Idea Studio Nepal

दलित लाइभ्स म्याटर ग्लोबल अलायन्सको सहकार्यमा आईडिया स्टुडियो नेपालको आठौं सिजन हुँदै

हुलाक सञ्चार


प्रकाशित मिति : आइतवार, मंसिर २, २०८१

काठमाडौं । आईडिया स्टुडियो नेपाल र दलित लाइभ्स म्याटर ग्लोबल अलायन्सको सहकार्यमा आईडिया स्टुडियो नेपाल सीजन ८ सुरु हुने भएको छ ।

‘अवरोधहरू तोड्दै, भविष्य निर्माण गर्दै’ भन्ने नाराकासाथ आठौं सिजन आयोजना गरिएको आइडिया स्टुडियो नेपालका कार्यकर्यारी अध्यक्ष डा. छिरिङ लामाले पत्रकार सम्मेलमार्फत जनाकारी गराए ।

उनले भने, ‘यस सिजनमा समावेशीतालाई विशेष प्राथमिकताका नेपालका बिभिन्न सीमान्तकृत समदुायका व्यक्तिहरूलाई सशक्त बनाउनका लागि अवसरहरू पहिचान गर्ने र उद्यमशीलताको माध्यमबाट व्यवसायिक बनाउन हाम्रो उद्देश्य रहेको छ ।’ आवेदनको म्याद १५ डिसेम्बर २०२४ सम्म रहेको उनले  बताए।

उद्यमशीलतामा विदेशबाट फर्कने नेपालीहरुसगं भएको ज्ञान र शिपको सदपुयोग नभएकाले विदेशबाट फर्कने आप्रवासी नेपालीहरुका लागि लागि सचूना, सल्लाह र मार्गदर्शन केन्द्र आइडिया स्टुडियो नेपालसँग छ । उनले भने,‘हामीले पहिलो सिजनबाटै लकुेका आईडियालाई चिन्ने र खोजेर ल्याउने गर्यौँ । त्यसमा सबै समुदायबाट प्रतिनिधित्व नभएको पनि हैन, तर बिभिन्न कारणले उनिहरु व्यवसाय छोड्न वाध्य भएको देखिएको छ्र । त्यसलै अब चाहिँ त्यस्ता समदूायकालाई पनि प्राथमिकता दिन आवश्यक ठान्यौँ । जसको लागि दलित लाईभ्स म्याटरको अनभुव र विज्ञतालाई यसमा जोडरे आईडिया स्टुडियो नेपाललाई थप समावेशी बनाउनेयोजना बनाएका हौँ।’

विदेशबाट फर्किएकाको लागि आईडिया स्टुडियो नेपाल अन्तर्गत नै रहने गरी जन्मिएको नयाँ कार्यक्रर्यम ‘आई.ए.जी सेन्टर’मा जोडिएर योगदान दिन सकिने लामाले बताए । जसको लागि आईडिया स्टुडियो नेपालको वेबसाईट, आईडिया स्टुडियो नेपालको सामाजिक सजांल साथै सचांर माध्यम मार्फत आवेदन दिन सकिने पनि उनले बताए ।

यस्तै लाइभ्स म्याटर ग्लोबल एलायन्सका सस्ंथापक अध्यक्ष प्रदिप परियारले भने, ‘सबैक्षेत्रमा अब्बल नेतत्व विकास गरौँ, दलित र उत्पीडित वर्गले पनि उत्तिकै स्थान पाउन भनेर हामी निरन्तर क्रियाशील छौँ ।’ यस कार्यक्रर्यमलाई थप समावेशी बनाउन पनि हामी गृहकार्यमा छौँ ।’
आईडिया स्टुडियो नेपाल अन्तर्गत नै रहेर गण्डकी प्रदेशका तीनवटा कलेजमा विद्यार्थीहरुको उद्यमशीलता प्रवद्र्धन गर्न इनकुवेसन सेन्टरको स्थापना गरिने भएको छ भने ‘प्रभुआईडि या प्लस’ कार्यक्रर्यममा प्रभुबकैंको सहकार्य रहेको छ ।

सो कार्यक्रमा आईडिया स्टुडियो नेपाल र दलित लाइभ्स म्याटर ग्लोबल अलायन्स सगं जोडिएका नेपाल सरकारका प्रतिनिधि,राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरू, बकैं तथा वित्तीय सस्ंथाका प्रतिनिधि,आइडिया स्टुडियो नेपालका बिभिन्न सिजनका आइडिएटरहरुको उपस्थिति रहेको थियो ।

Scroll to Top