Finance Lab for professionals

A four-day Finance Lab titled ‘Finance Lab for Identifying and Catering Financial Issues Amidst COVID-19.’ was organised by Kathmandu University School of Management (KUSoM) in collaboration with Idea Studio Nepal from November 27 to 30, 2020 on Zoom. The finance workshop was conducted by a team of experienced lab masters and saw the participation of professionals who are directly or indirectly handling the finance section of a company. The finance lab highlighted the impact of financial issues faced by business companies because of the pandemic. The participants addressed the problems they were facing financially during the workshop so that its long term impact could be reduced or eradicated. Professionals from educational institutions and businesses (start-ups) from different parts of Nepal took part in the Finance lab. The entire program is a part of Building University Capacity to Support Business Incubation in Nepal (BUCSBIN). The Finance Lab also featured keynote session by well-known business personalities such as Sanjib Subba, CEO at Nepal Electronic Payment Systems (NEPS), and Rajani Thapa, Managing Partner at Creative Touch. The participants shared that the Finance Lab workshop was helpful, interactive and fruitful. They valued the feedbacks sessions, keynote sessions and teamwork experience between fellow participants. 

‘सोचलाई उद्योग’सम्म पुर्याउने आइडिया स्टुडियोका छिरिङ, जसको सम्मानमा यूकेको युनिभर्सिटीले छात्रवृत्ति दियो | News Feature by capitalnepal.com I November 28, 2020

काठमाडौं । सफलताको शिखरमा पुग्नलाई विगतकोे दुख र पीडाले धेरै साथ दिन्छ । जब, मानिसमा लगनशीलता र धैर्यता हुन्छ, त्यो मान्छे एक दिन अवश्य सफल हुन्छन् । त्यही सफलता प्राप्त गर्ने व्यक्ति हुन्, आइडिया स्टुडियोका अध्यक्ष डा. छिरिङ लामा । सिन्धुपाल्चोक जिल्लाको हेलुम्बु सेर्माथानमा विक्रम सम्वत् २०३८ सालमा जन्मिएका लामा नेपालबाट विश्व आर्थिक मञ्चको योङ ग्लोबल लिडरमा प्रतिनिधित्व गर्ने पहिलो व्यक्ति हुन् । हाल सो मञ्चको लिडरको रुपमा ५ जना नेपालीहरुले प्रतिनिधित्व गरिसकेका छन् । उनलाई त्यहाँसम्म पुग्न त्यति सहज भने थिएन । गाउँबाटै एसएलसी उत्तीर्ण गरेका लामाले संघर्षका बीचमा उच्च शिक्षा अध्ययनका लागि यूकेमा जाने अवसर पाए । त्यहाँ उनले धेरै व्यक्तिहरूको साथ र सहयोग लिएर अध्ययन गरेका थिए । ‘मैले पढ्दा धेरैले ५० रुपैयाँदेखि १० लाख रुपैयाँसम्म सहयोग गरेका थिए,’ लामाले भने । त्यति मात्र होइन एक जना बजैले आफ्नै घर बेचेरसमेत  पढ्नका लागि सहयोग गरेको कहिल्यै बिर्सिन सक्दिनँ ।’ आफ्नो अध्ययन, अनुभव र लगनशीलता लामाले आफूसँग मात्र राखेका छैनन् । आफ्नो सोच र अरुको सोचलाई एक ठाउँमा ल्याएर सोचलाई व्यवसाय, पेशा र उद्योगसम्म पु¥याइरहेका छन् । यूकेबाट यसकारण फर्किए यूकेको त्यो हाइफाईलाई छोडेर डा. लामा नेपाली भूमिमै सेवा गर्ने उद्देश्यका साथ फर्किए । उनले चाहेको भए त्यहाँ बस्नलाई कुनै समस्या थिएन । त्यहाँको सुख र सुविधालाई छोडेर किन नेपाल फर्किनु भयो भन्ने जिज्ञासामा लामाले मुस्कुराउँदै भने, ‘म नेपालमै जन्मिएको हुँ ।’ यूकेमा १० वर्ष बसेपछि उनी नेपाल फर्किएका हुन् । ‘यूकेमा बस्दा मेरो जिन्दगी सुख र सुविधामा थियो, तर, मेरो जिन्दगीको भ्यालू के त भन्ने प्रश्न मेरो मनमा धेरै आयो र म नेपाल फर्किए,’ उनले भने । नेपालमा गएर केही नयाँ काम गर्नुपर्छ र म जस्ता दुःख गरेको र गाउँबाट आएर राम्रो ठाउँमा गएर अध्ययन गर्न सक्ने वातावरण मिलोस् भन्ने थियो । ‘अर्को भित्रि इच्छा भनेको मैले पाएको दुःख अरु नेपालीहरूले नपाओस् भन्ने हो,’ उनले भने । किन कि मैले धेरै जनाको सहयोगबाट अध्ययन गरेर अहिले यो स्थानमा आइपुगेको हुँ ।’ लामा भन्छन्, ‘म उहाँहरूको त्यो सहयोग कुनै पनि मूल्य दिएर फर्काउन सक्दिन्, तर नेपालमा गएर केही काम गरेर दुःख पाएका युवाहरूलाई मेरो आइडीया सोचले अघि बढ्न प्रेरणा मिलोस् भन्ने सोच लिएर यहाँ आएको हुँ ।’ आफ्नो बाल्यकाल शारीरिक र मानसिक हिसाबले धेरै दुःख भोग्नुपरेको अनुभव उनको छ । तर, त्यो बेलाको दुःखको कारण अहिले यो स्थानमा आइपुगेको भन्दै गर्व गरिरहेका छन् । ‘म कोहो  र जिन्दगीको यथार्थ के हो भन्न्ने चिनाएको छ,’ लामाले भने । म अहिले जहाँ पुगेको छु, त्यो बाल्यपन नभएको भए पुग्दिन थिए होला, त्यही बाल्यपन, गाउँलेको माया र ममताको कारण म यूकेबाट फर्किएको हुँ ।’ दुःखसँग पौठेजोरी गाउँमा रहँदा मेरो जिन्दगीभन्दा भैंसीको जिन्दगी धेरै राम्रो थियो । एक माना दूध खानका लागि उसलाई घाँस, खोले खुवाएर गोबर सोरेर मात्र म स्कुल जान पाइन्थ्यो, उनले सुनाए । ‘मलाई अहिले पनि याद छ, कक्षा आठको जिल्ला स्तरीय परीक्षा चलिरहेको थियो, म भने त्यही भैंसीलाई घाँस काट्नलाई रुखमा चढिरहेको बेला यसो अरु गाउँका साथीहरूलाई हेरेको उनीहरू गुन्द्रीमा बसेर धमाधम पढिरहेका थिए ।’ मलाई पनि त्यो बेला लाग्थ्यो उनीहरूको जस्तो जिन्दगी कहिले आउला भनेर रुखमै रोएरसमेत बसेको थिए । त्यो बेला स्कुल जाने भनेको घरको काम छल्नका लागि मात्र थियो । कम्तीमा स्कुल समयभरि घरको काम त गर्नुपर्दैन थियो । कहिलेकाहीँ त स्कुल जाँदा सँगै डोको लगेर गइन्थ्यो र १ बजेको टाइममा वनमा घएर खाँस दाउँरा खोजेर ल्याउँथ्येँ । मेरो सपनाभन्दा पनि मेरो आफ्नै यथार्थले गर्दा खेरी जुन ऊर्जा प्रदान गर्छ । जसले गर्दा मलाई बिहानै उठाउँछ । कसले सोचेको थियो र गाउँको सिकर्मीको छोरा पीएचडी गरेर विश्व आर्थिक मञ्चको योग ग्लोबल लिडर हुन्छ भनेर ? मेरो आफ्नो विगतलाई नै हेरेर लाग्छ कि क्षमता सबैसँग छ । मात्र, त्यो क्षमतालाई प्रष्फुटन गराउने ठाउँ बनाइदिन लागिएको हो । उनकै नाममा यूकेमा छात्रवृत्ति सन् २००६ मा यूकेको इन्टरनेसनल स्टुडेन्ट अफ द एयर को अवार्ड पाए । त्यो बेला उनले त्यहाँका प्रधानमन्त्रीलाई समेत भेट्ने अवसर पाए र त्यो अवार्ड प्रधानमन्त्रीकै हातबाट लिएका थिए । अवार्डसँगै केही रकम पाएका थिए । पाएको सो रकम लिएर उनी नेपाल फर्किए । उनी त्यो बेला यूकेमा मास्र्टस गरिरहेका थिए । नेपाल फर्किंदा उनले धेरै सम्मान पाए । तर, उनलाई भने त्यो सम्मान र माया एकदम धेरै बोझ भइरहेको महसुस भइरहेको थियो । जनजातीहरूमा थोरै मात्रामा पढ्ने भएकाले धेरै संघ–संस्थाले उनलाई सम्मान गरियो । त्यो सम्मानका विषयहरू विभिन्न सञ्चार माध्यमहरूमा आयो । उनले पाएको ती सबै सम्मानहरू र समाचारहरू लिएर यूकेमा(जहाँ अध्ययन गरिरहेका थिए)त्यही युनिभर्सिटीमा लगेर बुझाए । ‘मलाई त्यो सम्मान लिन गाह्रो भइरहे पनि त्यो युनिभर्सिटीका लागि ठूलो प्रचार थियो उनले भने, त्यही सम्मानको समाचारको माध्यमबाट निःशुल्क मार्केटिङ भइरहेको थियो ।’ उनले पाएको सम्मान प्रतियुनिभर्सिटी पनि खुसी भयो र उनलाई सोधेका थिए कि हामी तिमीलाई के गर्न सक्छौं ? उनले त्यो बेला युनिभर्सिटीलाई भने, जो नेपाली आउँछ उहाँहरूलाई ५० प्रतिशत छुट दिनुपर्छ । उनको यो प्रस्तावपछि युनिभर्सिटीले त्यसका लागि छनौटको प्रक्रिया के त भनेर सोध्दा नेपाली हुनुपर्छ भने । यदि ५० प्रतिशत छुट पायो भने एउटा विद्यार्थीहरूले ऋण लिएर पनि ५० प्रतिशत रकम तिर्न सक्छन् नि । उनको प्रस्तावमा युनिभर्सिटीले सहमति जनायो । यूकेमा नेपाल बाहेक भारत, पाकिस्तान, बंगलादेश लगायतका विद्यार्थीहरूले छात्रवृत्ति पाइरहेका थिए । किन कि नेपालले यूकेमा अध्ययनका लागि जाने विद्यार्थीहरू धेरै कम छन् । ‘मलाई पहिला लाग्थ्यो कि नेपाल छुटेको होला, तर त्यस्तो होइन रै’छ,’ उनले भने । ‘म जुन बेला झसङ्ग भए कि युनिभर्सिटीबाट फोन गरेर तिम्रै नामबाट छात्रवृत्ति राख्ने भएका छौं भन्ने सुनेपछि, किनकी म कुनै दुर्घटनामा परेको पनि थिइन र म कुनै समाजसेवी पनि थिइन, त्यो बेला मैले पत्याउन सकिरहेको थिइन, उनले विगत सम्झदै भने । ‘जब, मेरो नाममा युनिभर्सिटीले पत्र पठाएर वार्षिक २० जना नेपाली विद्यार्थीलाई कुनै पनि विद्यामा मास्र्टस र पीएचडी गर्न सक्ने छन् भन्ने देखेपछि त्यो बेला खुसीको सीमा रहेन ।’ उनीहरूले त्यो छात्रवृत्ति २००६ देखि १३ सम्म निरन्तर गरे । मेरै नामको छात्रवृत्तिबाट धेरै साथीहरूले पढ्न पाए । धेरैले पीएचडी गरेर नेपालमै फर्किएका पनि छन् । यसरी जन्मियो आइडिया स्टुडियो छिरिङले गाउँघरमा जाँदा धेरै सुनेको कुरा भनेको, हामीसँग पनि आइडिया छ, तर कसले सुन्छ र ? हाम्रो को नै छ र भन्ने थियो । उनले सुनेको त्यो कुराले धेरै अघिबाट उनको मनमा यस्ता आइडियाहरूलाई संकलन गरी केही सहयोग गर्नुपर्छ भन्ने लागिरहेको थियो ।  कुनै पनि काम गर्नलाई कसै न कसैलाई सोच्नुपर्छ । कोही न कोहीले नयाँ आइडिया निकाल्नुनै पर्छ । थोरै लगानीमा राम्रो काम गर्न सकोस् र उद्यमी बनेर स्वरोजगार बन्न सकून्

College Idea Hunt 2020 winners awarded cash prize

Three winning ideas of College Idea Hunt 2020, Team Vermi, Black Soldier Fly and Body Love Nepal were handed over cash prize of Rs 1, 00,000 at an event held at Idea Studio Nepal Office, Balkumari on October 23, 2020. The winners were selected out of top 10 shortlisted ideas at the grand finale event of College Idea Hunt 2020 ‘I HAVE AN IDEA’ held virtually on zoom. The three winners also received direct entry to Idea Studio Season 5 incubation programme and television show. Dr. Tshering Lama, Executive Chairperson and Co-founder at Idea Studio Nepal handed over the cash prize to the three winning ideas. The event also saw the virtual presence of Dr. Ghana Shyam Gurung, Country Representative WWF Nepal, Eco-Impact partner of Idea Studio Nepal. The event was attended by Idea Studio Nepal staff members along with representatives of Team Vermi, Black Soldier Fly and Body Love Nepal. At the event, Dr. Lama admired the three winner’s work and enthusiasm  and expressed, “It is wonderful to see the dedication and passion of the winners in the work they’re doing. This is just the beginning of the entrepreneurship journey for the winning ideas. We are looking forward to having them at the national level incubation and observe their growth.”     Similarly Dr. Gurung also delivered words of encouragement to the winners and congratulated them and shared, “All three of the winners are in good hands at Idea Studio Nepal. The cash prize will add a spark to your works while you continue to grow your ideas.” He further added, “At a time when youths are going abroad you are doing something in your own country. While many have ideas, they have not been able to find the right business connection. You have found the right place to grow your ideas.” During the programme, representatives of the three winning teams also shared their future plans, business challenges and ideas with Idea Studio Nepal. As per Hridendra Raj Joshi, Co-founder at Black Soldier Fly his team plans to invest the amount received to build a rearing unit structure for the black soldier fly. Similarly,Team Vermi is planning to invest the cash prize to buy screening machines used to extract vermi compost and manure test-kits. Reshma Kansakar, Founder at Body Love Nepal shared that she will be spending the received amount on improving Body Love Nepal’s product packagings and completing the registration process.

Partnership For Prosperity Launched

Prabhu Bank Ltd. and Idea Studio Nepal have officially launched the jointly initiated project ‘सहयात्रा समृद्धिको-Partnership for Prosperity’ by handing over Rs 1,00,000 to ten female Safa tempo drivers on September 22, 2020.The relief loan scheme for economic recovery is aimed at supporting female safa tempo drivers and school/college teachers to help them manage their lives and resume their ongoing businesses amid Covid-19 pandemic. The project took into action after Prabhu Bank and Idea Studio Nepal signed the Memorandum of Understanding (MoU) at Prabhu Bank Head Office, Babarmahal on August 19, 2020. Dr. Tshering Lama, Founder and Executive Chairperson, Idea Studio Nepal mentioned,“सहयात्रा समृद्धिको – Partnership for Prosperity, loan scheme is to restore human dignity. It focuses on creating financial management and discipline for a lifetime. Financial literacy is incorporated in the loan process so that the client has access to knowledge and skills to manage personal finances, making them self-reliant.” “The COVID crisis has made a lot of us realize our financial unpreparedness, so this loan scheme is a good opportunity for people to be well equipped with financial knowledge and skills,” he further added. Similarly Ashok Sherchan, CEO, Prabhu Bank Ltd shared, “Considering the ongoing economic crisis, Prabhu Bank in association with Idea Studio Nepal aims to support women safa tempo drivers and school/college teachers from Kathmandu valley, providing them loan at a minimal interest rate.” According to Ram Prasad Ghimire, Manager at Nepal Safa Pariwan Sangh, there are more than 200 female tempo drivers in Kathmandu valley, a majority of whom are struggling to run their families.Similarly, schools and colleges have also been closed since March and many private schools have been unable to pay salaries to their teachers, citing government instruction to not charge any fee to school children after closure of schools and colleges. Institutional School Teachers Union (ISTU) Chairperson Hom Kumar Thapa informs that over 300 teachers of private schools across Nepal have lost their jobs during four months of lockdown in the country between March 24 to July 22,2020. The relief loan scheme will provide Rs 4,00,000 loan to teachers who are in difficult economic situations.

प्रभु बैंकले ल्यायो ‘सहयात्रा समृद्धिको’ कर्जा | News Feature by Shilapatra I September 23, 2020

प्रभु बैंकले ‘सहयात्रा समृद्धिको’ कर्जा याेजना संचालनमा ल्याएको छ । नेपाल राष्ट्र बैँक, सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०७५ अन्तर्गत आइडिया स्टुडियो नेपाल सँगको सहकार्यमा बैंकले यो कर्जा ल्याएको हो । यस कर्जा योजनाअन्तर्गत पहिलो चरणमा बैंकले काठमाडाैँ उपत्यकाभित्रका महिला सफा टेम्पो चालकहरूलाई अधिकतम १ लाख रुपैयाँ र विद्यालय शिक्षकलाई अधिकतम ४ लाख रुपैयाँसम्म कर्जा सुविधा सरल र सहज रूपमा प्रदान गर्नेछ । कोभिड–१९ ले प्रभावित साना उद्यमी तथा व्यवसायी, स्वरोजगार उद्यमी, शिक्षित बेरोजगार युवा, विदेशबाट फर्केका बेरोजगार युवा, परम्परागत पेसा र व्यवसायमा संलग्न उद्यमीहरूको आर्थिक कठिनाइलाई व्यवस्थापन गर्न र व्यवसायलाई सुचारु गर्न यो कर्जा याेजना ल्याइएको बैंकले जनाएको छ । यस्तै, आज कर्जा योजना शुभारम्भको अवसरमा काठमाडौं उपत्यकाभित्रका १० जना महिला सफा टेम्पो चालकहरूलाई कर्जा प्रमाणपत्रसमेत हस्तान्तरण गरिएको बैंकले जनाएको छ । यो कर्जा योजना तोकिएका अन्य पेसा, उद्यम र व्यवसाय साथै काठमाडौं उपत्यकाबाहिर पनि क्रमश: लागू हुने बैंकका नायव प्रमुख कार्यकारी अधिकृत मणिराम पोखरेलले जानकारी दिए ।

4-day Edu Lab For Academicians Organised

A four day Education Lab titled ‘Education Lab for Identification and Efficacy of Alternative form of Teaching Learning Amidst Covid-19’ was organised by Kathmandu University School of Management (KUSoM) in collaboration with Idea Studio Nepal from September 17 to 20, 2020 on Zoom. The Education Lab was conducted by a team of experienced lab masters, who also are professors in KUSoM, to identify problems in the education sector amidst COVID-19. The education lab was organised for teachers from all over Nepal who identified problems in the education sector. It was conducted as per the lab based model designed by Building University Capacity to Support Business Incubation in Nepal (BUCSBIN) to come up with implementable and effective solutions for academicians. The multidisciplinary team of participants looked at the problem from different view-points. The participants of the education lab prioritised the problems on the basis of immediate, medium and long term attention and produced road maps for the ways to mitigate or attenuate the problems. The Education Lab also featured a keynote session on online teaching pedagogy by Professor Laxman Gnawali, Associate Dean, Kathmandu University School of Education which was appreciated by the participants. The participants shared that the sessions were interactive, and fruitful. They also appreciated the group work between the teachers and feedback from the Education Lab masters, education experts and fellow participants.

College Idea Hunt 2020

Idea Studio Nepal conducted College Idea Hunt 2020 as part of its annual programme. With the objective of encouraging young minds to come up with innovative solutions to existing problems, College Hunt 2020 was hosted online due to the COVID-19 outbreak. Application for College Idea Hunt 2020 was opened on June 22 to July 25, 2020 and the programme was promoted through different platforms for maximum reach. Shristi KC from WWF Nepal, Idea Studio’s Eco Impact partner also gave a webinar on Greenovation via Zoom as a part of the promotional campaign on July 2, 2020. College Idea Hunt 2020 received 200 applications from 114 colleges across Nepal. Fifteen ideators were shortlisted for the next round. Following the shortlisting, 3-day online workshop on Business Concept Development for Impact was held on ZOOM from August 5 to 7, 2020. It was conducted by seven lab masters from Building University Capacity to Support Business Incubation in Nepal (BUCSBIN) and Kathmandu School of Management (KUSoM) team led by Assistant Professor. Sunanda Sharma. On the final day of the workshop, ideators presented their refined business and the final Top 10 was selected ideas for the grand finale. The top 10 shortlisted ideators presented their final idea pitch during the grand finale ‘I Have An Idea’ event. The grand finale was held online on ZOOM and live-streamed on Facebook on August 15, 2020 and hosted by Malvika Subba, Media Personality and Board of Idea Studio Nepal. The final pitch determined the final Top 3 ideas for the year. The chief guest at the event was Mr. Vikas Pota, Global leader contributing to the importance of education and keynote speaker was Dr. Ghana Shyam Gurung, Country Representative, WWF Nepal. The judges for the final evaluation were Sanjib Subba, CEO Nepal Electronic Payment System (NEPS), Shrinkhala Khatiwada, Miss Nepal World 2018, and Ravi Pratap Singh, Senior Director Operations, WWF Nepal. The top 3 business ideas of College Idea Hunt 2020 were selected after the final pitch. Hridendra Raj Joshi, Bibita Raut and Sushma Thapa Magar (Black soldier fly larvae for the production of poultry feed), Reshma Kansakar, Rishav Shrestha, Anjeela Tuladhar (Body Love Nepal) and Hemant Raj Awasthi, Gayatri Bhandari, Priya Shahi, Gopi Chataut, Rekha Badu and Archana Chand (Team Vermi) were announced the Top 3 business ideas and won Rs. 100,000 cash prize each and direct entry to Idea Studio Season 5 incubation programme and television show.

Recap to season 4

Giving continuation to bring social change by transforming ideas into solutions, Idea Studio Nepal completed Idea Studio Season 4. The journey of the fourth season began on July 31, 2019 with commencement of Infrastructure Idea Hunt 2019, a campaign jointly initiated with Confederation of Nepalese Industries (CNI). The Infrastructure Idea Hunt received 50 ideas that were incubated and presented at the final event held at Hyatt Regency on September 12 where Bidhi Mandal and team (Aawas) were awarded Rs. 1, 50,000 while the two runner-ups Shiristi Awale and team (Home Automation), and Ramesh Pathak and team (Traffic Map) won Rs.1, 00,000. College Idea Hunt 2019   The second phase of Idea Studio Season 4 was College Idea Hunt, an initiation introduced to facilitate entrepreneurship in college students. The college activation for College Idea Hunt began on August 6, 2019 through online application on Idea Studio Nepal website. The activation saw interaction with around 1,800 students and a reach of 101 colleges while more than a hundred ideas were received. Sixty ideas were selected for the second round after which top 10 ideas were selected for ‘I Have An Idea’ event 2019. Business experts groomed these ideas through five days of incubation at Idea Studio Nepal office. Joseph Shrestha (Reverse Vending Machine), Anshu Pradhan (Sister’s Enterprises), and Rupesh Duwal (Tetra Pak Recycling) were selected as top ideas and awarded Rs 1, 00,000 each. The winners also got direct entry into a month-long incubation programme and an opportunity to pitch their ideas in the national television show. Idea Studio Season 4: सोचदेखी उध्योगसम्म With a press meet held on August 18, 2019, national idea calling kicked off. Idea Studio Nepal announced its partnership with WWF Nepal as an Eco Impact partner and introduced a new winner category called ‘Greenovation. New ambassadors for Season 4 – Captain Vijaya Lama, Anupama Khunjeli (CEO Mega Bank), Malvika Subba (Media Personality), and Prakash Saput (Singer) were also introduced through PSAs. Idea Studio Nepal called for ideas from all across the nation through promotion campaigns on radio, TV, newspapers, posters, website and social media started from August 18, 2019 till September 18, 2019. The promotions turned fruitful as Idea Studio Nepal received more than 400 ideas from 46 districts of Nepal. From this heap, a total of 82 ideas were shortlisted by the business gurus. The shortlisted ideas were then categorized into—just an idea (23 ideas), have my layout (38 ideas) and running business (21 ideas) to efficiently evaluate ideas and create evaluation criteria accordingly. On October 18 and 19, the live auditions of the 82 participants were held. At the end of the live audition, the top 27 ideas were finalized. After the live auditions a month long incubation period from November 4 – December 4, 2019 took place. Rest of the selection process and final pitching was televised nationally through AP1 television with 12 episodes every Tuesday 9:00 PM. These episodes were also uploaded to Idea Studio Nepal’s Youtube channel.Youtube link: https://youtu.be/En4asP6CdWI Season 4 was different from other Seasons with four episodes of Dream Round and eight episodes of Deal Round. A total of 24 ideators moved onto the Deal Round from Dream Round. The Deal Round was segregated by the seed investment category-Greenovation, Social Impact, Made in Nepal and High Flying. Ang Dolma Sherpa (Biodegradable khata) won seed investment for Greenovation, Deepak Budha Bahadur (Mission Marci) for Social Impact, Kabin Maleku (Medi Foods) for Made IN Nepal and Kshitiz Thapa’s (Ticketnshop) for High Flying.   Virtual Gala Ceremony In the light of the COVID-19 outbreak, Idea Studio Nepal cancelled the Gala dinner ceremony and conducted an online graduation ceremony and webinar titled ‘Exploring opportunities post COVID for startups and SMEs’ via Zoom on June 6, 2020. Padma Shri Arunachalam Muruganantham, the man behind the sanitary pad revolution in India gave a keynote speech. Panel discussion, moderated by Sanjib Subba, Senior Advisor to the Board of Director, Idea Impact Investment Fund discussed challenges start-ups and SMEs faced, access to financial liquidity and possible solutions and alternatives. Shedding light on this issue, panelist Madhab Dhungel, Executive Vice Chairperson, National Youth Council, Anupama Khunjeli, CEO, Mega Bank Limited, Pawan Kumar Golyan,Chairman, Golyan Group and Anil Basnet, Founder and CEO, metrotarkari.com shared their views and opinions. The graduation ceremony acknowledged all partners and stakeholders and two Season 4 ideators shared their experiences with Idea Studio Nepal. The webinar was live on facebook with a total reach of 62,039 people. Webinar Link: https://www.facebook.com/IdeaStudioNepal/videos/2407328592893651/

फोन गर्नुहोस्, घरमै आइपुग्छ अत्यावश्यक सामान | News Feature by Shilapatra | April 29 2020

दिनेश गौतम | काठमाडौं, १७ वैशाख कोरोना भाइरसका कारण लकडाउन काठमाडौं । घरबाट बाहिर निस्कन पाइँदैन । अब अत्यावश्यक सामग्री उपभोक्ताले कसरी ल्याउने त ? अब के गर्ने ? कसरी सामान खरिद गर्ने ? घरमा विद्युतीय सामग्री बिग्रियो कसरी बनाउने ? बालबालिकालाई के पढाउने ? किचेनमा तरकारीलगायतका खाद्यान्न सकियो कहाँबाट ल्याउने ? औषधि सकियो अब के गर्ने ? युवालाई स्वदेशमै उद्यमी बनाउने सारथी : आइडिया स्टुडियो आइडिया स्टुडियोले आइडिया निकाल्यो । चारवटा बिज्नेस कम्पनीलाई एकै ठाउँमा ल्याएर उपभोक्तालाई सेवा दिने । आइडिया स्टुडियोमा आवद्ध सजिलो मर्मत सेवा, मेट्रो तरकारी, नेपाल मेड र कुलल्याबले उपभोक्तालाई सेवा दिन तयार भए । सेवा दिने कसरी त ? आइडिया स्टुडियोले नेतृत्व लियो । यसमा ४ वटै कम्पनी तयार भए । एउटा नम्बरमा फोन गरेपछि आफूलाई चाहिने सामग्री घरमै आइपुग्ने गरी काम अगाडि बढ्यो । जसलाई ‘वान कल ४ सर्भिसेज’ भनिएको छ । अहिले लकडाउनको सययमा उपभोक्तालाई सहज भएको छ । के– के सेवा पाइन्छ ? सजिलो ममर्त सेवा सजिलो मर्मत सेवाले इलेक्ट्रिसियन, प्लम्बिङ, कम्पयुटरलगायतका सामग्री बनाउँछ । घर, अफिस वा अस्पताल जुनसुकै क्षेत्रमा पनि विद्युतीय सामग्री बिग्रियो भने बनाउने टेक्निसियन उपलब्ध गराउँछ । भिडियो वा फोनबाटै पनि बनाउन मिल्ने रहेछ भने त्यो सेवा पनि रहेको छ । जहाँ समस्या, त्यहाँ सजिलो मेट्रो तरकारी मेट्रो तरकारीले किचेनमा चाहिने तरकारीदेखि खाद्यान्नलगायतको सामग्री उपलब्ध गराउँछ । आफूलाई चाहिने सामग्री अडर गर्‍यो भने घरमै मेट्रो तरकारीले ल्याइदिन्छ । जसका कारण कोरोना भाइरसको जोखिम मोलेर तरकारी किन्न बाहिर जानु पर्दैन । कसरी सुरु भयो मेट्रो तरकारी ? कुलल्याब कुलल्याबले अनलाइन शिक्षा दिइरहेको छ । लकडाउनका कारण विद्यालय तहका विद्यार्थीको पठनपाठन प्रभावित भएको छ । उनीहरूको पठनपाठन नरोकियोस्, घरमै बसेर पनि सिक्न सकून् भनेर अनलाइनमा पाठ्य सामग्री राखिएको छ, जसबाट विद्यार्थीलाई फाइदा पुगेको छ । नेपाल मेड नेपाल मेडले मेडिकल प्रोडक्टको सेवा दिएको छ । कुनै औषधि आवश्यक परेमा नेपाल मेडबाट घरमै उपलब्ध गराउँछ । जति पनि मेडिकल प्रोडक्टहरू छन्, ती सामग्री नेपाल मेडले उपलब्ध गराउँछ । यदि बिरामी भएमा वा नियमित खानुपर्ने औषधि सकिएमा बिरामीका लागि सहज भएको छ । ‘आइडिया स्टुडियाेले नेतृत्व लिएर सुरु गरेका हौँ,’ स्टुडियोकी सञ्चार निर्देशक श्रद्धा पालने भनिन्, ‘कोभिड १९ का कारण असहज भएपछि उपभोक्तालाई सहज होस् भनेर सुरु गरेका हौँ ।’ यो सेवा काठमाडौं उपत्यकामा मात्र उपलब्ध छ । ‘सामाजिक उत्तरदायित्व र सामूहिक कामको विकास गर्न सहयोग पुग्ने अपेक्षा छ,’ उनले भनिन्, ‘आइडिया स्टुडियोले नयाँनयाँ आइडियालाई प्रोत्साहन गर्दै आएको छ ।’ ‘लकडाउनको समयमा के गर्न सकिन्छ ? कसरी सेवा दिने भन्ने सोच्दै थियौँ,’ सजिलो मर्मत सेवाका संस्थापक कविश श्रेष्ठले भने, ‘४ वटा बिजनेसलाई एकै ठाउँमा राखेर फोनबाट उपभोक्तालाई सेवा दिन सफल भएका छौँ ।’ आइडिया स्टुडियोले प्रत्येक वर्ष आइडिया हन्टको आयोजनाका साथै नयाँनयाँ आइडियालाई बिजनेसमा रुपान्तरण गर्न सहयोग गर्दै आएको छ । अहिलेसम्म ४ वटा आइडिया हन्टको आयोजना गरेको छ । जसमा सयौँ आइडियाहरू आएका छन् । १ सयभन्दा बढी आइडियाले सफल रूपमा व्यवसाय गरिरहेका छन् । Original Post प्रकाशित मिति: बुधबार, वैशाख १७, २०७७, ०५:१७:००

लकडाउनले नरोकिएका सिर्जनशील हातहरू | News Feature by Shilapatra | April 29 2020

सम्झना घिमिरे | काठमाडौं,१७ वैशाख   तपाईं हामी लकडाउनले गर्दा घरमा फुर्सदिलो बनेर समय बिताइरहँदा केही युवाहरू भने कसरी तपाईं हाम्रो जीवनलाई सहज बनाउने भन्दै दिनरात अध्ययन अनुसन्धानमा जुटिरहेका छन् । उनीहरूलाई न त लकडाउनले रोकेको छ, न कोरोनाको त्रासले नै । सिर्जनशील युवाहरू सोचलाई उद्योगसम्म पुर्‍याउन अनवरत लागिरहेका छन् । आज हामी कुरा गर्दै छौँ- आइडिया स्टुडियो सिजन ४ को डिल राउण्डअन्तर्गत हाइफ्लाइङ सेगमेन्टका प्रतिस्पर्धीहरूका बारेमा । सोचलाई उद्योगसम्म कसरी पुर्‍याउने भन्नेबारेमा ६ जनाले दमदार सिर्जना प्रस्तुत गरेका थिए, जसमध्ये टिकट एण्ड सप नामक विजनेस आइडिया हाइफ्लाइङ सेगमेन्टको विजेता बन्न सफल भएको छ। टिकट एण्ड सप वेबसाइटका निर्माता क्षितिज थापाले हाइफ्लाइङ सेगमेन्टका विजेता बनेसँगै ५ लाख रुपैयाँको व्यावसायिक सहयोगसमेत प्राप्त गरेका छन् । हेरौँ, कस्तो छ त हाइफ्लाइङ सेगमेन्टका विजेता र अन्य प्रतिस्पर्धीहरूका सिर्जना ? नेपालीलाई नेपाल घुमाउने क्षितिजको सपना आन्तरिक पर्यटनलाई प्रवर्द्धन गर्दै नेपालीलाई आफ्नै देशको कुना कन्दरा घुमाउने सपना लिएर आइडिया स्टुडियोसम्म आइपुगेका छन् क्षितिज थापा । क्षितिजले घुम्न चाहने तर कम पैसामा घुम्ने ठाउँ कसरी पुग्ने भन्ने चिन्तालाई समाधान गर्दै टिकट एन्ड सप वेबसाइट ल्याएका छन् । यसबाट तपाईंले जुनसुकै स्थान घुम्नलाई कुनकुन ट्राभल एजेन्सीले सस्तो र भरपर्दो रूपमा घुमाउँदै आएका छन् भन्ने जानकारी दिने गर्छ । अर्थात् एकभन्दा बढी एजेन्सीहरूको तुलना गर्दै सस्तो र भरपर्दो एजेन्सी खोज्ने काम गर्छ । नयाँ सोच, नौलो उत्पादन : आइडियाले दिएको ऊर्जा आन्तरिक पर्यटन प्रवर्द्धन गर्न नेपालीलाई नेपाल घुमाउँदै विजनेस गर्ने थापाको सोच छ । यसका लागि थापालाई अहिले ५० लाख रुपैयाँ लगानी आवश्यक छ । थापाका अनुसार आफ्नै देश घुम्न चाहने पर्यटकहरू दिन प्रति दिन बढ्दै गएका छन् । थापा भन्छन्, ‘तथ्याङ्क हेर्ने हो भने पनि आन्तरिक पर्यटक बढ्दै गएका छन् । सन् २०१८ को तथ्याङ्कअनुसार कुल ५ लाख ५० हजार नेपालीले नेपाल घुमेका छन् भने सन् २०१९ मा ६ लाख पर्यटकले नेपाल घुमेका छन् ।’ खासगरी टिकट एण्ड सप वेबसाइट १५ देखि ४० वर्ष उमेर समूहका लागि लक्षित गरेर ल्याएको बताउँछन् । पहिलो महिना १ हजार, दोस्रो महिना ५ हजार र तेस्रो महिनाबाट १५ हजार गर्दै ग्राहक बढाउने लक्ष्य छ उनको । यसले तपाईंले जान चाहेको स्थानका पर्यटकीय स्थल तथा होटलहरूसँग समन्वय गरेर तपाईंको यात्रालाई सहज बनाउने काम गर्छ । यसका लागि गोरिल्ला ट्र्याकको प्रयोग गर्ने सोचमा छन् थापा । त्यति मात्र नभएर बाहिर आउन नसकेका पर्यटकीय स्थलहरूको खोजी गरेर पर्यटकहरूलाई त्यहाँसम्म पुर्‍याउने योजना पनि छ । यसरी पर्यटकलाई पर्यटकीय स्थलहरूको जानकारी दिनुका साथै कुन होटल कुन ट्राभल एजेन्सीले सस्तो र भरपर्दो तवरले घुमाउँछ भन्ने जानकारी दिनुका साथै अनलाइनबाट टिकट बुकिङ पनि गर्ने गर्छ । सुसन र सौरभको सिर्जना-ओदोकान केही सामान खरिद गर्नका लागि दोकान दोकान चहार्ने ग्राहकको समस्यालाई समाधान गर्दै एउटै स्थानबाट निश्चित पैसामा ग्राहकहरू समक्ष पुर्‍याउने योजना लिएर आएका छन्, सुसन अधिकारी र सौरभ श्रेष्ठ । ओदोकानडटकम नामक वेबसाइटको माध्यमबाट आफूले चाहेको सामान सुपथ मूल्यमा किन्न सकिनेछ। यसका लागि बजारसम्म पुग्नुपर्ने बाध्यतालाई हटाउँदै घरमै होम डेलिभरी गर्नेछ । वास्तवमा यो कुनै उत्पादन स्थल नभएर बजारमा पाउने सामानहरूलाई त्यसको मूल्य तुलना गरेर सस्तो र गुणस्तरीय सामान ग्राहकसम्म पुर्‍याउने काम अर्थात् विचौलियाको काम गर्ने गर्छ । ओदोकानमा ८० प्रकारका व्राण्डका सामानहरू उपलब्ध हुनेछन् । मकैका विभिन्न परिकार खाने हो ? आउनुहोस् मिस्टर कर्न यसबापत ओदोकानले सामानको मूल्याङ्कन गरेर ८ देखि २५ प्रतिशतसम्म नाफा कामाएर पनि बजारमा भन्दा सस्तो दरमा सामान बेच्न सकिने श्रेष्ठको भनाइ छ । समय पनि बचत हुने, सस्तो दरमा पसलपसल नपुगी ब्राण्डेड सामान एउटै पसलमा पाइने भएपछि ग्राहक आकर्षित हुनेमा पक्का छन् श्रेष्ठ र अधिकारी । यसका लागि तपाईंले बुकिङ गरेको सामान बजारबाट मगाएर ग्राहकलाई बेच्ने काम गर्छ । यसका लागि ब्राण्डलाई विस्तार गर्न पहिलो चरणमा २ लाख रुपैयाँको सामान बेच्ने र क्रमश: त्यसलाई बढाउँदै लैजाने अधिकारीको भनाइ छ । यस वेबसाइटबाट फरफरक पसलमा फरक फरक मूल्यले वाक्क दिक्क बनाएका ग्राहकलाई लाभ हुने अधिकारी र श्रेष्ठको दाबी छ । गर्ने होइन त स्मार्ट पार्किङ ? स्मार्ट पार्किङ सिस्टमको योजना लिएर आइडिया स्टुडियो आइपुगेका छन् सुरेन्द्र महर्जन । महर्जनको स्मार्ट पार्किङ सिस्टमले पाकिङ स्थलमा पार्किङका बारेमा जानकारी दिने गर्छ । जस्तो: तपाईं कुनै सपिङ मलमा पुग्नुभयो भने पहिलो समस्या हुन्छ सवारी पार्क कहाँ गर्ने ? पाकिङ भेटे पनि पार्क गर्ने ठाउँ छैन कि भन्ने समस्याबाट सबै गुज्रिरहेका हुन्छौँ । हो, यही समस्यालाई सामाधान गर्नका लागि महर्जनले स्मार्ट पार्किङलाई अगाडि ल्याएका छन् । यसले पार्किङमा बाहिरबाटै खालि ठाउँ भएको वा नभएको बारेमा जानकारी दिने गर्छ । उदाहरणका लागि पार्किङ स्थलमा पार्किङ गर्न स्थान खालि छ भने महर्जनले बनाएको सिस्टमले अटोमेटिक रूपमा हरियो बत्ती बालेर जानकारी दिन्छ भने ठाउँ खालि नभएको खण्डमा बाहिरबाटै रातो बत्ती बालेर पार्किङ गर्नेलाई जानकारी दिने गर्छ । सञ्जयको सिर्जना : कुदाउने होइन त फोहोरबाटै गाडी ! यसले पार्किङ गर्ने स्थान खोज्दै पार्किङ क्षेत्र चहार्नुपर्ने बाध्यताबाट उन्मुक्ति दिने महर्जनको दाबी छ, जसको पहिलो सुरुवात भाटभटेनीको पार्किङ स्थलबाट गरिसकिएको छ । यसले कर्मचारी राख्नुपर्ने बाध्यतालाई हटाउनुका साथै पार्किङलाई पनि सस्तो बनाउने महर्जनको भनाइ छ। उदाहरणका लागि एउटा पार्किङ स्थलमा कम्तीमा पनि ४ जना कर्मचारी रहन्छन्, जसले थोरैमा पनि १२ हजार रुपैयाँ महिनाको पाउँछन् । यसरी ४ जनाको वार्षिक रूपमा ४ लाख ८० हजार रुपैयाँ पर्न जान्छ । सिस्टम राखेको खण्डमा ५० सवारी साधन राख्न मिल्ने पार्किङका लागि ३ लाख रुपैयाँसम्म पर्ने हुन्छ । तर, यो एक पटक राखिसकेपछि फेरि राखिरहन पर्दैन । यसले गर्दा वार्षिक रूपमा १ लाख ८० हजार रुपैयाँ फाइदा पार्किङ धनीलाई पुग्ने महर्जनको दाबी छ । पार्किङ स्थलमा कर्मचारी राख्नु भन्दा स्मार्ट पार्किङ सिस्टम सस्तो पर्ने महजर्नको भनाइ छ । यसका लागि सुरुमा महर्जनलाई सिस्टम निर्माण गर्नका लागि उपकरण र विजेनेस प्लान गर्नका लागि ६ लाख ५० हजार रुपैयाँ लगानी आवश्यक रहेको छ । लगानी पाएको खण्डमा सिस्टमलाई बजारीकरण गर्दै उपत्यकालाई नै स्मार्ट बनाउने उनको योजना छ । यस्तो रह्यो आइडिया स्टुडियो सिजन ४ यससँगै आइडिया स्टुडियोको सिजन ४ सकिएको छ । हरेक वर्ष सोचलाई उद्योगसम्म पुयाउने उद्देश्यले सञ्चालन हुँदै आएको टेलिभिजन कार्यक्रम आइडिया स्टुडियोले सिजन ४ मा २४ जना सिर्जनशील युवाहरूलाई ४ वटा सेगमेन्टमा विजनेस आइडियाहरू प्रस्तुत गर्ने मौका दिएको छ । त्यस्तै, डिल राउण्डअन्तर्गतका आइडिएटरहरूलाई व्यावसायिक सहयोगको साथै व्यावसायिक प्रशिक्षण पनि दिएको छ । यस वर्ष आइडिया स्टुडियोको डिल राउण्डअन्तर्गत ३१ जना आइडिएटरहरूले आफ्नो आइडिया प्रस्तुत गरेका थिए । यस मध्येका २४ जना आइडिएरले ४ वटा विधामा आइडिया प्रस्तुत गरेका छन् । प्रत्येक विधाबाट एक-एक जना गरेर ४ जना विजेता बनेका छन्, जसले प्रति व्यक्ति ५ लाख रुपैयाँ व्यावसायिक सहयोगसमेत पाएका छन् । २४ जनामा ग्रिनोभेसन सेग्मेन्टबाट बायो डिग्रेबल खादा आइडिया प्रस्तुत

Scroll to Top