज ८ गते

फारम भर्न कुनै पनि शुल्क लाग्ने छैन ।

चरण २ः उत्कृष्ट १० सोचहरु

सबै विचारहरुबाट उत्कृष्ट १० विचारहरु अगाडि बढ्दछन्। छनौट गरीएका विचारहरु ईमेल मार्फत सूचित गरीनेछ । त्यसैले कृपया तपाईको इमेल ठेगाना जाँच गरेर मान्य ईमेल ठेगाना प्रदान गर्नुहोस्।

चरण ३ः अनलाईन कार्यशाला र विज्ञहरुसंगको सत्र 

कलेज आईडिया हन्ट २०२१ का शीर्ष १० विचारहरुले २ दिने अनलाइन कार्यशाला प्राप्त गर्नेछन् जहाँ उनीहरु आफ्ना विचारहरुमा काम गर्नेछन् र निम्न  बुदाँहरुमा आफ्नो सीप विकास गर्नेछन्।

१. नवीनता/रचनात्मकता (Innovation/Creativity)

२. क्रिटिकल सोच (Critical Thinking)

३. आत्म- ज्ञान/आत्म-जागरुकता (Self-knowledge/ Self-awareness)

४. सञ्चार (Communication)

५. समन्वयीकरण र सामुहिक कार्य (Collaboration/ Teamwork)

६. प्रस्तुतिकरण (Presentation)

सहभागीहरुलाई पहिलेनै ईमेल मार्फत कार्यक्रम तालिकाको जानकारी दिइनेछ । कार्यशाला पूर्ण रुपमा अनलाईनमा  हुनेछ । तपाईको व्यवसायीक सोचको पिचिंगको लागि कार्यशाला महत्त्वपूर्ण हुनेछ ।

चरण ४ः I have an Idea, ग्रान्ड फिनाले

कार्यशाला पश्चात शीर्ष १० आईडियाहरुले झन्डै १,५०० भन्दा बढी दर्शक सहभागीहरुको अगाडी एक भव्य समापन कार्यक्रममा आफ्नो सोच प्रस्तुत गर्नेछन् । ती मध्य शीर्ष ३ विचारहरुले रुपैयाँ एक लाख रु १,००,००० प्राप्त गर्नेछन्।

उक्त कार्यक्रम नेपालको कोभिड १९ को स्थितिमा निर्भर गर्दछ । यदि भौतिक उपस्थितिमा सोचहरु प्रस्तुत गर्न सम्भव नभएको खण्डमा उक्त कार्यक्रम पूरा गर्न वैकल्पिक विकल्पहरु छनौट गरीनेछ ।

चरण ५: आईडिया स्टुडियो सिजन ६

शीर्ष ३ विजेताहरुले इन्क्यूवेशन (incubation) र आईडिया स्टूडियोको टिभी कार्यक्रममा प्रत्यक्ष प्रवेश पाउनेछन् । जहाँ उनीहरुले आफ्नो सोचलाई व्यवसायमा रुपान्तरण गर्नको लागि ज्ञान, परामर्श र नेटवर्क प्राप्त गर्नुका साथै थप व्यवसायीक लगानीका अवसरहरु पनि प्राप्त गर्नेछन्।

योग्यता

१. हाल नेपालमा कुनै पनि संकायबाट स्नातक वा स्नातकोत्तर अध्ययन गर्ने विद्यार्थीहरु यसमा भाग लिन योग्य छन्। विद्यार्थीहरु नेपाल सरकारले अनुमोदित विश्वविद्यालयको हुनुपर्दछ ।

२. व्यवसायीक विचार ग्रीनोभेसन (Greenovation) र/वा सामाजिक प्रभाव सम्बन्धित विचार (Social impact idea) हुनुपर्छ ।

३. आफ्नो व्यवसायीक विचार व्याख्या गरीएको २ मिनेट को भिडियो आवेदन फारमका साथ बुझाउनुपर्नेछ ।

भिडियो दिशानिर्देश: आवेदन पुर्णगर्नको लागी तपाईले आफ्नो २ मिनेटको भिडियो पिच बुझाउनुपर्नेछ । कृपया भिडियोको लागि यस सम्वन्धित आवश्यकताहरु र ढाँचा फेला पार्नुहोस्।

१. भिडियो तपाईको व्यवसायीक विचारको पिच भएकोले आवेदकको अनुहार प्रस्ट प्रकट भएको हुनुपर्दछ । तपाईले आफ्नो विचारको कथन भिडियो, एनिमेटेड भिडियो, फोटो भिडियो आदि समेत पेश गर्न सक्नुहुनेछ । तर भिडियोमा तपाईको अनुहार भने प्रस्ट देखिने हुनुपर्दछ ।

२. भिडियो २ मिनेट भन्दा लामो हुनुहुदैन ।

३. तपाईको सहजता अनुसार भिडियो अंग्रेजी वा नेपालीमा तयार पार्नुहोस्।

४. कृपया भिडियो बुझाउनु अघि भिडियोलाई आफ्नो नाम_विजेनेस आइडियोमा रिनेम (rename) गर्नुहोस्। उदाहरणको लागी Joseph Shrestha_RVM Nepal

५. कृपया आवेदन फारममा तपाईको भिडियोको गुगल ड्राईभ लिंक (Google drive link) मार्फत बुझाउनुहोस्। साथै भिडीयो लिकं समावेश गर्दा (video sharing option) अन गर्दै anyone with the link can view मा click गर्नुहोस्। अन्यथा हामी तपाईको आवेदन ग्रहण गर्न सक्षम हुनेछैनौ ।

तपाईको भिडियोमा निम्न प्रश्नहरुको उत्तर दिनुहोस्ः

१. तपाईको व्यवसायीक सोचको बारेमा व्याख्या गर्नुहोस्।

      क. तपाई कुन समस्यालाई सम्बोधन गर्दै हुनुहुन्छ र कसरी ?

      ख. तपाईको ग्राहक को हो ?

२. तपाईको व्यवसायले ग्रीनोभेसन र/वा सामाजिक प्रभावमा कसरी योगदान पुर्याउँछ?

३. यदि तपाईं कलेज आईडिया हन्ट २०२१ को विजेता हुनुभयो भने पुरस्कार स्वरुप प्राप्त

रकम रु १,००,००० ( एक लाख ) लाई तपाईँ कसरी उपयोग गर्नुहुन्छ ?

मुल्यांकन मापदण्ड 

हामीले प्राप्त गरेका  बिचारहरुबाट सबै भन्दा उत्कृस्ट बिचारहरु निम्न आधारमा छनौट गरिनेछ ।

नवीनता: नविन बिचारहरुलाई सधै जोड दिइनेछ । नविन सोच, ठुला-ठुला कर्पोरेट उद्योग देखि भान्साको कामको पनि हुन सक्दछ ।

स्थानीय स्रोत साधनको उपयोग भएका बिचारहरु: तेस्तो बिचारहरुलाई प्रोत्साहन गरिन्छ जसले स्थानीय स्रोत साधन , स्थानीय जनशक्ति, र लगानीको नेतृत्वमा टेवा पुर्याएका हुन्छन् ।

दिगो र स्केलेवल बिचारहरु: वातावरण र पर्यावरणलाई प्रभावित नगरी सामाजिक र आर्थिक वृद्धि गरि दिगो विकासको सिद्धान्तलाई पछ्याएका बिचारहरुलाई प्राथमिकता दिइनेछ ।

सामाजिक प्रभाव: सकारात्मक सामाजिक प्रभाव द्वारा सामाजिक न्यायलाई नेतृत्व गर्दै सामाजिक समस्याहरुको सम्बोधन र समाधान गर्ने विचारहरुलाई जोड दिइनेछ ।

उत्तम प्रस्तुतीकरण: सार्वजनिक रुपमा प्रस्तुतीकरण गर्न सक्नु एक असल विचारक हुनुको सार पनि हो। कसैसँग राम्रो विचार हुन सक्छ, तर जब सम्म उसले यसलाई  व्यक्त गर्न सक्दैन र अन्य लगानीकर्ताहरूलाई विश्वास दिलाउन  सक्दैन, त्यो विचार प्रभावकारी हुन सक्दैन। विचारहरु छनौट दौर पछि निर्णायकहरुको अगाडी  प्रस्तुत गर्नुपर्दछ ।

उदेश्यहरु 

उद्यमशिलता ओरियनटेसन: कलेज आईडिया हन्टको मुख्य उद्देश्य भनेको विद्यार्थीहरूको लागि व्यवसाय र अवसरहरूको ढोका खोल्नु हो ताकि उनीहरूले आफ्नो व्यवसाय र बजारहरू स्थापना गर्न सकुन |

गुणस्तर शिक्षा: सिद्धान्त आवश्यक छ तर सिद्धान्त कार्यान्वयन गर्न ज्ञान बढी महत्त्वपूर्ण छ। यसैले, आइडीया पिचिंग वास्तविक जीवनमा सिद्धान्त लागू गर्न विद्यार्थीहरूको लागि ठूलो अवसर हो। यसले अन्ततः शिक्षाको गुणस्तरमा सुधार ल्याउनेछ। यो प्रतिभा प्रदर्शन गर्ने  एउटा प्लेटफर्म हो जहाँ भोलीका आइडियटरहरूलाई एउटा प्रेरणा बन्न सक्छ | 

युवा सशक्तिकरण: आजकाल नेपालका युवाहरूले अवसरहरू पाइरहेका छन् तर यो विश्वव्यापी परिदृश्यलाई हेर्ने हो भने कम छ। यदि हामी विश्वमा प्रतिस्पर्धा गर्ने मानव संसाधन उत्पादन गर्ने हो भने हामीले उनीहरूलाई विश्व बजार अनुरुप अवसरहरू दिन आवश्यक छ। कलेज आईडिया हन्ट त्यस्ता केही अवसरहरू मध्ये एक हो जसले विद्यार्थीहरूलाई अगाडी बढ्न बढ्न मद्दत गर्दछ।

कलेज आइडिया हन्ट किन ? 

हरेक व्यक्तिमा सोच हुन्छ तर सफलताको चाबी उसले मात्र पाउछ जस्ले सोच लाई व्यवहारमा पनि उतार्छ| एउटा सोच लाई सफल व्यवसायमा रुपान्तरण गर्नको लागि धेरै चुनौतिहरु पार गर्नु पर्छ। केही सामान्य चुनौतिहरू यस प्रकार छन्:

  • म मात्र एक विद्यार्थी हुँ। म के गर्छु भन्नेमा जानकार  छु तर म कुनै कुराको पनि ज्ञाता होईन | म मेरो विचार मा काम गर्न चाहन्छु तर नेपालमा मैले चिन्ने कुनै इन्क्युवेटर छैन | 
  • म संग ठुलो र स्पस्ट विचार छैन| र म मेरो आइडियालाई लिएर व्यवसाय गर्न सक्छु भन्ने  कुराको निश्चित छैन | 
  • म मेरा आमाबुवाको आयमा निर्भर छु | म मेरो कलेज को पढाई छोडेर आफ्नो विचारमा काम गर्ने  जोखिम लिन सक्दिन | 
  • म संग व्यवसाय सुरु गर्न पर्याप्त पैसा छैन | 
  • म संग आइडिया छ तर त्यसमा काम गर्न सक्दिन | 
  • मसँग राम्रो विचार छ तर मलाई  एक लगानीकर्ता, एक प्रोग्रामर, एक विकासकर्ता, एक अनुप्रयोग विकासकर्ता, एक बजार व्यक्ति, र एक व्यापार साझेदार आदि चाहिएको छ | 

कार्यक्रमका नियम तथा सर्तहरु 

  • यस कार्यक्रममा भाग लिन कुनै पनि शुल्क लाग्दैन । कलेज आईडिया हन्ट तपाईंको स्टार्टअप र  विचारमा कुनै इक्विटी लिने छैन।
  • सबै सहभागीहरूले समयसीमा भित्रै आफ्नो विचारहरू अनिवार्य सबमिट गर्नुपर्ने छ । समयमा पेस गर्न असफल भएमा  अयोग्यताको ठहरिनेछ | 
  • कुनै पनि आपत्तिजनक इशारा वा त्यस्ता कार्यहरु कार्यक्रम को क्रममा सख्त मनाई गरिएको छ | 
  • विजेताहरूको प्रकाशित परिणाम अन्तिम र निर्विवाद हुनेछ।
  • आयोजक समितिले यहाँ स्पस्ट रुपमा उल्लेखित कुनै पनि नियम को उलंघन गरेको खण्डमा आवश्यक कारबाही गर्ने अधिकार राख्दछ | 
  • आयोजकहरूसँग यस फारमबाट प्राप्त गरिएको जानकारी प्रेस, साझेदार, र प्रायोजकहरू बीच  साझा गर्न पाउने  अधिकार छ |
  • कलेज आईडिया हन्ट एक लगानी कम्पनी हैन र तपाइँको विचार मा लगानी गर्ने  प्रतिज्ञा गर्दैन।
  • कलेज आईडिया हन्ट व्यवसायिक  योजना जेनरेटर हैन, यानिकी यो एउटा तपाइको बिचारलाई विकास गर्ने एउटा व्यवहारिक गाईड हो |  
  • कलेज आईडिया हन्ट व्यवस्थापन टीमले कुनै पनि सहभागीलाई कार्यक्रमको अवधिमा कुनै पनि कारणले बर्खास्त गर्न सक्दछ |

 

FAQ

यदि कुनै प्रश्न छ भने