प्रभु बैंक, आइडिया स्टुडियो र गण्डकी प्रदेशका तीन क्याम्पसबीच सम्झौता

शुक्रबार, साउन १८, २०८१ काठमाडौं । प्रभु बैंक लिमिटेड, आइडिया स्टुडियो नेपाल र गण्डकी प्रदेशका तीन क्याम्पसबीच छुट्टाछुट्टै सम्झौता भएको छ । संयुक्त विशेषज्ञता र नवप्रवर्तनमार्फत विद्यार्थीहरूमा चौतर्फी विकास गर्न यो सम्झौता भएको हो । सम्झौतापत्रमा प्रभु बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचन, आइडिया स्टुडियो नेपाकातर्फबाट कार्यकारी अध्यक्ष तथा संस्थापक डा. छिरिङ लामा, धौलागिरी बहुमुखी क्याम्पसका तर्फबाट क्याम्पस प्रमुख डा. रामप्रुसाद उपाध्याय, म्याग्दी बहुमुखी क्याम्पसका तर्फबाट क्याम्पस प्रमुख श्रीधर सुवेदी र कालिका बहुमुखी क्याम्पसका तर्फबाट क्याम्पस प्रमुख सहप्रध्यापक बिरन्जी गौतमले हस्ताक्षर गरे । यस सहकार्यले तीन क्याम्पसका विद्यार्थीहरूको क्षमता अभिवृद्धिमा सहयोग पुग्ने बताइएको छ । प्रभु बैंकका सीईओ शेरचलने पनि गण्डकी प्रदेशका विद्यार्थीहरूमा उद्यमशिलता र नवप्रवर्तनको विकासका लागि आवश्यक सहकार्य गरिएको बताए । प्रकाशित मिति: शुक्रबार, साउन १८, २०८१  १८:३८

प्रभु बैंक, आइडिया स्टुडियो नेपाल र गण्डकी प्रदेशका तीन क्याम्पसबीच त्रिपक्षीय सम्झौता

– शिलापत्र संवाददाता शुक्रबार, साउन १८, २०८१ प्रभु बैंक, आइडिया स्टुडियो नेपाल र गण्डकी प्रदेशका तीन क्याम्पसबीच १५ र १६ साउनमा छुट्टा–छुट्टै कार्यक्रमका बीच त्रिपक्षीय रणनीतिक समझदारीपत्रमा हस्ताक्षर भएको छ । कार्यक्रममा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन, आइडिया स्टुडियो नेपालका कार्यकारी अध्यक्ष तथा संस्थापक डा. छिरिङ लामा, धौलागिरी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख डा. रामप्रसाद उपाध्याय, म्याग्दी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख श्रीधर सुवेदी र कालिका बहुमुखी क्याम्पसका तर्फबाट क्याम्पस प्रमुख सह–प्राध्यापक बिरन्जी गौतमले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । उक्त सहकार्यले कालिका बहुमुखी क्याम्पस, धौलागिरी बहुमुखी क्याम्पस तथा म्याग्दी बहुमुखी क्याम्पसका फ्याकल्टी तथा विद्यार्थीहरूमा  उद्यमशीलताको क्षेत्रमा सिर्जनात्मकताको वातावरण बनाउन र नवोदित उद्यमीहरूलाई सशक्तीकरण गर्ने आइडिया स्टुडियो नेपालले जनाएको छ । यो सहकार्यले प्रभु बैंकको उल्लेखित तीन क्याम्पसमा बिउ लगानी र आइडिया स्टुडियो नेपालको संयुक्त विशेषज्ञता र नवप्रवर्तनमार्फत विद्यार्थीहरूमा चाैतर्फी विकास र वृद्धि हुने विश्वास गरिएको छ । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले भने, ‘प्रभु बैंक र आइडिया स्टुडियो नेपालले धेरै वर्षदेखि सहकार्य गर्दै विभिन्न कार्यकम्रहरू गर्दै आएको र त्यसै सिलसिलामा यस वर्ष गण्डकी प्रदेशका विद्यार्थीहरूमा उद्यमशीलता र नवप्रवर्तनको विकासका लागि आवश्यक सहकार्य र सहयोग प्रदान गर्ने उद्देश्यले माथि उल्लेखित तीन क्याम्पसहरूसँग सहकार्य गर्न लागिएको जानकारी गराए । त्यस्तै, आईडिया स्टुडियो नेपालका कार्यकारी अध्यक्ष तथा संस्थापक डा. छिरिङ लामाले भने, ‘आइडिया स्टुडियो नेपालले शैक्षिक पाठ्यक्रमलाई समय सान्दर्भिक र व्यावहारिक बनाउन फ्याकल्टी डेभलपमेन्ट (शिक्षक तथा प्रधानाध्यापकहरूलाई) तालिम र अनुसन्धानका कार्यहरूमा सहयोग र प्रोत्साहन गर्दै विद्यार्थीहरूका लागि २१औँ शताब्दीका सीप र ज्ञान दिँदै आफ्नो लक्ष्यअनुसार करिअर डेभलपमेन्टको परामर्श दिइ्नेछ । यस सहकार्यले उद्यमशील विद्यार्थीहरूलाई आवश्यक इन्क्युबेसन (तालिम) प्रदान गर्दै उनीहरूको सोचलाई व्यवसायमा रुपान्तरण गर्न सकिन्छ भन्ने आत्मविश्वास पनि सिर्जना गर्नेछ ।’ त्यस्तै, धौलागिरि बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख डा. रामप्रसाद उपाध्यायले हालको समयमा युवाहरू विदेशिने क्रम बढिरहेको बेला शैक्षिक संघसंस्थाहरूले विद्यार्थीलाई देशभित्र अवसर देखाउन एकदमै जरुरी रहेको बताए । उनले यस सहकार्यले धौलागिरि बहुमुखी क्याम्पसका विद्यार्थीहरूलाई उद्यमशीलता क्षेत्रमा अगाडि बढाउँदै यहीँ केही गर्न सकिन्छ भन्ने विश्वास दिलाउन सकिने अपेक्षा राखिएको बताए । म्याग्दी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख श्रीधर सुवेदीले भने, ‘यस क्षेत्रका विद्यार्थीहरू निकै क्षमतावान् रहेको र आजको यस सहकार्यले ती विद्यार्थीहरूको उद्यमशीलतालाई थप ऊर्जा दिनमा मार्गदर्शन दिनेछ । साथै, म्याग्दी बहुमुखी क्याम्पसमा अध्ययनरत विभिन्न जिल्लाका विद्यार्थीहरूलाई उद्यमशीलताको क्षेत्रमा प्रोत्साहन गर्दै आफ्नै ठाउँमा भविष्य बनाउन सकिन्छ भन्ने कुराको महसुस गराउन मद्दत पुग्नेमा म विश्वस्त छु ।’   कालिका बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख सह–प्राध्यापक बिरन्जी गौतमले आफुले यसअघि पनि विभिन्न संस्थाहरूसँग उद्यमशीलताका लागि सहकार्य तथा साझेदारी गरेको भए पनि ती साझेदारीमा मात्र सीमित रहेको तर प्रभु बैंक र आइडिया स्टुडियो नेपालको सहकार्यले भने विद्यार्थीहरूलाई साँच्चिकै उद्यमशीलतामा प्रोत्साहन गर्ने र भविष्यमा स्वउद्यमी बनाउने कुरामा विश्वस्त रहेको बताए । सम्झौताअनुसार, आइडिया स्टुडियो नेपालले यस साझेदारीअन्तर्गत उल्लेखित क्याम्पसहरूमा अध्ययनरत विद्यार्थीहरूलाई उद्यमशीलता, नवप्रवर्तन र इन्क्युबेसन, व्यापार योजनाको (बिजनेस प्लान) विकास गर्ने र आवश्यक सर–सल्लाह प्रदान गर्दै शिक्षकहरूलाई अनुसन्धानको क्षेत्रमा अगाडि बढाउनका लागि आवश्यक सर–सल्लाह पनि प्रदान गर्नेछ । आईडिया स्टुडियो नेपालले विभिन्न समयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरूलाई सहभागी गराई विषयगत सेमिनारहरू पनि सञ्चालन गर्ने गरेको छ । त्यस्तै, कार्यक्रम कार्यान्वयनका लागि समग्र मार्गदर्शन र प्राविधिक सहयोगका साथै उद्यम सञ्चालनपछि सोको पूर्ण अनुगमन तथा मूल्याङ्कनसमेत गर्ने गर्छ । आइडिया स्टुडियो नेपालले शिक्षकहरूको उद्यमशील मानसिकतालाई विकास गर्दै विद्यार्थीहरूलाई सिक्ने र सिकाउने दुवैमा नवीन दृष्टिकोणहरूतर्फ डोर्‍याउँछ । प्रभु बैंकको तर्फबाट शैक्षिक संस्थामा आइडिया स्टुडियो नेपालले उद्यमशील इकोसिस्टमलाई बढावा दिने कार्यक्रममा बैँकको मूल्याङ्कनमा अधीन रही आशाजनक विद्यार्थीहरूका  लागि आवश्यक पर्ने स्टार्टअप ऋण लगानी गर्नेछ भने विद्यार्थीको उद्यमशीलता क्षमता विकासका लागि बृहत् बैंकिङ साक्षरता तालिम पनि प्रदान गर्नेछ । त्यस्तै, उद्योग\व्यवसाय तथा शैक्षिक संस्थालाई ब्रिजिङ गर्ने, नीति तथा व्यावसायिक अभ्यास र व्यावहारिक ज्ञानका क्षेत्रमा संकायहरूबीच कार्य अनुसन्धान प्रवर्द्धन गर्ने कार्यसमेत बैंकले गर्नेछ । प्रकाशित मिति: शुक्रबार, साउन १८, २०८१  १५:२५

प्रभु बैंक,आईडिया स्टुडियो नेपाल र गण्डकी प्रदेशका तीन क्याम्पसहरुबीच सम्झाैता

बैकिङ्ग समाचार १८ श्रावण २०८१, शुक्रबार काठमाडाैं – प्रभु बैंक लिमिटेड, आईडिया स्टुडियो नेपाल र गण्डकी प्रदेशका तिन क्याम्पसहरुका बीच  २०८१ श्रावण पन्ध्र र सोह्र गते छुट्टा–छुट्टै कार्यक्रमकाबीच त्रिपक्षीय रणनीतिक समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त कार्यक्रममा प्रभु बैंक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन, आईडिया स्टुडियो नेपालका तर्फबाट कार्यकारी अध्यक्ष तथा संस्थापक डा. छिरिङ्ग लामा धौलागिरी बहुमुखी क्याम्पसका तर्फबाट क्याम्पस प्रमुख डा. राम प्रसाद उपाध्याय, म्याग्दी बहुमुखी क्याम्पसकातर्फबाट क्याम्पस प्रमुख श्रिधर सुवेदी, रकालीका बहुमुखी क्याम्पसका तर्फबाट क्याम्पस प्रमुख सह–प्राध्यापक बिरन्जी गौतमले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । यस सहकार्यले कालिका बहुमुखी क्याम्पस ,धौलागिरी बहुमुखी क्याम्पस तथा म्याग्दी बहुमुखी क्याम्पसका फ्याकलटी तथा विद्यार्थीहरूमा  उधमशिलताको क्षेत्रमा  सिर्जनात्मकताको वातावरण बनाउन र नवोदित उद्यमीहरूलाई सशक्तीकरण गर्नेछ । सहकार्यले  प्रभु बैंकले उल्लेखित तीन क्याम्पस र आइडिया स्टुडियो नेपालको संयुक्त विशेषज्ञता र नवप्रवर्तनकोमार्फत् विद्यार्थीहरुमा चाैतर्फि विकास र वृद्धि  हुनेछ। प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले प्रभु बैंक र आईडिया स्टुडियो नेपालले धेरै वर्षदेखि सहकार्य गर्दै बिभिन्न कार्यकम्रहरु गर्दै आएको र यस वर्ष गण्डकी प्रदेशका विद्यार्थीहरुमा उधमशिलता र नवप्रवर्तनको विकासका लागि आवश्यक सहकार्यको र सहयोग प्रदान गर्ने उदेश्यले यी उल्लेखीत तीन क्याम्पसहरुसँग सहकार्य गर्न लागेको जानकारी दिए । त्यस्तै, आईडिया स्टुडियो नेपालका कार्यकारी अध्यक्ष तथा संस्थापक डा. छिरिङ्ग लामाले आईडिया स्टुडियो नेपालले शैक्षिक पाठ्यक्रमलाई समय सान्दरभीक र व्यवहारिक बनाउन faculty development (शिक्षक तथा प्रधानध्यापकहरुलाई ) तालिम र अनुसन्धानका कार्यहरुमा सहयोग र प्रोत्सहान गर्दै विद्यार्थीहरुका लागि २१ औँ शताब्दीका शीप र ज्ञान दिदै आफ्नो लक्ष्य अनुसार Career Development को परामर्श  दिइ्ने बताउदै यस सहकार्यले उध्यमशिल विद्यार्थीहरुलाई आवश्यक इन्युवेशन (तालिम) प्रदान गर्दै उनीहरुको  सोचलाई व्यवसायमा रुपान्तरण गर्न सकिन्छ भन्ने आत्मविश्वास पनि सिर्जना गर्ने छ भन्ने विश्वास व्यक्त गरे । त्यस्तै, धौलागिरी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख डा. राम प्रसाद उपाध्यायले हालको समयमा युवाहरु बिदेशिने क्रम बढी रहेको बेला शैक्षिक संघ संस्थाहरुले विद्यार्थीलाई देशभित्र अवसर देखाउन एकदमै जरुरी रहेको बताउदै यस सहकार्यले धौलागिरी बहुमुखी क्याम्पसका विद्यार्थीहरुले आफुलाई उद्यमशिलता क्षेत्रमा अगाडि बढाउँदै यही केही गर्न सकिने अेपक्षा राखेकाे बताए । म्याग्दी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख श्रिधर सुवेदीले ‘यस क्षेत्रका विद्यार्थीहरु निकै क्षमतावान रहेको र आजको यस सहकार्यले ती विद्यार्थीहरुको उधमशिलतालाई थप उर्जा दिनमा मार्गदर्शन दिने साथै म्याग्दी बहुमुखी क्याम्पसमा अध्ययनरत बिभिन्न जिल्लाका विद्यार्थीहरुलाई उधमशिलताको क्षेत्रमा प्राेत्साहन गर्दै आफ्नै ठाँउमा भविष्य बनाउन सकिन्छ भन्ने कुरा महसुस गराउन मदत पुर्याउछ भन्ने कुरामा आफु विश्वस्त रहेको जानकारी गराए|  कालिका बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख सह–प्राध्यापक श्री बिरन्जी गौतमले आफुले यस अघि पनि बिभिन्न संस्थाहरुसँग उद्यमशिलताको लागि सहकार्य तथा साझेदारी गरिएको भएता पनि ती साझेदारीमा मात्र सिमित रहेको प्रभु बैंक र आईडिया स्टुडियो नेपालको सहकार्यले भने विधार्थीहरुलाई साचै उद्यमशिलतामा प्रोत्साहन गर्ने छ र भविष्यमा स्व.उद्यमी बनाउने छ भन्ने कुरामा बिस्वास गरेको छु भनेर जानकारी गराए । आईडिया स्टुडियो नेपालले यस साझेदारी अन्तरगत उल्लेखित क्याम्पसमा अध्ययनरत विधार्थीहरुलाई उद्यमशिलता, नवप्रवर्तन र ईन्क्युबेशन, व्यापार योजनाको(Business plan) विकास गर्ने र आवश्यक सर–सल्लाह प्रधान गर्दै शिक्षकहरुको अनुसन्धानको क्षेत्रमा अगाडी बढाउनका लागि आवश्यक सर–सल्लाह पनि प्रदान गर्नेछ । आईडिया स्टुडियो नेपालले  बिभिन्न समयमा राष्ट्रीय तथा अन्तराष्ट्रीय बिज्ञहरुलाई समाबेश गरी विषयगत सेमिनारहरुपनि सन्चालन गर्नेछ । त्यस्तै, गरी कार्यक्रम कार्यान्वयनको लागि समग्र मार्गदर्शन र प्राविधिक सहयोग साथै उद्यम सँचालन पूर्ण अनुगमन तथा मुल्याङ्कन समेत गर्नेछ । आईडिया स्टुडियो नेपालले शिक्षकहरुको उद्यमशील मानसिकतालाई विकास गर्दै विधार्थीहरुलाई सिक्ने र सिकाउने दुवैमा नवीन दृष्टिकोणहरूतर्फ डोर्‍याउँछ। प्रभु बैंकको तर्फबाट शैक्षिक संस्थामा आईडिया स्टुडियो नेपालले उधमशिल इकोसिस्टमलाई वढाबा दिने कार्यक्रममा बैँकको मुल्याङ्कनमा अधिन रही आशाजनक विधार्थीहरुका लागि आवश्यक पर्ने स्टाट अप ऋण लगानी गर्ने छ भने बिधार्थीको उधमशिलता क्षमता बिकासको लागि बृहत बैंकीङ्क साक्षरता समेत प्रदान गर्नेछ । साथै उद्योग\व्यवसाय तथा शैक्षिक संस्थालाई ब्रिजिङ्ग गर्ने, निति तथा व्यवसायिक अभ्यास र व्यावहारिक ज्ञानका क्षेत्रमा संकायहरुबीथ कार्य अनुसन्धान प्रवद्र्वन गर्ने कार्य समेत बैकले गर्नेछ ।  

प्रभु बैंक, आइडिया स्टुडियो नेपाल र गण्डकी प्रदेशका तीन क्याम्पसहरूबिच त्रिपक्षीय रणनीतिक समझदारी

अर्थ- डबली,शुक्रवार, साउन १८ २०८१ काठमाडौँ / प्रभु बैंक लिमिटेड, आइडिया स्टुडियो र गण्डकी प्रदेशका तीन ओटा क्याम्पसहरूबिच त्रिपक्षीय रणनीतिक समझदारी भएको छ ।  उक्त समझदारी पत्रमा प्रभु बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन, आईडिया स्टुडियो नेपालका तर्फबाट कार्यकारी अध्यक्ष तथा संस्थापक डा. छिरिङ्ग लामा धौलागिरी बहुमुखी क्याम्पसका तर्फबाट क्याम्पस प्रमुख डा. राम प्रसाद उपाध्याय, म्याग्दी बहुमुखी क्याम्पसका तर्फबाट क्याम्पस प्रमुख श्रीधर सुवेदी, रकालीका बहुमुखी क्याम्पसकातर्फबाट क्याम्पस प्रमुख सह-प्राध्यापक बिरन्जी गौतमले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गरेका छन् ।  उक्त सहकार्यले कालिका बहुमुखी क्याम्पस ,धौलागिरी बहुमुखी क्याम्पस तथा म्याग्दी बहुमुखी क्याम्पसका फ्याकलटी तथा विद्यार्थीहरूमा उद्यममशीलताको क्षेत्रमा  सिर्जनात्मकताको वातावरण बनाउन र नवोदित उद्यमीहरूलाई सशक्तीकरण गर्नेछ । सहकार्यले प्रभु बैंक उल्लेखित तीन क्याम्पस र आइडिया स्टुडियो नेपालको संयुक्त विशेषज्ञता र नवप्रवर्तनको मार्फत विधार्थीहरूमा चौतर्फि विकास र वृद्धि हुनेछ ।  सो अवसरमा प्रभु बैंकका सिइओ अशोक शेरचनले प्रभु बैंक र आइडिया स्टुडियो नेपालले धेरै वर्षदेखि सहकार्य गर्दै बिभिन्न कार्यकम्रहरु गर्दै आएको र त्यसै सिलसिलामा यस वर्ष गण्डकी प्रदेशका विद्यार्थीहरूमा उधमशिलता र नवप्रवर्तनको विकासका लागि आवश्यक सहकार्यको र सहयोग प्रदान गर्ने उद्देश्यले यी उल्लेखित तीन क्याम्पसहरूसँग सहकार्य गर्न लागेको जानकारी दिए । ् त्यस्तै, आइडिया स्टुडियो नेपालका कार्यकारी अध्यक्ष तथा संस्थापक डा. छिरिङ्ग लामाले आइडिया स्टुडियो नेपालले शैक्षिक पाठ्यक्रमलाई समय सान्दर्भिक र व्यवहारिक बनाउन शिक्षक तथा प्रधानध्यापकहरुलाई तालिम र अनुसन्धानका कार्यहरुमा सहयोग र प्रोत्सहान गर्दै विद्यार्थीहरुका लागि २१ औँ शताब्दीका शीप र ज्ञान दिँदै आफ्नो लक्ष्य अनुसार ऋबचभभच म्भखभयिऊभलत को परामर्श  दिइ्ने बताए ।  उक्त सहकार्यले उद्यमशील विद्यार्थीहरुलाई आवश्यक इन्युवेशन (तालिम) प्रदान गर्दै उनीहरुको  सोच लाई व्यवसायमा रुपान्तरण गर्न सकिन्छ भन्ने आत्मविश्वास पनि सिर्जना गर्ने उनको विश्वास छ ।  त्यस्तै, धौलागिरी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख डा. रामप्रसाद उपाध्यायले हालको समयमा युवाहरु बिदेशिने क्रम बढी रहेको बेला शैक्षिक संघ संस्थाहरुले विद्यार्थीलाई देशभित्र अवसर देखाउन एकदमै जरुरी रहेको बताए ।  उक्त सहकार्यले धौलागिरी बहुमुखी क्याम्पसका विद्यार्थीहरुले आफुलाई उद्यमशिलता क्षेत्रमा अगाडि बढाउदै यहा केही गर्न सकिन्छ छन भनेर बिश्वास दिलाउन सकिने अपेक्षा राखिएको उनले जानकारी दिए ।  यसैगरी, म्याग्दी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख श्रीधर सुवेदीले यस क्षेत्रका विद्यार्थीहरु निकै क्षमतावान रहेको र आजको यस सहकार्यले ती विद्यार्थीहरुको उद्यमशीलतालाई थप उर्जा दिनमा मार्गदर्शन दिने साथै म्याग्दी बहुमुखी क्याम्पसमा अध्ययनरत विभिन्न जिल्लाका विद्यार्थीहरुलाई उद्यमशिलताको क्षेत्रमा प्रोत्साहन गर्दै आफ्नै ठाँउमा भविष्य बनाउन सकिन्छ भन्ने कुरा महसुस गराउन मद्दत पुर्याउँछ भन्नेमा आफू विश्वस्त रहेको बताए ।  कालिका बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख सह–प्राध्यापक बिरन्जी गौतमले आफुले यस अघि पनि बिभिन्न संस्थाहरूसँग उद्यमशिलताको लागि सहकार्य तथा साझेदारी गरिएको भएता पनि ती साझेदारीमा मात्र सीमित रहेको तर यस प्रभु बैंक र आईडिया स्टुडियो नेपालको सहकार्यले भने विधार्थीहरुलाई उद्यमशिलतामा प्रोत्साहन गर्ने बताए ।  उनले भविष्यमा स्व. उद्यमी बनाउने विश्वस्त व्यक्त गरे ।  आईडिया स्टुडियोले उक्त साझेदारी अन्तर्गत उल्लेखित क्याम्पसहरुमा अध्ययनरत विधार्थीहरुलाई उद्यमशिलता, नवप्रवर्तन र ईन्क्युवेशन, व्यापार योजनाको  विकास गर्ने र आवश्यक सर–सल्लाह प्रदान गर्दै शिक्षकहरुको अनुसन्धानको क्षेत्रमा अगाडि बढाउनका लागि आवश्यक सर–सल्लाह समेत प्रदान गर्नेछ ।  आईडिया स्टुडियोले विभिन्न समयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरुलाई समावेश गरी विषयगत सेमिनारहरु पनि सन्चालन गर्नेछ ।  त्यस्तैगरी, कार्यक्रम कार्यान्वयनको लागि समग्र मार्गदर्शन र प्राविधिक सहयोग साथै उद्यम सञ्चालन पछि सो को पूर्ण अनुगमन तथा मूल्याङ्कन समेत गर्नेछ । आइडिया स्टुडियो नेपालले शिक्षकहरुको उद्यमशील मानसिकतालाई विकास गर्दै विद्यार्थीहरुलाई सिक्ने र सिकाउने दुवैमा नवीन दृष्टिकोणहरूतर्फ डोर्‍याउँछ। प्रभु बैंकको तर्फबाट शैक्षिक संस्थामा आइडिया स्टुडियो नेपालले उद्यमशील इकोसिस्टमलाई बढावा दिने कार्यक्रममा बैँकको मूल्याङ्कनमा अधिन रहि आशाजनक विद्यार्थीहरूका  लागि आवश्यक पर्ने स्टार्टअप ऋण लगानी गर्नेछ भने विद्यार्थीको उद्यमीलता क्षमता विकासको लागि बृहत बैंकिङ्क साक्षरता समेत प्रदान गर्नेछ ।  साथै, उद्योग् व्यवसाय तथा शैक्षिक संस्थालाई ब्रिजिङ्ग गर्ने, निति तथा व्यवसायिक अभ्यास र व्यावहारिक ज्ञानका क्षेत्रमा संकायहरूबिच कार्य अनुसन्धान प्रवर्द्धन गर्ने बैंकले भूमिका खेल्नेछ । 

Idea Studio Nepal concludes ‘College Idea Hunt 2023’

Idea Studio Nepal has concluded its annual ‘College Idea Hunt 2023’ programme, with the final event, ‘I have an idea’. Around 180 individuals attended the event that took place at Hotel Dusit Princess in Kathmandu, on Saturday. Experts from diverse fields, heads of educational institutions, students, Japanese company representatives, and various media outlets participated in the programme. Sadichha Shrestha, Chief of Strategy and Communication at Idea Studio Nepal, made the announcement at the event. The guests at the event included Dr Ghana Shyam Gurung, Country Representative, World Wildlife Fund (WWF) Nepal; Takuma Kozaiwa, Director of Benesse Holdings Inc; Tshering Lama, Executive Chairperson of Idea Studio Nepal; Surendra Subedi, Principal of Kathmandu Model College; and Dr Govinda Tamang, Acting Director of the School of Management, Tribhuvan University. Gurung discussed the 5 R technology, stressing the importance of sustainability and environmental friendliness in business. Kozaiwa shared his experience, highlighting that success in business is not solely about winning competitions. He mentioned his past participation in a competition where, despite not winning, he was able to implement his idea faster than the winner. Subedi spoke about Kathmandu Model College’s ongoing collaboration with Idea Studio and the opportunities it has provided for students to participate in various programmes like the College Idea Hunt. Dr Tamang underscored the significance of the event and the four-year collaboration with Idea Studio Nepal.     The College Idea Hunt 2023 received over 200 business ideas. Of these, 20 underwent a 15-day incubation and mentorship period, and the top 10 ideas were selected for the final process through a demo pitch. The top three ideas were Neha Pravin’s Lightweight Earring, Ashwatthama by Saugat Acharya, Nabin Dhakal, Sachin Ghimire and Ramin Ghimire, and Upanha by Ayushi Singh, Puja Joshi and Ganesh Acharya. The winner was selected based on a scoresheet by the jury. The jury panel comprised Ravi Pratap Singh, Chief Operating Officer of WWF Nepal; Surendra Subedi, Principal of Kathmandu Model College; and Takuma Kozaiwa, Director of Benesse Holdings Inc.   The top three ideas from the College Idea Hunt were each awarded a cash prize of Rs 100,000. These ideas will automatically progress to Idea Studio Season 8. Idea Studio Nepal has successfully engaged a wide range of participants, aged 16 to 67, from all seven provinces of the country in its various programmes.

व्यवसाय गर्ने हुटहुटी छ ? आइडिया स्टुडियोले पूरा गर्न सक्छ तपाईंको सपना

– शिलापत्र संवाददाता | मंगलबार, फागुन ३, २०७८ तपाईंलाई कुनै आइडिया आएको छ ? त्यसलाई व्यवसायमा बदल्न झन्झट भइरहेको छ ? लगानी पर्याप्त छैन ? प्रशासनिकलगायतका विभिन्न समस्याहरू झेल्दै हुनुुहुन्छ ? यदि यसो हो भने आइडिया स्टुुडियो सारथि बन्न सक्छ । कसरी व्यवसाय गर्ने भन्ने सोचमै अलमलिएका नवउद्यमीहरूलाई व्यवसायी बनाउन पुलको काम गर्दै आएको छ आइडिया स्टुडियोले । हरेक वर्ष आइडिया स्टुडियो नामक टेलिभिजन कार्यक्रम सञ्चालन गरेर सोचलाई व्यवसायमा स्थानान्तरण गर्दै आएको छ । यसरी सोचलाई व्यवसाय बनाउन युवाहरूको व्यावसायिक सारथि बन्दै आएको स्टुडियोले यो वर्ष पनि आवेदन माग गरेको छ । आइडिया स्टुडियोको नयाँ सिजनमा समावेश हुनका लागि आगामी ६ फागुनसम्म आवेदन बुझाउन सकिनेछ । सोचलाई उद्योगको रूप दिन विगत ८ वर्षदेखि आइडिया स्टुडियो लागिपरिहेको छ । कहिले प्रतिस्पर्धाको माध्यमबाट त कहिले सचेतनाको माध्यमबाट नेपाली युवालाई नेपालमै व्यवसायी बनाउन लागिपरिरहेको आइडिया स्टुडियो तपाईंको पनि व्यावसायिक सारथि बन्न सक्छ । जसका लागि आवेदन दिएका आइडियटरहरूलाई स्टुडियोले सम्बन्धित विज्ञबाट व्यवसाय कसरी गर्ने ? के–के कुरामा अध्ययन गर्ने ? लगानी कसरी जुटाउनेलगायत व्यावसायिक विस्तारका विषयमा तालिम दिनेछ । यसरी दिनुस् आवेदन ‘सोचदेखि उद्योगसम्म’को नारासहित अघि बढेको ‘आइडिया स्टुडियो नेपाल’को छैटौँ सिजनका लागि आवेदन भर्न सकिन्छ । आवेदन आइडिया स्टुडियो नेपालको वेबसाइटमा गएर सिजन ६ का लागि दिइएको आवेदनफारम भर्नुपर्नेछ । जसमा तपाईंको व्यावसायिक सोच, कार्यान्वयनको अवस्था र भावी योजनासमेत समेटिनुपर्नेछ । यसरी आवेदन फारम भरेपश्चात् तपाईंको व्यावसायिक सोच वा व्यवसाय छनोट गरिनेछ तालिमका लागि । तालिमपश्चात् भने अन्य प्रतिस्पर्धीसँग प्रतिस्पर्धामा उतारिनेछ । योबीचमा व्यावसायिक प्रशिक्षण मात्रै नभएर कर्जाका लागि समन्वय तथा लगानी पनि आइडियो स्टुडियोले गर्नेछ । सन २०१४ बाट सुरु भएको आइडिया स्टुडियो सिजन– ५ सम्म आइपुग्दा झण्डै २५ सयभन्दा बढी नवउद्यमीहरू जोडिइसकेका छन् । जसमा १ सयभन्दा बढी प्रतिस्पर्धीले सोचबाट उद्यमको यात्रा तय गरिसकेका छन् । यी विधामा दिनुस् तपाईंको आवेदन   गत वर्षझैँ यस वर्ष पनि स्टुडियोले मेड इन नेपाल, सोसल इम्प्याक्ट, हाई फ्लाइङ र ग्रिनोभेसन गरी चारवटा सेगमेन्टमा बिजनेस आइडिया प्रस्तुत गर्ने मौका दिने जनाएको छ । जसमा विधाका लागि वातावरणमैत्री व्यावसायिक योजना पेस गर्नुपर्ने हुन्छ भने हाई फ्लाइङका लागि प्रविधिमैत्री तथा समय सान्दर्भिक योजना पेस गर्नुपर्ने हुन्छ । त्यस्तै, मेड इन नेपाल विधामा नेपालमै उत्पादन गरेर आयातलाई प्रतिस्थापन गर्न सहयोग पुर्‍याउने तथा नेपाली उत्पादनलाई बढावा दिन सहयोग पुर्‍याउने खालका व्यावसायिक योजना पेस गर्नुपर्ने हुन्छ । सोसियल इम्प्याक्ट विधामा चाहिँ सामाजिक र सकारात्मक रुपान्तरणमा अग्रसर बनेका र बन्न चाहने व्यावसायिक योजनाहरू पेस गर्नुपर्ने हुन्छ । कसरी छनोट हुन्छ आइडिया ? देशभरबाट आएका आइडिया ‘बैंकबाट झिकेर’ छनोट गरिन्छ । पहिलो चरणमा एक सयवटा आइडिया छनोट गरिन्छ । तीमध्येका पनि उत्कृष्ट ४० आइडियालाई छनोट गरेर विज्ञले तालिम दिने, उद्यमी बन्न चाहिने आवश्यक प्रक्रिया सिकाउने, लगानीको वातावरण कसरी बनाउने ? कहाँबाट लगानी जुटाउनेलगायतका विषयमा विज्ञले परामर्श र ज्ञान दिन्छन् । त्यसपछि ती ४० आइडियालाई टीभी शोमा प्रस्तुत गरिन्छ । तीमध्येका उत्कृष्ट आइडियालाई बैंकदेखि व्यक्तिसम्मले लगानी गर्न सक्छन् ।

कृषिलाई यान्त्रिकरण गर्ने ३ आइडिया भए कलेज हन्टमा छनौट

क्यापिटल नेपाल   काठमाडौं । प्रगतिशील रुपान्तरण तथा व्यावसायिकता प्रवर्द्धनको क्षेत्रमा क्रियाशील आइडिया स्टुडियोले ‘कलेज आइडिया हन्ट २०२१’ मंसिर ४ गते सम्पन्न गरेको छ । पाठलाई प्रसंगमा बदल्ने उद्देश्यसहित आइडिया स्टुडियाले २०१४ देखि कलेज आइडिया हन्ट सुरु गरेको हो । उक्त कार्यक्रममा देशभरका कलेजबाट विद्यार्थीहरूले आफ्नो नवप्रवर्तित व्यावसायिक आइडियाहरूलाई प्रस्तुत गर्ने गर्छन् । यस वर्षको कलेज आइडिया हन्टको संस्करण काठमाडौं मोडल कलेजमा आयोजना भएको थियो । उक्त कार्यक्रममा देशभरका कलेजहरूबाट करिब २ सय आइडियाहरूले सहभागिता जनाएका थिए । जसबाट आयोजक आइडिया स्टुडियोले उत्कृष्ट १० आइडियालाई छनोट गरेको थियो । छनोट भएका आइडियाहरूलाई व्यवसायसम्बन्धी विविध तालिम प्रदान गरेपश्चात् विद्यार्थीहरूले अन्तिम चरणको आइडिया पिचिङ कार्यक्रम ‘आई ह्याभ एन आइडिया २०२१’ मा आफ्नो आइडिया, त्यसको व्यावसायिक मोडलका बारेमा प्रस्तुति दिएका थिए । तर, अन्तिम चरणको कार्यक्रममा १० मध्ये ८ समूहले मात्र सहभागिता जनाएका थिए । प्रस्तुत भएका आइडियामध्ये शीर्ष ३ ले कलेज आइडिया हन्ट २०२१ को उपाधि जित्न सफल भएको थियो । उक्त ३ शीर्ष उत्कृष्ट आइडियाहरूले जनही १ लाखको पुरस्कारसमेत प्राप्त गरेको थियो । यस्ता छन् कलेज आइडिया हन्ट २०२१ बाट छनोट हुन सफल शीर्ष ३ आइडिया राइस ट्रान्सप्लान्टर, सौरभ सिंह चौधरी  सारदा विश्वविद्यालय भारतबाट इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक इन्जिनियरिङमा स्नातक तह अध्ययन पूरा गरेका सौरभ सिंह चौधरीले कलेज आइडिया हन्टमा आफूले निर्माण गरेको खेतमा धान रोप्ने राइस ट्रान्सप्लान्टर मेसिन प्रस्तुत गरेका थिए । देशको करिब ६६ प्रतिशत जनसंख्या प्रत्यक्षरुपमा संलग्न भएको कृषि क्षेत्रलाई यान्त्रिकीकरण गरी नयाँ क्रान्ति ल्याउने प्रयास स्वरुपमा आफूले उक्त प्रविधि निर्माण गरेको सौभर बताउँछन् । प्रतिवर्ष २.५ लाख रुपैयाँसम्मको कुल गार्हस्थ उत्पादन भएका साना किसानहरूलाई लक्षित गरी धान रोप्ने मेसिन निर्माण गरेर सौभरले आफ्नो यो प्रयासको थालनी गरेका छन् । ‘नेपाली कृषकहरूको आफ्नौ फरक समस्या छन्, हामीले हाल प्रयोग गरिरहेका विदेशी मेसिनहरू यहाँका स्थानीय कृषकहरूको समस्यालाई सम्बोधन गर्न सक्ने किसिमले बनेका छैनन्,’ सौरभ भन्छन्, ‘हामी नेपाली कृषकहरूको समस्यामा केन्द्रित रहेर सुलभमूल्यमा, मर्मत योग्य, कम्प्याट तथा सजिलो मेसिन प्रदान गर्नेछौं ।’ राइस ट्रान्सप्लान्टरको आइडिया सफल भएको खण्डमा आफ्नो समूहले आलु, मकै प्लान्टर तथा अन्य खेतीजन्य उपकरण निर्माण गर्ने उनी बताउँछन् । मल्टी ग्रेन इलेक्ट्रिक ड्राइङ सिलो, रोशन ओझा, अनिश थापा, प्रशान्त कँडेल खेतबाट अन्नबाली भित्राएपछिको महत्वपूर्ण काम भनेको त्यसलाई सुकाउने हो । तर, यसका लागि अझै पनि नेपालको कृषि क्षेत्र परम्परागत शैली, अर्थात् घाममै निर्भर छ । यसैले काठमाडौं विश्वविद्यालयका विद्यार्थीहरूले रोशन ओझा, अनिश थापा, प्रशान्त कँडेलले ‘मल्टी ग्रेन इलेक्ट्रिक ड्राइ मेसिन शिलो’ डिजाइन गरेका छन् । कलेज आइडिया हन्टमा २०२१ मा प्रस्तुत भई उत्कृष्ट ३ मा पर्न सफल यो मेसिनले जस्तोसुकै मौसममा पनि अन्नबालीलाई छोटो समयमा, प्रभावकारी रुपमा सुकाउन सक्छ । यो ड्राइ मेसिनमा बाली निरीक्षण गर्ने तथा आद्र्रता थाहा पाउन सक्ने सेन्सरयुक्त फिचर पनि छन् । यसले अन्न बालीको थप प्रशोधिकरणमा यूभीसी ट्रिटमेन्ट पनि गर्दछ जसले अन्न बालीको आयुलाई पनि बढाउने सुनिश्चित गर्छ । अन्न बाली राम्रोसँग नसुक्दा वर्षभरि धान्न पर्ने अन्न बाली भण्डारणको समयमा ढुसी लाग्ने, बिग्रने समस्याहरू किसानहरूले लामो समयदेखि भोग्दै आइरहेका छन् । घाममा सुकाउने परम्परागत विधिमा लामो समय लाग्ने, मौसम अस्थिर हुँदा प्रभावकारी नहुने समस्या रहँदै आएको छ । तर, आफ्नो प्रोडक्ट बेस्ड सोल्युसन ‘मल्टी ग्रेन इलेक्ट्रिक ड्राइ मेसिन शिलो’ ले अन्न बालीमा आद्र्रताको मात्रा घटाइ, लामो समयसम्म टिकाउ रहने गरी भण्डारण गर्न किसानहरूलाई ढुक्क बनाउन बताउँछन् । प्रयोग र मागका अनुसार यो मेसिनको क्षमता सानोमा १ सयदेखि २ सयकेजीसम्म, मध्यममा ५ सयदेखि ७ सय केजीसम्म र ठूलोमा १२ सयदेखि १५ सय केजीसम्म रहेको छ । साधारण ज्ञान भएका मान्छेले पनि यसलाई सजिलै मेनुअल विधिबाट चलाउन सक्छन् । काठमाडौं विश्वविद्यालयको यो समूहले आफ्नो नवीन निर्माणलाई सामुदायिक कृषि, अन्न आपूर्तिकता, कर्पोरेट कम्पनीहरूमा पुर्याउने बताएको छ । महसन्सार, सोभित कुमार कर्ण, अलिशा बुढा, निरन्जन श्रेष्ठ पुलचोक क्याम्पसका तीन विद्यार्थीहरूले निर्माण गरेको मह संसार कलेज आइडिया हन्टमा उत्कृष्ट ३ मा पर्न सफल नविन व्यावसायिक आइडिया हो । मह संसार एउटा आर्टिफिसियल इन्टेलिजेन्स युक्त रोबोटिक हाइभ अर्थात् घार हो । मौरीहरूलाई व्यवस्थापन गर्न, स्वस्थकर रुपमा हुर्काउन यो हाइभलाई एआई एल्गोरिदम प्रयोग विकास गरी विशेष रुपमा डिजाइन गरिएको छ । हाइभको हार्डवेयरसँगै उपलब्ध यो प्रविधि नेपालका लागि एकदमै नवीन प्रविधि हो । नवप्रवर्तनमा आधारित यो व्यावसायिक मोडल, मौरी कृषकहरूले पूर्ण सब्सक्रिप्सन मोडलमा प्रयोग गर्न सक्छन् । आफूहरूले उक्त मह संसार एआई हाइभ सेटअप गर्न, डेलिभर गर्न तथा हटाउन सेवाग्राहीसँग कुनै शुल्क नलिने उनीहरू बताउँछन् । प्रतिहाइभ आफूहरूले कृषकसँग आफ्नो सेवाको सब्सक्रिप्सन शुल्क लिने उनीहरूले बताए । यो मेसिनले मौरीको अवस्थामाथि २४ घण्टै निरीक्षण राख्छ । मह कति उत्पादन भयो र कति पोलिनेसन भयो यी सबै कुरा मेसिनमा पूर्ण पारदर्शी हुनेछ । मौरीको मृत्युदर घटाउन मौरीपालनलाई सफ्टवेयर सोल्युसनबाट डिजिटाइज गरेको यो प्रविधि नेपालका लागि एकदमै नवीन छ ।  मङ्गलबार ७ मंसिर २०७८ ०५:४० PM मा प्रकाशित

‘आई ह्याभ एन आइडिया– २०२१’ का विजेताले पाए जनही १ लाख रुपैयाँ पुरस्कार

– शिलापत्र संवाददाता | मंगलबार, मंसिर ७, २०७८   क्याम्पसमा अध्ययनरत युवाहरूलाई लक्षित गर्दै आइडिया स्टुडियोले आयोजना गरेको कलेज आइडिया हन्ट कार्यक्रमअन्तर्गत ‘आई ह्याभ एन आइडिया– २०२१’ नामक कार्यक्रम सम्पन्न भएको छ । ४ मंसिरमा सम्पन कार्यक्रममा २ सय आवेदकमध्ये तीन जना विजेता बन्न सफल भएका छन् । क्याम्पस पढ्दै गरेका युवाहरूबाटै व्यावसायिक सोचको विकास गर्दै व्यवसायी बनाउँदै आएको आइडिया स्टुडियोले सो कार्यक्रममा उत्कृष्ट १० जनाको व्यावसायिक सोचलाई प्रतिस्पर्धामा उतारेको थियो । जसबाट तीनवटा व्यावसायिक सोचले जनही १ लाख रुपैयाँ पुरस्कार पाएका छन् । विजेतामध्ये सौरभ सिंह चौधरीले धान रोप्ने मेसिन बनाएर सुलभदरमा किसानलाई वितरण गर्ने योजना सुनाएका थिए भने एलिशा बुढा र निराजन श्रेष्ठ र सोभित कर्नको समूहले महसंसार नामक योजना सुनाएका थिए । योसँगै  रोशन ओझा, अनिशा थापा, प्रशान्त कँडेलको समूहले बिजुलीबाट अन्न सुकाउने मेसिन बनाएर किसानलाई सुलभ दरमा बिक्री वितरण गर्ने योजना सुनाएका थिए । कार्यक्रममा माथि उल्लेखित व्यावसायिक सोचबाहेक अन्य आठ जनाले पनि आ–आफ्नो सोच र व्यवसायलाई प्रतिस्पर्धामा उतारेका थिए । कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. धर्मकान्त बाँस्कोटाले नेपाली शिक्षा सैद्धान्तिक मात्रै रहेकाले लगानी बढाएर यस क्षेत्रलाई व्यावहारिकतातर्फ ढाल्नुपर्ने धारणा राखे । उनले भने, ‘शिक्षाक्षेत्रमा बजेट न्यून छ । बजेट बढाउन सरकारलाई पहल गर्नुपर्ने अवस्था आएको छ ।’ यसका साथै पछिल्लो समय शिक्षाक्षेत्रमा व्यवसायको रूपमा मौलाउँदै जाँदा क्याम्पसहरूबीच नै अस्वस्थ प्रतिस्पर्धा सुरु भएको भन्दै उनले यो तत्काल बन्द गरेर विद्यालयको स्वच्छ छविलाई कायम राख्नुपर्ने धारणा राखे । आइडिया स्टुडियो नेपालले आयोजना गर्ने कलेज आइडिया हन्ट कार्यक्रम  पछिल्लो समय युवापुस्ताका लागि व्यावसायिक बाटोको पथप्रदर्शक बन्दै आएको छ । हरेक वर्ष आयोजना हुने यस कार्यक्रममा यो वर्ष पनि २ सयभन्दा बढी विद्यार्थीले आफ्नो व्यावसायिक सोचसहित प्रतिस्पर्धाका लागि आवेदन दिएका थिए । जसमा उत्कृष्ट १० जना छनोट भएका थिए । उत्कृष्ट १० बाट पनि तीन प्रतिस्पर्धी भने विजेता बन्न सफल भएका हुन् । यो दिन काठमाडौं मोडल कलेज इनोभेसन सेन्टरको उद्‌घाटन पनि गरिएको थियो । प्रकाशित मिति: मंगलबार, मंसिर ७, २०७८, १५:००:१४

The biggest challenge for entrepreneurship in country is not being able to match expectations and reality, and confidence and competency

b360nepal.com | OCTOBER 11, 2021 The Executive Chairperson and Co Founder of Idea Studio that mentors students to help them realise their ideas in innovation and entrepreneruship, Dr Tshering Lama prefers to call himself an enabler and not a leader. He says, “I just try to provide a suitable platform for them to achieve their goals.” It is interesting to note that though Dr Lama is involved with a venture that is basically an ideas incubation centre, his background is in the public health. The man from the mountain, as he calls himself in reference to his birthplace of Sermathang in Helambu, he shares that his entrepreneurial journey actually started when he was doing his doctorate in telemedicine in the United Kingdom. Dr Lama clarifies that entrepreneurship does not always mean opening your own business. “When you begin to think and act on a certain idea, the entrepreneurial journey starts from there because you never know when one small idea could turn out to be a major business in the future,” he says. Dr Lama says that health, education and livelihood are the three areas that a state needs to focus on to be recognised as a well-developed country. He emphasises that health is everyone’s business because you cannot get anything done if people are unhealthy. “And by heath we don’t mean only the absence of disease but access to quality and affordable healthcare too,” he elaborates. For instance, the Covid 19 pandemic was an eye-opener about the state of the healthcare system in Nepal, which is totally lacking. In this issue of Business 360, Dr Lama, who has been involved with mentoring youths understand the various nuances of startup ethos or what goes into making one successful speaks about the various opportunities and challenges for startups in Nepal and his thoughts on leadership. How would you define leadership? For me, leadership is not always about standing in the front and leading. It is also not only about having a vision. At times when you are a leader you need to take ten steps back and push the person who is lagging behind. As a leader you have to make certain that no member of the team is left behind. Moreover, I don’t like to call myself a leader. I would rather be recognised as an enabler. During the course of my work I have met hundreds of youths who come to me with various dreams and innovations. Those ideas they come along with are actually their vision. So, my responsibility is to provide them the platform to realise their vision. Hence, I say a leader does not need to have a vision always. Giving shape to someone else’s visions also entails a lot of leadership. They say change is the only constant in our lives and we always need to change and adapt. How do you view this? It is absolutely true that change is the only constant. People change, situations change and even technologies change. So, we are all constantly evolving with the changing times. However, I have come to a point where I believe change is not the ultimate thing. I feel rather than just change we need to transform ourselves. Our motto is ‘Igniting Social Change’ but now I want to go beyond that concept and focus more on transformation. There is a difference when we speak about change and transformation. Every morning when we wake up and get dressed for work we put on fresh clothing. We are changing our clothes and what these fresh clothes do is they make us feel comfortable. What I want to emphasise on is even if your clothes are stained we should not be bothered about it. Let there be a stain on my shirt, it is fine with me. What I want is for people to be more focused on the bigger picture of life. Don’t let small things come in your way. What are the challenges you face most often in your work? The very reason I chose to start Idea Studio were the challenges that it encompasses. I have always accepted challenges as opportunities. When I was returning to Nepal after my doctorate one of my professors asked me the reason behind me doing so. He actually asked me what was in store for me when I got back home. And my answer was simple – challenges. We are a developing country but the opportunities available here are boundless. There are also many people, especially youths, who have tremendously brilliant ideas but what is lacking is the platform for them to materialise their concepts. I must say I have been very blessed in the sense that I received a lot of support from my family. They invested a lot for my studies and career but not all have the required support. So, I want to be there for those who have the ideas but lack the support. And there is no feeling more satisfying than when you are able to assist others fulfil their goals. I want to invest in others. We all need to comprehend the fact that though we talk a lot about being independent we are actually all interdependent. Somehow or the other we are always connected to other people be it in the family or your work sphere. So, my biggest challenge is giving shape to the ideas that people meet me for. The other challenge that I have to constantly face is people having faith in me and trusting me with their ideas. Speaking in general terms, the other major challenge for us is ‘who we are?’. To be honest, every time I go for international conferences I don’t know what to share with them. We are so blessed with nature but what have we done to utilise and at the same time preserve that? We don’t know what the future of Nepal should be like. Everywhere I go, I find some Nepalis working there. How can we restore that dignity?

आफूले बनाएको ‘बेबी वार्मर’, विदेशमा निर्यात गर्ने योजना बुन्दैछन् चार युवा इन्जिनियर

शर्मिला न्याैपाने   काठमाडौं । युनेस्कोको एक अध्ययनअनुसार नेपालमा जन्मिएका प्रत्येक एक हजार जीवित शिशुमध्ये २८ दिनभित्र २१ जनाको मृत्यु हुने गरेको छ । यसको अर्थ हो, नेपालमा शिशु मृत्युदर उच्च रहेको छ । यो समस्या समाधानको विकल्पमा चार जना युवा मिलेर विगत ४ वर्षदेखि सञ्चालनमा ल्याएका छन् ‘न्यानो नानी’ अर्थात् बेबी वार्मर । गोरखामा जन्मिएका सुनिल बानियाँ बच्चा बेलामा धेरै बिरामी हुन्थ्ये तर, उपयुक्त उपकरणको अभावमा उनलाई उपचार गर्नका लागि चितवन र  काठमाडौंलगायत सहरमा पुर्याउनु परेको अभिभावकले सुनाएका थिए । पछि थाहा भयो उनलाई हापोथर्मिया रोग लागेको रहेछ । जुन उपयुक्त तापक्रमको अभावमा बालबालिकालाई लाग्ने रोग हो । सुनिल सिभिल इन्जिनियरिङका विद्यार्थी हुन् । उनी सन् २०१५ मा ‘इन्जिनिरिङ वर्ल्ड हेल्थ’ कार्यक्रमका लागि वर्ल्ड  हेल्थ संस्थाबाट प्रोग्राम कोअर्डिनेटरको रुपमा ओखलढुङ्गाको ‘मिसन हस्पिटल’मा गएका थिए । उनी त्यहाँ रहँदा विभिन्न समस्या देखे तर, सबै कुराको याद उनलाई भएन । यद्यपि एक दिन उनले देखेको एउटा बच्चाको समस्याले आफ्नो बाल्यकालमा मात्रै फर्काएन नयाँ कुराको खोजी गर्नुपर्छ भन्ने निष्कर्षमा पुगे । सन् २०१५ को उक्त घटना सम्झिदै उनी भन्छन्, ‘मिसन हस्पिटलमा मैले १ दिनको बाटो हिँडेर बच्चाको उपचार गर्न आएका मान्छे आफ्नै आँखाले देखेँ । म बिरामी भएको याद आयो, हुन त मलाई बिरामी भएको क्षण थाहा छैन सानै थिएँ बुबा-ममीले भनेको सुनेको मात्रै हो ।’ क्यापिटल नेपालसँग कुरा गर्दै बानियाँ भन्छन्, ‘त्यो बेलाको जस्तो समस्या अहिले पनि रहेछ भन्ने लाग्यो र बुबा–आमाले मेरो लागि कति दुःख गर्नुभयो ? होला भन्ने पनि सोचेँ, त्यही समयमा हो हापोथर्मिया रोगबाट बच्चालाई बचाउनका लागि हामीले पनि केही गर्नुपर्छ र गर्न सकिन्छ होला भन्ने लागेको । तर, के गर्ने भन्नेमा निश्चित थिइनँ ।’ उक्त सोच काठमाडौं फर्किएर पछि आफ्ना साथीहरु महित केसी, सन्जयबहादुर सिंह, र सुरज कार्कीलाई सुनाएको बताउँछन् सुनिल । सुनिल सिभिल इन्जिनियरका विद्यार्थी हुन् भने उनका साथी बायो मेडिकल इन्जिनियर । नयाँ काम गरौं भन्ने जोस भएका युवाहरु सुनिलले भोगेको र देखेको समस्या समाधानको लागि नयाँ आइडिया निकाल्नेतर्फ सोच्न थाले र चारै जना मिलेर ‘बेबी इन्क्यूबेटर’ बनाउनतर्फ लागे । जसका लागि १ वर्ष रिसर्च गर्नमा नै समय बित्यो । उनीहरुले सुरुमा ‘न्यानो नानी’ भने बनाएका थिएनन् । पछि डाक्टरहरुसँग सल्लाह लिँदा बेबी इन्क्यूबेटरभन्दा ‘बेबी वार्मर’ अर्थात् न्यानो नानी बनाउनु उपयुक्त हुने सुझाव पाए । सोही सुझावअनुसार इन्क्यूबेटरको आइडियालाई ‘बेबी वार्मर’ बनाउन प्रयोग गरेको सुनिलको भनाइ छ । सो ‘बेबी वार्मर’ बनाउनको लागि राष्ट्रिय आविष्कार केन्द्रले समेत सहयोग गरेको छ । हुन त विश्वमा नै पहिलोपटक बेबी वार्मर उनीहरुले बनाएका होइनन् । अन्य देशहरुमा प्रयोगमा आइरहेको रहे पनि नेपालीको लागि भने उनीहरुले नै पहिलो पटक बनाएका हुन् । पहिला महँगो मूल्यमा ‘बेबी वार्मर’ नेपाल भित्र्याउने गरे पनि अब उक्त समस्या नरहने सुनिलको भनाइ छ । हालसम्म नेपालका १७ वटा अस्पतालमा बेबी वार्मरको प्रयोग भइरहेको छ । जसध्ये उपत्यकाका ४ वटा अस्पतालमा उक्त मेसिन प्रयोगमा छन् । त्यस्तै उपत्यका बाहिर महेन्द्रनगर, निजगढ, बागलुङ, इटहरी, नवलपरासी, खोटाङ र प्युठानलगायत स्थानका अस्पतालमा बार्मरको प्रयोग भएको बताइएको छ । यद्यपि बच्चालाई न्यानो बनाउन केही गर्नुपर्छ भन्ने सोच आएको मिसन अस्पताल ओखलढुङ्गामा भने हालसम्म उक्त उपकरण पुर्याउन सकेका छैनन् । तर, मिसन अस्पतालमा पनि बेबी वार्मरको व्यवस्था गर्ने उनीहरुको योजना रहेको छ । बानियाँ भन्छन्, ‘ओखलढुङ्गामा मात्रै होइन काठमाडौंबाट नजिकै भए पनि नुवाकोटको एउटा हेल्थ पोस्टमा बच्चालाई न्यानो राख्न लागि हिटरको प्रयोग गरेको देखेका थियौं । नेपालमा बार्मरको आवश्यकता छ भन्ने यस्ता धेरै उदाहरण छन् ।’ न्यानो नानीको आवश्यकता सहरी क्षेत्रमाभन्दा बढी दुर्गम क्षेत्रमा रहेको उनहरुको अनुभव छ । सोहीअनुसार दुर्गम तथा हिमाली क्षेत्रमा न्यानो नानी उपकरणलाई प्राथमिकताका साथमा विस्तार गर्ने योजना बताएका छन् । सामान्यतयाः स्वस्थ्य जन्मिएको बच्चाका लागि ३७ डिग्री सेल्सिएस तापक्रम आवश्यक पर्छ । न्यानो नानी मेसिनमा पनि अधिकतम ३७ डिग्री सेल्सिएससम्म तापक्रम रहन्छ भने, सबैभन्दा कम सम्बन्धित कोठाको तापक्रमसम्म बनाउन सकिने बताइएको छ । उक्त उपकरणमा बच्चालाई राख्न मिल्ने सुनिल बताउँछन् । सो उपकरण जन्मिएको एक हप्तासम्मका बच्चालाई न्यानो प्रदान गर्न उपयुक्त हुन्छ । १७ वटा अस्पतालमा न्यानो नानीको उपकरण जडान भइसकेको छ । सुरुमा नेपालीहरुले पनि बनाउन सक्छन् र ? भन्नेहरुले अहिले राम्रो उपकरण भन्दै प्रतिक्रिया दिएको उनको भनाइ छ । उनीहरु आइडिया स्टुडियोले आयोजना गरेको सिजन ५ मा सहभागी भएका छन् । साथै उक्त उपकरण देशभरी विस्तार गर्ने योजना उनीहरुले बताएका छन् । तर, लगानीकर्ताहरुको खाँचो रहेको सुनिलले बताए । विदेशमासमेत नेपाली ब्राण्डको विस्तार गर्ने योजनामा छन् न्यानो नानी उपकरण बनाउने ४ युवा । सो उपकरणका लागि आवश्यक पर्ने सामान भने भारत तथा चीनबाट ल्याउने गर्छन् । अन्य डिजाइन नेपालमा उनीहरु आफैंले बनाउँछन् । सामान्यतयाः एउटा मेसिन तयार गर्नको लागि ६० हजार रुपैयाँ लाग्छ । ‘एउटा–एउटा बनाउने भएर अहिले महँगो परेको हो तर, एकैपटक ५०/६० वटा बनाउँदा लागत घट्छ’ उनले भने ।  शुक्रबार​ ५ कात्तिक २०७८ ०८:४७ AM मा प्रकाशित

Scroll to Top