आइडिया स्टुडियो नेपाल सिजन ८ को लाइभ अडिसन बिहीबारबाट सुरु भएको छ । ‘अवरोध तोड्दै, भविष्य बनाउँदै’ नाराका साथ आइडिया स्टुडियोले यस सिजनमा सीमान्तकृत समुदायका व्यक्तिहरूलाई व्यवसायिक अवसर दिलाउने लक्ष्य राखेको छ ।
बिहीबारको अडिसनमा २५ जना आइडियेटरले आफ्ना व्यावसायिक विचार पिच गरेका छन् । तीमध्ये धेरैजसोले सामाजिक प्रभाव (Social Impact) र हरित नवप्रवर्तन (Greenovation) सम्बन्धी व्यवसायिक योजना प्रस्तुत गरे ।
दलित लाइभ्स म्याटर ग्लोबल अलायन्सको सहकार्यमा सञ्चालन भइरहेको यो लाइभ राउन्ड शुक्रबारसम्म जारी रहनेछ ।
२५० भन्दा बढी आइडिया आवेदन परेकोमा १०० जना टप १०० आइडिया छनौट भएको थियो, जसमा पहिलो चरणमा ४० जनाले लाइभ अडिसनको पहिलो दिन पिच गरेका हुन् ।