Idea Studio Nepal

कलेज पढ्ने विद्यार्थीलाई बिजनेस आइडिया सिकाउन ’कलेज आइडिया हन्ट २०२१’सुरु, यसरी दिनुस् आवेदन | Featured on capitalnews.com

काठमाडौं । कलेज पढ्ने विद्यार्थीसँग भएको बिजनेस आइडियालाई प्रतिस्पर्धा गराउने उद्देश्यका साथ आइडिया स्टुडियाको ’कलेज आइडिया हन्ट २०२१‘को लागि आवेदन सुरु भएको छ ।

विद्यार्थीहरुलाई बिजनेसमा लाग्न उत्प्रेरणा गराउने र उसँग भएको आइडियालाई थप परिस्कृत गर्ने उद्धेश्यले हरेक वर्ष आइडिया स्टुडियोले कलेज आइडिया हन्ट २०२१ को आवेदन खुला भएको हो ।

उत्कृष्ट तीन आइडिएटरलाई विजेता घोषित गरिने र ती विजेतालाई जनही १ लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरिने स्टुडियोले जनाएको छ ।

प्रतिस्पर्धामा सहभागी आइडिएटरहरू छानिएसँगै उनीहरूलाई विभिन्न क्षेत्रका प्रतिष्ठित व्यवसायीहरूबाट व्यावसायिक प्रशिक्षण पनि दिइनेछ ।

आइतबारदेखि औपचारिक रूपमा आवेदन खुला गरेको आइडिया स्टुडियोले विद्यार्थीहरूबाट आएको आइडियालाई व्यवसायको बाटोमा डोर्‍याउन सहयात्रीको भूमिका निर्वाह गर्नेछ ।

आइडिया स्टुडियोका सह–संस्थापक रुपेश श्रेष्ठले २०१५ देखि विद्यार्थीलाई व्यावसायिक यात्रा गराउन आइडिया स्टुडियो अग्रसर रहेको बताए । क्याम्पस जाँदै गरेका विद्यार्थीलाई उनीहरूको बिजनेस आइडियालाई कसरी व्यवहारमा उतार्ने तथा सोचलाई कसरी व्यावसायिक रूप दिने भन्ने कुरा सिकाउने उनको भनाई छ ।

कलेज आइडिया हन्ट २०२१ का लागि आइडियासहित आवेदन दिनका लागि आवेदकले आइडिया स्टुडियोको वेबसाइट आइडिया स्टुडियो डट ओआरजी डट एनपीमा गएर कलजे हन्टको फारम भर्नुपर्नेछ ।

विगत पाँच वर्षको अवधिमा कलेज हन्टमा उपत्यकाका १ सयभन्दा बढी कलेका ५ सयभन्दा बढी विद्यार्थीले आफ्नो आइडिया प्रस्तुत गरिसकेका छन ।

Scroll to Top