शनिबार, साउन १९, २०८१
काठमाडाैं – प्रभु बैंक लिमिटेड, आईडिया स्टुडियो नेपाल र गण्डकी प्रदेशका तिन क्याम्पसहरुका बीच २०८१ श्रावण पन्ध्र र सोह्र गते छुट्टा–छुट्टै कार्यक्रमकाबीच त्रिपक्षीय रणनीतिक समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त कार्यक्रममा प्रभु बैंक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन, आईडिया स्टुडियो नेपालका तर्फबाट कार्यकारी अध्यक्ष तथा संस्थापक डा. छिरिङ्ग लामा धौलागिरी बहुमुखी क्याम्पसका तर्फबाट क्याम्पस प्रमुख डा. राम प्रसाद उपाध्याय, म्याग्दी बहुमुखी क्याम्पसकातर्फबाट क्याम्पस प्रमुख श्रिधर सुवेदी, रकालीका बहुमुखी क्याम्पसका तर्फबाट क्याम्पस प्रमुख सह–प्राध्यापक बिरन्जी गौतमले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।
यस सहकार्यले कालिका बहुमुखी क्याम्पस ,धौलागिरी बहुमुखी क्याम्पस तथा म्याग्दी बहुमुखी क्याम्पसका फ्याकलटी तथा विद्यार्थीहरूमा उधमशिलताको क्षेत्रमा सिर्जनात्मकताको वातावरण बनाउन र नवोदित उद्यमीहरूलाई सशक्तीकरण गर्नेछ । सहकार्यले प्रभु बैंकले उल्लेखित तीन क्याम्पस र आइडिया स्टुडियो नेपालको संयुक्त विशेषज्ञता र नवप्रवर्तनकोमार्फत् विद्यार्थीहरुमा चाैतर्फि विकास र वृद्धि हुनेछ। प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले प्रभु बैंक र आईडिया स्टुडियो नेपालले धेरै वर्षदेखि सहकार्य गर्दै बिभिन्न कार्यकम्रहरु गर्दै आएको र यस वर्ष गण्डकी प्रदेशका विद्यार्थीहरुमा उधमशिलता र नवप्रवर्तनको विकासका लागि आवश्यक सहकार्यको र सहयोग प्रदान गर्ने उदेश्यले यी उल्लेखीत तीन क्याम्पसहरुसँग सहकार्य गर्न लागेको जानकारी दिए ।
त्यस्तै, आईडिया स्टुडियो नेपालका कार्यकारी अध्यक्ष तथा संस्थापक डा. छिरिङ्ग लामाले आईडिया स्टुडियो नेपालले शैक्षिक पाठ्यक्रमलाई समय सान्दरभीक र व्यवहारिक बनाउन faculty development (शिक्षक तथा प्रधानध्यापकहरुलाई ) तालिम र अनुसन्धानका कार्यहरुमा सहयोग र प्रोत्सहान गर्दै विद्यार्थीहरुका लागि २१ औँ शताब्दीका शीप र ज्ञान दिदै आफ्नो लक्ष्य अनुसार Career Development को परामर्श दिइ्ने बताउदै यस सहकार्यले उध्यमशिल विद्यार्थीहरुलाई आवश्यक इन्युवेशन (तालिम) प्रदान गर्दै उनीहरुको सोचलाई व्यवसायमा रुपान्तरण गर्न सकिन्छ भन्ने आत्मविश्वास पनि सिर्जना गर्ने छ भन्ने विश्वास व्यक्त गरे ।
त्यस्तै, धौलागिरी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख डा. राम प्रसाद उपाध्यायले हालको समयमा युवाहरु बिदेशिने क्रम बढी रहेको बेला शैक्षिक संघ संस्थाहरुले विद्यार्थीलाई देशभित्र अवसर देखाउन एकदमै जरुरी रहेको बताउदै यस सहकार्यले धौलागिरी बहुमुखी क्याम्पसका विद्यार्थीहरुले आफुलाई उद्यमशिलता क्षेत्रमा अगाडि बढाउँदै यही केही गर्न सकिने अेपक्षा राखेकाे बताए ।
म्याग्दी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख श्रिधर सुवेदीले ‘यस क्षेत्रका विद्यार्थीहरु निकै क्षमतावान रहेको र आजको यस सहकार्यले ती विद्यार्थीहरुको उधमशिलतालाई थप उर्जा दिनमा मार्गदर्शन दिने साथै म्याग्दी बहुमुखी क्याम्पसमा अध्ययनरत बिभिन्न जिल्लाका विद्यार्थीहरुलाई उधमशिलताको क्षेत्रमा प्राेत्साहन गर्दै आफ्नै ठाँउमा भविष्य बनाउन सकिन्छ भन्ने कुरा महसुस गराउन मदत पुर्याउछ भन्ने कुरामा आफु विश्वस्त रहेको जानकारी गराए|
कालिका बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख सह–प्राध्यापक श्री बिरन्जी गौतमले आफुले यस अघि पनि बिभिन्न संस्थाहरुसँग उद्यमशिलताको लागि सहकार्य तथा साझेदारी गरिएको भएता पनि ती साझेदारीमा मात्र सिमित रहेको प्रभु बैंक र आईडिया स्टुडियो नेपालको सहकार्यले भने विधार्थीहरुलाई साचै उद्यमशिलतामा प्रोत्साहन गर्ने छ र भविष्यमा स्व.उद्यमी बनाउने छ भन्ने कुरामा बिस्वास गरेको छु भनेर जानकारी गराए ।
आईडिया स्टुडियो नेपालले यस साझेदारी अन्तरगत उल्लेखित क्याम्पसमा अध्ययनरत विधार्थीहरुलाई उद्यमशिलता, नवप्रवर्तन र ईन्क्युबेशन, व्यापार योजनाको(Business plan) विकास गर्ने र आवश्यक सर–सल्लाह प्रधान गर्दै शिक्षकहरुको अनुसन्धानको क्षेत्रमा अगाडी बढाउनका लागि आवश्यक सर–सल्लाह पनि प्रदान गर्नेछ ।
आईडिया स्टुडियो नेपालले बिभिन्न समयमा राष्ट्रीय तथा अन्तराष्ट्रीय बिज्ञहरुलाई समाबेश गरी विषयगत सेमिनारहरुपनि सन्चालन गर्नेछ । त्यस्तै, गरी कार्यक्रम कार्यान्वयनको लागि समग्र मार्गदर्शन र प्राविधिक सहयोग साथै उद्यम सँचालन पूर्ण अनुगमन तथा मुल्याङ्कन समेत गर्नेछ । आईडिया स्टुडियो नेपालले शिक्षकहरुको उद्यमशील मानसिकतालाई विकास गर्दै विधार्थीहरुलाई सिक्ने र सिकाउने दुवैमा नवीन दृष्टिकोणहरूतर्फ डोर्याउँछ।
प्रभु बैंकको तर्फबाट शैक्षिक संस्थामा आईडिया स्टुडियो नेपालले उधमशिल इकोसिस्टमलाई वढाबा दिने कार्यक्रममा बैँकको मुल्याङ्कनमा अधिन रही आशाजनक विधार्थीहरुका लागि आवश्यक पर्ने स्टाट अप ऋण लगानी गर्ने छ भने बिधार्थीको उधमशिलता क्षमता बिकासको लागि बृहत बैंकीङ्क साक्षरता समेत प्रदान गर्नेछ । साथै उद्योग\व्यवसाय तथा शैक्षिक संस्थालाई ब्रिजिङ्ग गर्ने, निति तथा व्यवसायिक अभ्यास र व्यावहारिक ज्ञानका क्षेत्रमा संकायहरुबीथ कार्य अनुसन्धान प्रवद्र्वन गर्ने कार्य समेत बैकले गर्नेछ ।
प्रकाशित मिति: शनिबार, साउन १९, २०८१ ०९:४६