Idea Studio Nepal

आइडिया स्टुडियो सिजन ५ को ‘ड्रिम राउन्ड’मा ३६ जनाले सुनाए योजना | Featured On capitalnews.com

काठमाडौं । आइडिया स्टुडियोको सिजन ५ को ‘ड्रिम राउन्ड’ सम्पन्न भएको छ । बुधबार र बिहीबार चलेको ‘ड्रिम राउन्ड’मा ३६ जनाले आफ्नो व्यावसायिक योजना सुनाएका थिए ।

एपीवान टेलिभिजनको कार्यालयमा खिचिएको ड्रिम राउन्डमा ६३ वर्षीय प्रेम प्रजापतिलले सुनाएको सेरामिक उत्पादन र मोरङका कमला राईले गरेको पर फार्मिङको आइडियालाई सबैले चासो देखाएका थिए । यस्तै १७ वर्षका एक युवाले आफ्नै कलेज एपको आइडियाले पनि सबैको मन जितेका थिए ।

ड्रिम राउन्डमा रोल्पा, झापा, बुटवल, मोरङ, वीरगन्ज, बारा, पर्सालगायत जिल्लाबाट सहभागी रहेका थिए । ड्रिम राउन्डमा सहभागीहरुलाई अब व्यापार, व्यावसायिक परामर्श तथा तालिम दिनेछ । साथै उद्यमशीलताको बुथ क्याम्प पनि सञ्चालन भइरहेको छ ।

निर्णयकहरुमा आइडिया स्टुडियोका कार्यकारी अध्यक्ष डा. छिरिङ लामा, डब्लूडब्लूएफका राष्ट्रिय प्रतिनिधि घनश्याम गुरुङ, प्रभु बैंकका डेपुटी सीईओ मणिराम पोख्रेल, बिजनेस चिफ अफिसर रेनु पाण्डे र गायिका आनि छोइङ डोल्मा रहेका थिए । सो कार्यक्रम एपीवान टेलिभिजनमा प्रसारण हुनेछ ।

Scroll to Top