आइडिया स्टुडियोको पाँचौ सिजनको लाइभ अडिशन सकियो, डोल्पादेखि कैलालीसम्मका आइडिएटरले सुनाए आइडिया | News Featured on capitalnepal.com

काठमाडौं । आइडिया स्टुडियाको पाँचौ सिजनको लाइभ अडिशन सकिएको छ । आइतबारदेखि सुरु भएको लाइभ अडिशनमा डोल्पादेखि कैलालीसम्मका १०० जना आइडिएटरहरुले आफ्नो आइडिया प्रस्तुत गरेका छन् ।

उद्योगसम्मको नारासहित सुरु भएको आइडिया स्टुडियोले यसअघि चारवटा सिजन सम्पन्न गरिसकेको छ । देशभरबाट संकलन गरिएको आइडियाहरु मध्ये १०० वटालाई लाइभ अडिशनमा बोलाएको थियो । अब लाइभ अडिशनबाट ३० देखि ३५ वटा आइडियाहरु छनौट हुने छन ।

लाइभ अडिशनमा १७ वर्षका युवादेखि ६६ वर्षका वृद्धाले समेत आफ्नो बिजनेश आइडिया सुनाएका थिए । बुधबार अन्तिम राउण्डसम्म आइपुग्दा आइडिएटरबाट कृषि, प्रविधि, शिक्षा र वातावरणसँग सम्बन्धित १०० वटा व्यावसायिक योजना आएका थिए ।

कार्यक्रममा आइडिया स्टुडियोका संस्थापक डा. छिरिङ लामा, सह संस्थापक रुपेश श्रेष्ठ, प्रभु बैंककी माइक्रोफाइनान्स प्रमुख निर्मला विष्टलगायत ४० भन्दा बढी व्यक्तित्वको उपस्थिति थियो ।

अब छनोट राउण्डबाट उत्कृष्ट ठहरिएका ३५ जना आइडिएटरलाई डिल राउण्डमा लगिने आयोजक संस्था आइडिया स्टुडियोले जनाएको छ । जहाँ आइडिएटरलाई व्यावसायिक प्रशिक्षणसमेत दिइने स्टुडियोले जनाएको छ ।

प्रशिक्षण सकिएसँगै ग्रिनोभेसन, मेड इन नेपाल, हाई फ्लाइङ र सोसल इम्प्याक्टलगायतका विधामा रहेर आइडिया प्रस्तुत गर्ने मौका दिइनेछ ।