Idea Studio Nepal

प्रोफेसनल हस्पिटालिटी स्नातक अध्ययन गर्ने विद्यार्थीहरुलाई सहुलियतपूर्ण शैक्षिककर्जा

आज मिति २०७८ भाद्र १६ गतेका दिन प्रभु बैंक लि. र काठमाण्डौ, मण्डिकाटारस्थित ग्लोबल एकेडेमी अफ टुरिजम एण्ड हस्पिटालिटी एजुकेशन (GATE College) का विच प्रोफेसनल हस्पिटालिटी स्नातक अध्ययन गर्ने विद्यार्थीहरुलाई शैक्षिककर्जा उपलब्ध गराउने सम्बन्धीएक सम्झौतामा हस्ताक्षर भएको छ । प्रभु बैंक लि. का तर्पबाट प्रमुखकार्यकारी अधिकृत श्री अशोक शेरचन र GATE College का तर्पबाट प्रमुख कार्यकारी अधिकृत श्री खेम राज लकाईले कलेजमा आयोजित एक कार्यक्रममा उक्त सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको हो । यी दुइ संस्था बिचको सम्झौता आइडिया स्टुडियो नेपालको नेतृत्वमा अघि बढेको हो ।

प्रभु बैंक लि. र गेट कलेजका विच आज सम्पन्न सम्झौता बमोजिम होटेल तथा पर्यटन विषयलिई उच्च शिक्षा अध्ययनगर्न चाहने विद्यार्थीहरुलाई उक्त कलेजको सिफारिसमा प्रभु बैंकले आवश्यकप्रक्रिया पूरा गरी अधिकतम रु. ५,००,०००।– सम्मको शैक्षिककर्जा सुविधाउपलब्ध गराउने छ । यो शैक्षिककर्जा सुविधारकम सहुलियतपूर्ण ब्याजदरमा उपलब्ध हुनेछ।

Scroll to Top