Idea Studio Nepal

आइडिया स्टुडियो नेपाल र इसिजाका इङ्क जापानबीच फोहोरमैला व्यवस्थापनका लागि सहकार्य

– शिलापत्र संवाददाता

मंगलबार, मंसिर १८, २०८१

आइडिया स्टुडियो नेपाल र इसिजाका इङ्क, जापानबीच नेपालमा जिरो वेस्ट् डिजाइनमा सहकार्य गर्ने सहमति भएको छ । सम्झौतापत्रमा आइडिया स्टुडियो नेपालका कार्यकारी अध्यक्ष तथा सह-संस्थापक डा. छिरिङ लामा र इसिजाका इङ्कका अध्यक्ष नोरिको इसिजाकाले हस्ताक्षर गरेका छन् । 

सम्झौतापत्र इसिजाका इङ्कका कार्यकारी अधिकृतका साथै महाप्रबन्धक युमिको इन्डो र आइडिया स्टुडियो नेपालका कार्यकारी अध्यक्ष तथा सह-संस्थापक डा. छिरिङ लामाबीच आदानप्रदान भएको छ ।

यो जिरो वेस्ट डिजाइन मोडलले सरकारी निजी तथा विश्वविद्यालयको साझेदारीमा सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडललाई प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ । 

यस सहकार्यसँगै नेपालमा जिरो वेस्ट डिजाइनमा फोहोर मैला व्यवस्थापनका लागि ज्ञान र सीपको प्रवर्द्धन गर्नुका साथै इसिजाका इङ्क, जापानको जस्तै इसिजाका मोडलको मिनी रिसाइक्लिङ प्लान्ट स्थापना गरिनेछ । यो प्लान्ट जापानभन्दा बाहिर अन्य देशमा इसिजाका इङ्कको पहिलो विस्तार तथा साझेदारी रहने बताइएको छ ।

हाल नेपालमा फोहोर व्यवस्थापन प्रणालीहरू, फोहोर व्यवस्थापन अनुसन्धानका साथै जनशक्तिको विकास कसरी भइरहेको छ भन्नेबारे अध्ययन र अनुसन्धान भइरहेको छ । यसका साथै फोहोरमैला व्यवस्थापनसँगै जोडिएका विभिन्न व्यापार सम्भावनाहरूबारे अध्ययन भइरहेको छ ।

A+AA-

Facebook
Messenger
Twitter
Viber

Nepatop
DAV

यस कार्यलाई थप दिगोपन दिनका लागि दुई देशबीच विशेषज्ञ आदानप्रदान कार्यक्रम (ईईपी) बाट सुरु गर्दै दुवै पक्षले जापान र नेपाल दुवैका समस्याहरू समाधान गर्न एकअर्कासँग सहकार्य गर्नेछन् । तसर्थ अर्को वर्षको मे महिनामा त्रिभुवन विश्वविद्यालय र अन्य विश्वविद्यालयहरूमा मेकानिकल इन्जिनियरिङ र सिभिल इन्जिनियरिङ अध्ययन गरिरहेका छ जना उच्च दक्ष इन्जिनियरहरू इसिजाका इङ्कमा जोडिँदै छन् । ती इन्जिनियरहरूले इसिजाका इङ्क, जापानमा  रिसाइक्लिङ प्लान्टमा काम गर्नुका साथै ज्ञान र सीपहरू प्राप्त गर्नेछन् । उनीहरूले नेपाल फर्केपछि इसिजाका मोडलका मिनी रिसाइक्लिङ  प्लान्टमा काम गर्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति: मंगलबार, मंसिर १८, २०८१  १४:२०

Scroll to Top