Idea Studio Nepal

आइडिया स्टुडियो सिजन ५ को ड्रिम राउण्ड सुरु, १६ प्रतिस्पर्धीले सुनाए योजना | Featured on shilapatra.com

आइडिया स्टुडियो सिजन–५ का लागि ड्रिम राउण्ड सुरु भएको छ । छनोट राउण्डबाट छानिएका ३६ जना आइडिएटरलाई व्यावसायिक प्रशिक्षणसँगै आजबाट ड्रिम राउण्डमा उतारिएको हो ।

जसमा १६ जना आइडिएटरले चार जना निर्णायकसमक्ष आफ्नो व्यावसायिक योजना, त्यसको भविष्य र चुनौतीलाई प्रस्तुत गरेका थिए । जसमा मूर्ति व्यवसायदेखि कृषि तथा प्रविधिसम्बन्धी व्यावसायिक योजना आइडिएटरले निणार्यकलाई सुनाएका थिए । आज र भोलि चल्ने ड्रिम राउण्ड पहिलो दिन १६ जनाले र दोस्रो दिन २० जनाले व्यावसायिक योजना प्रस्तुत गर्ने छन् ।

कार्यक्रममा सपनासहित सपनाको राउण्डमा जाने आइडिएटरलाई टेम्पो यात्रा गराइएको थियो ।

कार्यक्रममा निणार्यकको भूमिकामा गायिका आनी छोइङ डोल्मा, आइडिया स्टुडियोका संस्थापक डा. छिरिङ लामासहित पाँच जना रहेका थिए ।

Scroll to Top