Author name: Anupam

‘आई ह्याभ एन आइडिया– २०२१’ का विजेताले पाए जनही १ लाख रुपैयाँ पुरस्कार

– शिलापत्र संवाददाता | मंगलबार, मंसिर ७, २०७८   क्याम्पसमा अध्ययनरत युवाहरूलाई लक्षित गर्दै आइडिया स्टुडियोले आयोजना गरेको कलेज आइडिया हन्ट कार्यक्रमअन्तर्गत ‘आई ह्याभ एन आइडिया– २०२१’ नामक कार्यक्रम सम्पन्न भएको छ । ४ मंसिरमा सम्पन कार्यक्रममा २ सय आवेदकमध्ये तीन जना विजेता बन्न सफल भएका छन् । क्याम्पस पढ्दै गरेका युवाहरूबाटै व्यावसायिक सोचको विकास गर्दै व्यवसायी बनाउँदै आएको आइडिया स्टुडियोले सो कार्यक्रममा उत्कृष्ट १० जनाको व्यावसायिक सोचलाई प्रतिस्पर्धामा उतारेको थियो । जसबाट तीनवटा व्यावसायिक सोचले जनही १ लाख रुपैयाँ पुरस्कार पाएका छन् । विजेतामध्ये सौरभ सिंह चौधरीले धान रोप्ने मेसिन बनाएर सुलभदरमा किसानलाई वितरण गर्ने योजना सुनाएका थिए भने एलिशा बुढा र निराजन श्रेष्ठ र सोभित कर्नको समूहले महसंसार नामक योजना सुनाएका थिए । योसँगै  रोशन ओझा, अनिशा थापा, प्रशान्त कँडेलको समूहले बिजुलीबाट अन्न सुकाउने मेसिन बनाएर किसानलाई सुलभ दरमा बिक्री वितरण गर्ने योजना सुनाएका थिए । कार्यक्रममा माथि उल्लेखित व्यावसायिक सोचबाहेक अन्य आठ जनाले पनि आ–आफ्नो सोच र व्यवसायलाई प्रतिस्पर्धामा उतारेका थिए । कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. धर्मकान्त बाँस्कोटाले नेपाली शिक्षा सैद्धान्तिक मात्रै रहेकाले लगानी बढाएर यस क्षेत्रलाई व्यावहारिकतातर्फ ढाल्नुपर्ने धारणा राखे । उनले भने, ‘शिक्षाक्षेत्रमा बजेट न्यून छ । बजेट बढाउन सरकारलाई पहल गर्नुपर्ने अवस्था आएको छ ।’ यसका साथै पछिल्लो समय शिक्षाक्षेत्रमा व्यवसायको रूपमा मौलाउँदै जाँदा क्याम्पसहरूबीच नै अस्वस्थ प्रतिस्पर्धा सुरु भएको भन्दै उनले यो तत्काल बन्द गरेर विद्यालयको स्वच्छ छविलाई कायम राख्नुपर्ने धारणा राखे । आइडिया स्टुडियो नेपालले आयोजना गर्ने कलेज आइडिया हन्ट कार्यक्रम  पछिल्लो समय युवापुस्ताका लागि व्यावसायिक बाटोको पथप्रदर्शक बन्दै आएको छ । हरेक वर्ष आयोजना हुने यस कार्यक्रममा यो वर्ष पनि २ सयभन्दा बढी विद्यार्थीले आफ्नो व्यावसायिक सोचसहित प्रतिस्पर्धाका लागि आवेदन दिएका थिए । जसमा उत्कृष्ट १० जना छनोट भएका थिए । उत्कृष्ट १० बाट पनि तीन प्रतिस्पर्धी भने विजेता बन्न सफल भएका हुन् । यो दिन काठमाडौं मोडल कलेज इनोभेसन सेन्टरको उद्‌घाटन पनि गरिएको थियो । प्रकाशित मिति: मंगलबार, मंसिर ७, २०७८, १५:००:१४

The biggest challenge for entrepreneurship in country is not being able to match expectations and reality, and confidence and competency

b360nepal.com | OCTOBER 11, 2021 The Executive Chairperson and Co Founder of Idea Studio that mentors students to help them realise their ideas in innovation and entrepreneruship, Dr Tshering Lama prefers to call himself an enabler and not a leader. He says, “I just try to provide a suitable platform for them to achieve their goals.” It is interesting to note that though Dr Lama is involved with a venture that is basically an ideas incubation centre, his background is in the public health. The man from the mountain, as he calls himself in reference to his birthplace of Sermathang in Helambu, he shares that his entrepreneurial journey actually started when he was doing his doctorate in telemedicine in the United Kingdom. Dr Lama clarifies that entrepreneurship does not always mean opening your own business. “When you begin to think and act on a certain idea, the entrepreneurial journey starts from there because you never know when one small idea could turn out to be a major business in the future,” he says. Dr Lama says that health, education and livelihood are the three areas that a state needs to focus on to be recognised as a well-developed country. He emphasises that health is everyone’s business because you cannot get anything done if people are unhealthy. “And by heath we don’t mean only the absence of disease but access to quality and affordable healthcare too,” he elaborates. For instance, the Covid 19 pandemic was an eye-opener about the state of the healthcare system in Nepal, which is totally lacking. In this issue of Business 360, Dr Lama, who has been involved with mentoring youths understand the various nuances of startup ethos or what goes into making one successful speaks about the various opportunities and challenges for startups in Nepal and his thoughts on leadership. How would you define leadership? For me, leadership is not always about standing in the front and leading. It is also not only about having a vision. At times when you are a leader you need to take ten steps back and push the person who is lagging behind. As a leader you have to make certain that no member of the team is left behind. Moreover, I don’t like to call myself a leader. I would rather be recognised as an enabler. During the course of my work I have met hundreds of youths who come to me with various dreams and innovations. Those ideas they come along with are actually their vision. So, my responsibility is to provide them the platform to realise their vision. Hence, I say a leader does not need to have a vision always. Giving shape to someone else’s visions also entails a lot of leadership. They say change is the only constant in our lives and we always need to change and adapt. How do you view this? It is absolutely true that change is the only constant. People change, situations change and even technologies change. So, we are all constantly evolving with the changing times. However, I have come to a point where I believe change is not the ultimate thing. I feel rather than just change we need to transform ourselves. Our motto is ‘Igniting Social Change’ but now I want to go beyond that concept and focus more on transformation. There is a difference when we speak about change and transformation. Every morning when we wake up and get dressed for work we put on fresh clothing. We are changing our clothes and what these fresh clothes do is they make us feel comfortable. What I want to emphasise on is even if your clothes are stained we should not be bothered about it. Let there be a stain on my shirt, it is fine with me. What I want is for people to be more focused on the bigger picture of life. Don’t let small things come in your way. What are the challenges you face most often in your work? The very reason I chose to start Idea Studio were the challenges that it encompasses. I have always accepted challenges as opportunities. When I was returning to Nepal after my doctorate one of my professors asked me the reason behind me doing so. He actually asked me what was in store for me when I got back home. And my answer was simple – challenges. We are a developing country but the opportunities available here are boundless. There are also many people, especially youths, who have tremendously brilliant ideas but what is lacking is the platform for them to materialise their concepts. I must say I have been very blessed in the sense that I received a lot of support from my family. They invested a lot for my studies and career but not all have the required support. So, I want to be there for those who have the ideas but lack the support. And there is no feeling more satisfying than when you are able to assist others fulfil their goals. I want to invest in others. We all need to comprehend the fact that though we talk a lot about being independent we are actually all interdependent. Somehow or the other we are always connected to other people be it in the family or your work sphere. So, my biggest challenge is giving shape to the ideas that people meet me for. The other challenge that I have to constantly face is people having faith in me and trusting me with their ideas. Speaking in general terms, the other major challenge for us is ‘who we are?’. To be honest, every time I go for international conferences I don’t know what to share with them. We are so blessed with nature but what have we done to utilise and at the same time preserve that? We don’t know what the future of Nepal should be like. Everywhere I go, I find some Nepalis working there. How can we restore that dignity?

आफूले बनाएको ‘बेबी वार्मर’, विदेशमा निर्यात गर्ने योजना बुन्दैछन् चार युवा इन्जिनियर

शर्मिला न्याैपाने   काठमाडौं । युनेस्कोको एक अध्ययनअनुसार नेपालमा जन्मिएका प्रत्येक एक हजार जीवित शिशुमध्ये २८ दिनभित्र २१ जनाको मृत्यु हुने गरेको छ । यसको अर्थ हो, नेपालमा शिशु मृत्युदर उच्च रहेको छ । यो समस्या समाधानको विकल्पमा चार जना युवा मिलेर विगत ४ वर्षदेखि सञ्चालनमा ल्याएका छन् ‘न्यानो नानी’ अर्थात् बेबी वार्मर । गोरखामा जन्मिएका सुनिल बानियाँ बच्चा बेलामा धेरै बिरामी हुन्थ्ये तर, उपयुक्त उपकरणको अभावमा उनलाई उपचार गर्नका लागि चितवन र  काठमाडौंलगायत सहरमा पुर्याउनु परेको अभिभावकले सुनाएका थिए । पछि थाहा भयो उनलाई हापोथर्मिया रोग लागेको रहेछ । जुन उपयुक्त तापक्रमको अभावमा बालबालिकालाई लाग्ने रोग हो । सुनिल सिभिल इन्जिनियरिङका विद्यार्थी हुन् । उनी सन् २०१५ मा ‘इन्जिनिरिङ वर्ल्ड हेल्थ’ कार्यक्रमका लागि वर्ल्ड  हेल्थ संस्थाबाट प्रोग्राम कोअर्डिनेटरको रुपमा ओखलढुङ्गाको ‘मिसन हस्पिटल’मा गएका थिए । उनी त्यहाँ रहँदा विभिन्न समस्या देखे तर, सबै कुराको याद उनलाई भएन । यद्यपि एक दिन उनले देखेको एउटा बच्चाको समस्याले आफ्नो बाल्यकालमा मात्रै फर्काएन नयाँ कुराको खोजी गर्नुपर्छ भन्ने निष्कर्षमा पुगे । सन् २०१५ को उक्त घटना सम्झिदै उनी भन्छन्, ‘मिसन हस्पिटलमा मैले १ दिनको बाटो हिँडेर बच्चाको उपचार गर्न आएका मान्छे आफ्नै आँखाले देखेँ । म बिरामी भएको याद आयो, हुन त मलाई बिरामी भएको क्षण थाहा छैन सानै थिएँ बुबा-ममीले भनेको सुनेको मात्रै हो ।’ क्यापिटल नेपालसँग कुरा गर्दै बानियाँ भन्छन्, ‘त्यो बेलाको जस्तो समस्या अहिले पनि रहेछ भन्ने लाग्यो र बुबा–आमाले मेरो लागि कति दुःख गर्नुभयो ? होला भन्ने पनि सोचेँ, त्यही समयमा हो हापोथर्मिया रोगबाट बच्चालाई बचाउनका लागि हामीले पनि केही गर्नुपर्छ र गर्न सकिन्छ होला भन्ने लागेको । तर, के गर्ने भन्नेमा निश्चित थिइनँ ।’ उक्त सोच काठमाडौं फर्किएर पछि आफ्ना साथीहरु महित केसी, सन्जयबहादुर सिंह, र सुरज कार्कीलाई सुनाएको बताउँछन् सुनिल । सुनिल सिभिल इन्जिनियरका विद्यार्थी हुन् भने उनका साथी बायो मेडिकल इन्जिनियर । नयाँ काम गरौं भन्ने जोस भएका युवाहरु सुनिलले भोगेको र देखेको समस्या समाधानको लागि नयाँ आइडिया निकाल्नेतर्फ सोच्न थाले र चारै जना मिलेर ‘बेबी इन्क्यूबेटर’ बनाउनतर्फ लागे । जसका लागि १ वर्ष रिसर्च गर्नमा नै समय बित्यो । उनीहरुले सुरुमा ‘न्यानो नानी’ भने बनाएका थिएनन् । पछि डाक्टरहरुसँग सल्लाह लिँदा बेबी इन्क्यूबेटरभन्दा ‘बेबी वार्मर’ अर्थात् न्यानो नानी बनाउनु उपयुक्त हुने सुझाव पाए । सोही सुझावअनुसार इन्क्यूबेटरको आइडियालाई ‘बेबी वार्मर’ बनाउन प्रयोग गरेको सुनिलको भनाइ छ । सो ‘बेबी वार्मर’ बनाउनको लागि राष्ट्रिय आविष्कार केन्द्रले समेत सहयोग गरेको छ । हुन त विश्वमा नै पहिलोपटक बेबी वार्मर उनीहरुले बनाएका होइनन् । अन्य देशहरुमा प्रयोगमा आइरहेको रहे पनि नेपालीको लागि भने उनीहरुले नै पहिलो पटक बनाएका हुन् । पहिला महँगो मूल्यमा ‘बेबी वार्मर’ नेपाल भित्र्याउने गरे पनि अब उक्त समस्या नरहने सुनिलको भनाइ छ । हालसम्म नेपालका १७ वटा अस्पतालमा बेबी वार्मरको प्रयोग भइरहेको छ । जसध्ये उपत्यकाका ४ वटा अस्पतालमा उक्त मेसिन प्रयोगमा छन् । त्यस्तै उपत्यका बाहिर महेन्द्रनगर, निजगढ, बागलुङ, इटहरी, नवलपरासी, खोटाङ र प्युठानलगायत स्थानका अस्पतालमा बार्मरको प्रयोग भएको बताइएको छ । यद्यपि बच्चालाई न्यानो बनाउन केही गर्नुपर्छ भन्ने सोच आएको मिसन अस्पताल ओखलढुङ्गामा भने हालसम्म उक्त उपकरण पुर्याउन सकेका छैनन् । तर, मिसन अस्पतालमा पनि बेबी वार्मरको व्यवस्था गर्ने उनीहरुको योजना रहेको छ । बानियाँ भन्छन्, ‘ओखलढुङ्गामा मात्रै होइन काठमाडौंबाट नजिकै भए पनि नुवाकोटको एउटा हेल्थ पोस्टमा बच्चालाई न्यानो राख्न लागि हिटरको प्रयोग गरेको देखेका थियौं । नेपालमा बार्मरको आवश्यकता छ भन्ने यस्ता धेरै उदाहरण छन् ।’ न्यानो नानीको आवश्यकता सहरी क्षेत्रमाभन्दा बढी दुर्गम क्षेत्रमा रहेको उनहरुको अनुभव छ । सोहीअनुसार दुर्गम तथा हिमाली क्षेत्रमा न्यानो नानी उपकरणलाई प्राथमिकताका साथमा विस्तार गर्ने योजना बताएका छन् । सामान्यतयाः स्वस्थ्य जन्मिएको बच्चाका लागि ३७ डिग्री सेल्सिएस तापक्रम आवश्यक पर्छ । न्यानो नानी मेसिनमा पनि अधिकतम ३७ डिग्री सेल्सिएससम्म तापक्रम रहन्छ भने, सबैभन्दा कम सम्बन्धित कोठाको तापक्रमसम्म बनाउन सकिने बताइएको छ । उक्त उपकरणमा बच्चालाई राख्न मिल्ने सुनिल बताउँछन् । सो उपकरण जन्मिएको एक हप्तासम्मका बच्चालाई न्यानो प्रदान गर्न उपयुक्त हुन्छ । १७ वटा अस्पतालमा न्यानो नानीको उपकरण जडान भइसकेको छ । सुरुमा नेपालीहरुले पनि बनाउन सक्छन् र ? भन्नेहरुले अहिले राम्रो उपकरण भन्दै प्रतिक्रिया दिएको उनको भनाइ छ । उनीहरु आइडिया स्टुडियोले आयोजना गरेको सिजन ५ मा सहभागी भएका छन् । साथै उक्त उपकरण देशभरी विस्तार गर्ने योजना उनीहरुले बताएका छन् । तर, लगानीकर्ताहरुको खाँचो रहेको सुनिलले बताए । विदेशमासमेत नेपाली ब्राण्डको विस्तार गर्ने योजनामा छन् न्यानो नानी उपकरण बनाउने ४ युवा । सो उपकरणका लागि आवश्यक पर्ने सामान भने भारत तथा चीनबाट ल्याउने गर्छन् । अन्य डिजाइन नेपालमा उनीहरु आफैंले बनाउँछन् । सामान्यतयाः एउटा मेसिन तयार गर्नको लागि ६० हजार रुपैयाँ लाग्छ । ‘एउटा–एउटा बनाउने भएर अहिले महँगो परेको हो तर, एकैपटक ५०/६० वटा बनाउँदा लागत घट्छ’ उनले भने ।  शुक्रबार​ ५ कात्तिक २०७८ ०८:४७ AM मा प्रकाशित

आइडिया स्टुडियोको नविन सोच: मानसिक उपचारदेखि घरेलु खाजा र अतिथि सत्कारसम्म

– दिवाकर उप्रेती | काठमाडौं, कात्तिक ९   नेपालमै व्यवसाय गर्न निकै सम्भावनाहरू छन् । व्यवसायिक सोच राखेर अघि बढ्दा धेरैले सफलता समेत पाएका छन् । कतिले व्यवसायलाई नेपालमा मात्र नभएर विदेशसम्मै पुर्‍याएका छन् । अधिकांशको सपना पनि आफ्नो उत्पादन विदेशमा बिक्री वितरण होस् भन्ने नै हुन्छ । विश्वका सबै देश अहिले आफ्नो उत्पादनलाई अन्य देशमा बिक्री बितरण गर्ने लक्ष्यमा छन् । जुन देशले उत्पादन गर्न सक्दैन, निश्चय पनि त्यस देशले आयात गर्नुपर्छ । आयात गर्दा अर्थ बाहिर जाने भएकाले कुनै न कुनै रूपमा देश गरिब हुन्छ । त्यसैले बलियो अर्थतन्त्रको लागि स्वदेशमै उत्पादन र प्रयोग गर्नुका साथै आफ्ना उत्पादनकाे निर्यात गर्न आवश्यक छ । नेपालको सामाजिक अर्थतन्त्रमा टेवा पुग्ने र नेपाली उत्पादनलाई निर्यात गर्ने लक्ष्य लिँदै आइडिया स्टुडियोको मञ्चमा नविन सोचहरू प्रस्तुत भएका छन् । मिसिंग काउन्सेलर  मानसिक स्वास्थ्य समस्याले अहिले विकराल रूप लिइरहेकाे छ । कामको चाप, घरायसी खटपट, व्यस्त जीवनशैली जस्ता कारणले मानसिक स्वास्थ्य समस्या बढिरहेकाे हाे । तर मानिसहरूले आफूमा रहेकाे मानसिक समस्यालाई लुकाउने गरेका छन् । यसाे हुँदा मानिसमा थप विचलन पैदा हुने गर्छ । यो समस्या समाधान गर्न अजय पाण्डे र निश्मा चौधरीले ‘मिसिंग काउन्सेलर’ नामक व्यवसाय आइडिया स्टुडियोमा लिएर आएका छन् । मानसिक स्वास्थ बारेको अज्ञानताले मानिस आत्महत्याकाे हदसम्म पुग्न सक्छ । सामान्य उपचार र परामर्शमा आधारित समाधानको निम्ति पाण्डे र चौधरी लागिपरेका छन् । ‘मिसिंग काउन्सेलर’को माध्यमबाट मानसिक स्वास्थ समस्यालाई अनलाइनबाटै हल गर्न सकिन्छ । पाण्डे भन्छन्, ‘मानिसमा रहेको चिन्ता, डिप्रेसन, निराशापनबारे यो पोर्टलमा बुझ्न सकिन्छ ।’ उनले अगाडि भने, ‘हाम्रो समाजमा मानसिक स्वास्थ्य सेवा खाेज्ने चलन छैन । याे सेवा सबैकाे पहुँचमा विस्तार पनि हुन सकेकाे छैन ।’ मिसिंग काउन्सेलरले मोबाइल र वेबको माध्यमबाट मानसिक स्वास्थ्य परामर्श सेवाहरू प्रदान गर्दछ । ‘अनुभवी काउन्सलरसँग लाइभ कुराकानी गर्न मिल्ने भएकाेले याे सबैको पहुँचमा छ । साथै यो वेबमा डिप्रेसन र एन्जाइटीबारे पढ्ने सामग्री समेत उपलब्ध छन्’, चाैधरीले भनिन् । ‘१२ कक्षासम्म पढ्दा पनि मानसिक स्वास्थ्यबारे न किताबमा छ नतअरू माध्यमबाट नै सिकाइन्छ’, उनले भनिन् । विभिन्न खालका परामर्शकर्ता, मेडिकल डाक्टर र सहजकर्ता रहेको मिसिंग काउन्सेलर’मा जुनसुकै बेला च्याट तथा भिडियो कल गरी सेवा लिन सकिने उनले जानकारी दिइन् । साथै डिप्रेसन, एन्जाइटीलगायत समस्याबारे बुझ्नका लागि विभिन्न किताब, लेख, रचना र अनुभवका सामग्रीसमेत पढ्न सकिने उनले बताइन् । उनका अनुसार मिसिंग काउन्सेलरमा अनुभवी सल्लाहकारहरूसँग परामर्श गरी बिरामीको मानसिक प्रशिक्षण पनि हुन्छ । डोल्पो उद्यम  त्यस्तै डोल्पाका येशे ग्याल्स्तेंन गुरुङले आफ्नै डोल्पो इन्टरप्राइजेज सञ्चालन गरेका छन् । उनले सञ्चालनमा ल्याएको व्यवसायबाट चिइज उत्पादन तथा वितरण गर्ने लक्ष्य लिएका छन् । साथै उनले डोल्पामै प्रशाेधन गरी उत्पादन गरिएको चिइजलाई नेपालसहित विश्व बजारमा लैजाने लक्ष्य लिएका छन् । डोल्पामा आर्थिक विकासको प्रवल सम्भावना रहेकोले येशेले स्थानीयवासीको संलग्नतामा व्यवसायलाई अगाडि बढाएका हुन् ।उनी भन्छन्, ‘यो व्यवसायबाट युवाहरूलाई उद्यमी बनाउने तथा महिलाहरूलाई पैसा ट्रान्जेक्सनमा टेवा पुर्‍याउने अठोट राखेको छु ।’ उनको यो अठोटसँगै डोल्पोले अहिले काठमाडौंको हायात होटल र याक एण्ड यति होटलमा आफ्नो उत्पादन निर्यात गरिरहेको छ । उनी भन्छन्, ‘नेपालसहित अहिले सातवटा देशमा हाम्रो उत्पादन टेस्टको लागि पुगेको छ ।’ डोल्पाका महिलालाई सशक्तिकरण गर्नका लागि डोल्पोले गाँउका महिलाहरूकै प्रत्यक्ष संलग्नतामा दूध संकलन गर्दै आएको छ । साथै डोल्पो कम्पनीमा चार जनाले राेजगारी पाएका छन् । ‘सुरुवाती चरणमा महिलाहरूले नोट समेत चिन्थेनन् तर अहिले आफैँ दूध ल्याउने र पैसाकाे हिसाब पनि राख्ने गरेका छन्’, उनले भने । येशेले सञ्चालन गरेको यो व्यवसायप्रति आइडिया स्टुडियोका निर्णायकले समेत खुसी व्यक्त गरेका छन् । टिफिन पोइन्ट वीरगञ्जका राकेशकुमार बर्नवालले ‘एसआर टिफिन पोइन्ट’ नामक व्यवसाय सञ्चालन गरेका छन् । राकेश पार्ट टाइम शिक्षक हुन् । उनी बीमा कम्पनीमा समेत काम गर्छन् । कामकै दौरान उनले यो व्यवसाय सुरु गरेका हुन् । उनी भन्छन्, ‘मानिसको कुल कमाई मध्ये २५ प्रतिशत खानामै खर्च हुन्छ । त्यसैले, मैले घरकै खाना टिफिन बक्समा उपलब्ध गर्ने सोच बनाएर व्यवसाय सुरु गरेँ।’ दैनिक जीवनमा व्यस्त रहन थालेका मानिसलाई घरकै खाजा खान समय हुँदैन । टिफिन पाेइन्टले बालबालिकालाई समेत स्कुलमा घरकै खाजा पठाउने व्यवस्था गरेकाे छ । राकेशको यो व्यवसायमा गृहिणीहरूले समेत रोजगारी पाएका छन् । ‘त्यस्ता गृहणीहरू जो काम गर्न रुचि राख्छन् तर घरबाट बाहिर जान सक्दैनन् उनीहरूले यो व्यवसायबाट पनि श्रोत जम्मा गर्न सक्छन्’, उनले भने । दैनिक तीन सय टिफिनको अर्डर लिने एसआर टिफिन पोइन्टलाई लकडाउनले सकस भयो । लकडाउनका बेला राकेशले मिथिलाको प्रसिद्ध परिकार ठेकुवा, पापड र अचारलाई व्यवसायसँग जोडे । उनी भन्छन, ‘लकडाउनमा सुरु गरेको यो परिकार अब दराजमा पनि उपलब्ध छ ।’ वीरगञ्चमा अवस्थित यो व्यवसायले घरमै बनेको खाजा बिक्री गर्दछ । उनको यो व्यवसायिक सोचबाट पनि निर्णायकहरू खुसी छन् । साथै राकेशले छिट्टै व्यवसायका लागि एप समेत निमार्ण गर्दैछन् । पाक आतिथ्य केन्द्र सुर्खेतका केशवबहादुर कठायत सि.टि.एच–पाक अतिथि केन्द्र नामक व्यवसाय लिएर आइडिया स्टुडियो आएका छन् । उनले पाक कलाको माध्यमबाट स्थानीय खानाको परिकार तथा उत्पादनलाई बिक्री वितरण गर्ने लक्ष्य लिएका छन् । केशवले आफैँ सिकेर आएको अनुभवलाई स्थानीय युवामा कलात्मक तथा व्यवसायिक माध्यमबाट पाककला सिकाउँदै छन् । त्यति मात्रै होइन, पाकले आफ्नै बेकरी र अर्गानिक कृषि उत्पादन समेत गर्दै आएको छ । केशवको पाककला कक्षामा खानाको परिकार पस्कने तरिका तथा आतिथि सत्कारकाे सिकाइ भइरहेकाे छ । पाक आतिथ्य केन्द्रले आफ्नै कृषि उत्पादन र उपभोगलाई जोड दिएको छ । उनी भन्छन्, ‘स्थानीय युवाहरूलाई विदेश जानबाट रोक्न तथा सिप सिकाउँदै कामकोसमेत जोहो गरेका छौँ ।’ स्थानीय समुदायमा अस्वस्थ जंक फुडलाई समेत परास्त गर्न अर्गानिक उत्पादनमा जोड दिइएको उनले बताए । ‘जनमानसलाई अर्गानिक उत्पादनबारे शिक्षित गर्न सके स्थानीय तथा अन्तर्राष्ट्रिय पर्यटन विकासमा समेत टेवा पुग्न सक्छ’, उनले अगाडि भने, ‘गाउँमा युवाहरू छन्, काेहीसँग जग्गा जमिन छ तर त्यस्को सही सदुपयोग छैन । यी दुवै कुरालाई जोड्दै अगाडि बढ्ने हो ।’ उनको यो व्यवसायले विदेश जाने युवालाई नेपालमै सिप र रोजगारी दिने प्रयास गरेकाे छ । साथै पाक अतिथ्य केन्द्रले कर्णालीलाई व्यवसायिक ट्रान्जिट बनाउँदै छ । माथि उल्लेख गरिएका व्यवसायिक योजना आइडिया स्टुडियो सिजन–५ को डिल राउन्डमा आइपुगेका योजना हुन् । यो राउन्डमा माथि उल्लेखित चारसहित अन्य तीन जनाले पनि आफ्नो व्यवसायिक योजना सुनाएका थिए । जसमा स्मार्ट आमा, सोनाम वोयर र मिडास टच नेपाल नामक योजना प्रस्तुत भएका थिए । जम्मा सातवटा व्यवसायिक योजनामध्ये डोल्पो इन्टरप्राइजेज र सोनम वोयरले उत्कृष्ट व्यवसायको रूपमा बिउपूँजी पाउन सफल भएको छ । प्रकाशित मिति: मंगलबार, कात्तिक ९, २०७८, १०:५०:००

आइडिया स्टुडियोमा आएका फरक शैलीका चार उत्पादनमुखी योजना

– दिवाकर उप्रेती  | आइतबार, असोज २४, २०७८   अन्य देशबाट आयात गर्ने गरिएका सामानहरू नेपालमै पनि उत्पादन हुन थालेको छ। युवाको सोच र इच्छाशक्तिका कारण नेपालमा यस्ता व्यवसायहरू फस्टाइरहेको छ । यी व्यवसायको सुरुआत नेपालमा हुँदा स्थानीय कच्चा पदार्थको प्रयोग पनि भइरहेको छ भने स्थानीय उद्योगले प्रविधिमा समेत नयाँ छलाङ लगाउन सकेको छ । अझ यस्ता नयाँ योजनाले थप साथ र सहयोग पाएको खण्डमा अझै माथि पुग्न सक्छ भन्ने पनि देखिन्छ । यी उद्योगले साथ पाएको खण्डमा उत्पादनको वृद्धि मात्र नभइ आयात प्रतिस्थापन समेत गर्न सक्ने देखिएको छ । आइडिया  स्टुडियो सिजन– ५ मा प्रेमकृष्ण प्रजापति, सुनिल बानियाँ, तारा राई, डा. भीम काफ्ले आएका छन् । उनीहरूले फरकफरक व्यावसायिक योजना लिएर आएका हुन् । यी चारैजनाको योजना पृथक र दूरदर्शीसमेत रहेको छ । सेरामिक्स  मध्यपुर ठिमीका प्रेमकृष्ण प्रजापति माटोको सामान बनाउँछन् । ६३ वर्षका प्रेमकृष्णले विगत ३१ वर्षदेखि सो काम गर्दै आएका छन् । उनले सेरामिक्स नामको उद्योग सञ्चालन गरेर व्यवसाय गरिरहेका छन् । सेरामिक्सले प्लेट, कप, बाथरुम टायलजस्ता गुणस्तरीय डेकोरेसनका सामान बनाउँदै आएको छ । उनी भन्छन, ‘यो अवधिमा थुप्रै अनुभव बटुलेको छु । आफ्नै देशको कच्चा सामानबाट यो बनाउन सकिन्छ । जसले गर्दा यी सामान सस्तो पनि छ ।’ पहिल्यैदेखि यो काम गर्दै आएका प्रेमकृष्ण माटो, ढुङ्गाजस्ता वस्तुको मिश्रणबाट सबै खालका सजावटको वस्तु बनाउँछन् । उनी हाल बालुवा खानीबाट माटो र भारतबाट विभिन्नखालका ढुङ्गा आयात गरेर काम गर्दै आएका छन् । प्रेमकृष्णको व्यक्तिगत इच्छाशक्तिबाट स्थापना भएको सेरामिक्स अहिले उचित बजारीकरणको लागि अवसर लागिपरेको छ । उनी भन्छन्, ‘नेपालमा सबै थोक छ । तर, सरकारको बेवास्ता गर्दा नयाँ युवासम्म यहाँको खनिज पदार्थबारे जानकार छैनन् ।’ प्रेमकृष्णको व्यवसायले अन्य देशबाट आयात हुने सजावटका सामानहरूलाई विस्थापन गर्न सक्छ । साथै, सेरामिक्सले नेपालमै यी वस्तुको उत्पादन गर्न र बजारीकरणका लागि समेत काम गरिरहेको छ । व्यावसायिक रूपमा अगाडि बढेका प्रेमकृष्ण नेपालमै रहेको माटो, ढुङ्गा र अन्य वस्तुको मिश्रणमा निकै गुणस्तरीय सामान बनाउन सकिनेमा ढुक्क छन् । साथै, उनको यो योजनाबाट आइडिया स्टुडियोका निर्णायकहरूले उचित सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् । न्यानो नानी  गोरखाका सुनिल बानियाँको सोचमा बनेको ‘न्यानो नानी’ आइडिया स्टुडियोसम्म आइपुगेको छ । नवजात शिशुहरूलाई यो उपकरणले न्यानोपन दिन्छ । सुनीलको समूहमा ६ सदस्य छन् । सो समूहले विभिन्न विधाका इन्जिनियरको सहकार्यमा काम अगाडि बढाएको छ । राष्ट्रिय आविष्कार केन्द्रमा रहेर काम गर्दै आएका सुनीलले यो काम पनि यहीँबाट गर्दै आएका छन् । उनी भन्छन्, ‘सबै साथीहरू इन्जिनियर भएकाले हाम्रो सोच र सामानलाई उद्योगसँग जोड्न आइडिया स्टुडियो आएका हौँ ।’ सुनीलले बनाएको न्यानो मेसिन ३ सयभन्दा बढी नवजात शिशुहरूको उपचारमा प्रयोग भइसकेको छ । उनको यो मेसिन अहिलेसम्म १६ वटा अस्पतालमा प्रयोग हुँदै आएको छ । ‘सस्तो, भरपर्दाे र सजिलै चलाउन सकिने हुनाले यसको माग हस्पिटलमा बढेको छ,’ उनी भन्छन, ‘अरु मेसिन डाक्टरले मात्र चलाउन सक्थे भने यो नर्सको पहुँचमा समेत छ ।’ अहिलेसम्म नेपालका विभिन्न १६ वटा ठाउँहरूमा यो उपकरण सफलतापूर्वक प्रयोगमा आइसकेको छ । मातृ मृत्युदर घटाउन तथा नवजात शिशुहरूलाई हुने हाइपोथर्मिया तथा श्वासप्रश्वासको समस्यालाई पनि सामाधान गर्ने उद्देश्य लिएको न्यानो नानीले प्रशंसा कमाएको छ । साथै, निर्णायकहरूले पनि यसमा साथ दिने प्रतिबद्धता जनाएका छन् । आस्था अर्ग्यानिक कृषि फार्म  बङ्गुर भनेको नै फोहोर जात हो । फोहोरमै खाने, फोहोरमै बस्ने हुन्छ । यो सामाजिक अवधारणालाई परिवर्तन गर्न सिन्धुपाल्चोककी तारा राईले ‘आस्था अर्ग्यानिक कृषि फार्म’ सञ्चालनमा ल्याएकी छिन् । उनी भन्छिन्, ‘यो जनावर खोरमा थुनेर पाल्ने हो र सफा ठाउँमा राखे त्यही बस्ने गर्छ ।’ आस्था अर्ग्यानिक कृषि फार्मले सफा र स्वस्थ बङ्गुरको मासु उत्पादन र बिक्रीवितरण गर्दै आएको छ । साथै, यो फार्मले स्वस्थ बङ्गुरको बच्चासमेत उत्पादन गरेर किसानलाई वितरण गर्ने लक्ष्य लिएको छ । ‘कीटनाशकरहित तरकारी तथा फलफूलसमेत उत्पादन गरेका छौँ,’  उनी भन्छिन्, ‘यस्तो कार्यबाट युवाहरूमा उत्प्रेरणा जागृत भए नेपालमै कृषि व्यवसाय गरेर जीविकोपार्जन गर्न सम्भव छ ।’ ताराको कार्यबाट प्रभावित भएर उनको घरनजिकैको भाइसमेत यो व्यवसायमा संलग्न भएका छन् । आस्था अर्ग्यानिक कृषि फार्मले बङ्गुरको वध गरेर मासुका परिकार विभिन्न कम्पनीमा पठाउने गरेको छ । साथै, नयाँ माध्यमबाट पनि प्याकेजिङ गर्ने उद्देश्यले तारा काम गर्दै आएकी छिन् । उनको इच्छाशक्ति र योजनाले गर्दा उनी यो व्यवसायमा सफल भइरहेकी छन् । उनी भन्छिन्, ‘नयाँ युवापुस्ताले कृषि पेसा गर्दै रोजगारी सिर्जना गर्न सक्नेबारे बताउँछिन् ।’ न्यानो प्याड  स्याङ्जाका डा. भीम काफ्लेले सौर्य हात वार्मर ‘न्यानो प्याड’ को योजना लिएर आइडिया स्टुडियो आएका छन् । पर्यटन व्यवसायलाई प्रवर्द्धन गर्ने उद्देश्यले काफ्लेले सौर्य हात वार्मर क्रिस्टलीय सामग्रीको उत्पादन गरेका छन् । न्यानो प्याड एक सानो प्याकेज (थैलो) को रूपमा छ । यसमा सौर्य ऊर्जाको भण्डारण हुन्छ, जुन आवश्यक परेको बेला प्रयोग गर्न सकिन्छ । उनी भन्छन्, ‘एउटा केमिकल छ, जसले सौर्य किरण सोस्छ । सोसेको सौर्य थैलोमा संकलन हुन्छ । चाहिएको बेला प्रयोग गर्न सकिन्छ ।’ विशेषगरी जाडो ठाउँमा घुम्न जाने पर्यटक, मोटरसाइकल चालक, त्यस्तै चिसो ठाउँका बासिन्दाहरूका हात, खुट्टा, ढाड तथा कम्मर न्यानो बनाउन प्रयोग गर्न सकिन्छ । सञ्चित रहेको केमिकल पगाल्दै त्यहाँ रहेको सानो बटम थिचेर प्रयोग गर्न सकिन्छ । काफ्ले भन्छन्, ‘उचाइमा रहने वा पर्यटकले सजिलै उपयोग गर्न सक्छन् । यसले जाडोमा राहत दिनेछ ।’ यो उत्पादनले जाडो ठाउँमा बस्ने मानिसमा चिसोको समस्या समाधान गर्नेमा काफ्ले ढुक्क छन् । काफ्लेसँगै  निर्णायकहरू पनि यो उत्पादका निम्ति सहयोग गर्न इच्छुक छन् । माथि उल्लेख गरिएका व्यावसायिक योजना आइडिया स्टुडियो सिजन– ५ को डिल राउन्डमा आइपुगेका योजना हुन् । यो राउन्डमा माथि उल्लेखित चारसहित अन्य चार जनाले पनि नेपालमै व्यवसाय, नेपालमै बन्न सक्ने योजना सुनाए । जसमा हिमालको सातु, फुङ्गो फुड, मोतीखेती र पोथी नामक योजना प्रस्तुत भए । जम्मा आठवटा व्यावसायिक योजनामध्ये पोथी नामक योजनाले उत्कृष्ट व्यवसायको रूपमा बिउपूँजी पाउन सफल भएको छ । प्रकाशित मिति: आइतबार, असोज २४, २०७८, १९:२५:००

नेपाली उत्पादनमा अग्रसर युवाहरु

– दिवाकर उप्रेती  | बिहीबार, असोज २१, २०७८   नेपालमा बेलाबेला भन्ने गरिन्छ, ‘नेपालले आजसम्म सियो पनि बनाउन सकेको छैन ।’ के वास्तवमा त्यस्तै हो त ? पक्कै पनि होइन होला । नेपालले औद्योगिकीकरणमा फड्को मार्न धेरै नै बाँकी छ । बलियो अर्थव्यवस्था बनाउन औद्योगिकीकरण प्रमुख हो । तर, व्यावसायिक वातावरण बनाउन सरोकारवालाको पनि भूमिका अहम् हुन्छ । कृषि, प्रविधि र सोचको सम्मिश्रणमा बनेका योजनाको कार्यान्वयनले नेपाल विश्वसामु चिनिने निश्चित छ । वर्षा बस्नेत, कर्णबहादुर शाही, सुमन पौडेल र कमला राईले नेपालको आफ्नै उत्पादनमा जोड दिँदै आफ्नै आइडिया लिएर आइडिया स्टुडियो सिजन– ५ मा आएका छन् । यी चार युवाले नेपालमै बनेको वस्तुबाट विश्व बजारमा नेपालको उत्पादन चिनाउँदै छन् । ‘हिमालको सातु’ तपाईंमध्ये प्राय:ले सातु खानुभएको छ होला । घरमै फलेको मकै, गहुँ र अन्य अनाजको मिश्रणबाट बनेको सातुको स्वादको याद पक्कै पनि छ होला । तर, जीवनयापनको परिवर्तनसँगै सातु हराउँदै गएको छ । आममानिसको ध्यान बजार र रेस्टुरेन्टको विदेशी खानाको मोहसँगै यसको प्रयोग  घट्दै गएको हो । तर, यसलाई नै व्यवसायको माध्यम बनाउँदै आएका छन वर्षा बस्नेत, सरुप सेख र रमनी कँडेल । आइडिया स्टुडियोमा आएको टिम हिमालयले ‘हिमालको सातु’ नामक उत्पादनलाई जजसामु पस्केको छ । जसको मुख्य उद्देश्य नेपालीहरूका स्वास्थ्य समस्याहरू जस्तै; मोटोपन, मधुमेह, थकान आदिलाई सातुको दैनिक सेवनबाट निर्मूल पार्नु हो । टिम हिमालयकी वर्षा बस्नेत भन्छिन्, ‘९ प्रतिशत नेपाली जनता मधुमेहका बिरामी छन् । जसले गर्दा उहाँहरूलाई ग्लुटेन, चिनी र ट्रान्स फ्याट नभएको वस्तु चाहिन्छ । त्यसैले बजारमा पाइने अन्य सातुभन्दा यो भिन्न छ ।’ उनी भन्छिन, ‘कुनै रासायनिक मल प्रयोग नगरी उत्पादन गरेको हुनाले यसको स्वाद अरु सातुभन्दा फरक छ ।’ मकवानपुरका किसानसँग संकलन गरिएको कच्चा पदार्थलाई ग्लुटेन, चिनी र ट्रान्स फ्याटरहित शुद्ध बनाइन्छ । त्यसपछि सातुलाई बजारमा बिक्रीवितरण गरिन्छ । वर्षा भन्छिन्, ‘जाडोको समयमा हिमालय क्षेत्रहरूमा खानाको अभाव कम गर्न पनि सातुको प्रयोग हुन्छ ।’ जसले गर्दा सातुको व्यवसाय राम्रो हुनेमा टिम हिमालय ढुक्क छ । डोल्पाको–फुङ्गो फुड डोल्पाका कर्णबहादुर शाहीले फुङ्गो फुडको योजना लिएर आइडिया स्टुडियो आएका छन् । उनले नेपालका पहाडी र हिमालीक्षेत्रहरूमा परम्परागत खेती गरिने खाद्यवस्तुलाई काठमाडौंसम्म ल्याएका छन् । डोल्पामा उत्पादन हुने फापरको पिठो, सिस्नोको धुलो, चिनोको चामल, जिम्बु, कालो सिमी र लट्टाको दानाजस्ता उपयोगी वस्तुलाई बजारीकरण गर्ने उद्देश्यले व्यवसाय गरेका हुन् । उनी भन्छन्, ‘नेपाल कृषि प्रधान देश भएर पनि उत्पादन भएका वस्तुहरूको उचित व्यवस्थापन तथा बजारीकरण नभएकाले यसलाई व्यावसायिक रूपमा ल्याएको हो ।’ जैविक उत्पादन र जडीबुटीहरू संकलन गरी प्रशोधन गर्दै नेपाली बजारमा बिक्रीवितरण गर्न थालेका छन् । उनका उत्पादन अहिले मेट्रो तरकारी अनलाइनमा देख्न र किन्न सकिन्छ । उनी भन्छन्, ‘यो वस्तुको उपभोगले ग्राहकहरूका बीच एक स्वस्थ जीवनशैलीलाई बढावा दिन्छ ।’ कर्णको यो व्यवसायले ग्रामीण किसानहरूलाई सशक्त बनाउँदै कामको सुनिश्चितता हुनेछ । त्यस्तै, फुङ्गो फुडले हिमालीक्षेत्रमा पाइने जडीबुटी शिवकथ्रोनलाई समेत संकलन गर्दै नेपाली बजारमा जुसको रूपमा ल्याउने तयारी गरेको छ । शिवकथ्रोनको दानालाई संकलन र प्रशोधन गर्दै यसबाट जुस निकालिन्छ । कर्ण भन्छन्, ‘यसको माग नेपाली बजारमा मात्र नभएर विदेशी बजारमा समेत रहेकाले यसलाई व्यावसायिक रूपमा अगाडि बढाउन सकिन्छ ।’ फुङ्गो फुडको माध्यमबाट नेपाली बजारमा डोल्पाका जैविक तथा जडीबुटीहरूको उपभोग गर्न सकिन्छ । पोथी धनगढी, कैलालीका सुमन पौडेलले निकै फरक सोच लिएर आइडिया स्टुडियो आएका छन् । उनको सोचको नाम हो ‘पोथी’ । सुन्दै कस्तो विशिष्ट तथा अच्चम लाग्ने । हो, यो विशिष्ट सोचले नेपालमै चल्ला कोरल्ने मेसिन बन्न सक्ने आधार बनाएको छ । पोथीले अहिले चल्ला कोरल्ने मेसिन बनाउने काम गर्दै आएको छ । सुगम ठाउँमा मात्र प्रयोग गर्न सकिने अन्य मेसिनभन्दा यो फरक खालको मेसिन हो । यो मेसिन जस्तोसुकै ठाउँमा पनि प्रयोग गर्न सकिन्छ भने यसको आफ्नै विशेषता पनि छ । सुमन भन्छन्, ‘पोथीको मेसिनले थोरै बिजुली खपत गर्छ, खिया प्रतिरोध छ भने जस्तोसुकै स्थानमा पनि प्रयोग गर्न सकिन्छ । साथै, यसमा रहेको इलेक्ट्रिक इन्डिकेटरले यसको अवस्था बुझ्न सकिन्छ ।’ पोथीको यो मेसिनलाई मोबाइलकै एपबाट पनि चलाउन सकिन्छ । पोथीसँग अहिले ५ सय अण्डा अटाउनेसम्मको मेसिन छ । मेसिन ८० हजारदेखि २५ लाख रुपैयाँसम्म पर्छ । यसअघि पनि सुमनले थुप्रै खालको डिभाइस बनाएका छन् । रात परेसी आफैँ बत्ती बल्ने सिस्टम, चोर आयो भने म्यासेज आउने सिस्टम, ट्याङ्कीमा पानी सकिएपछि आफैँ चल्ने सिस्टम भएका डिभाइस उनले बनाएका छन् । सुमन भन्छन, ‘सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले चार वर्षअघि बसचालक निदाएमा आफैँ ब्रेक लाग्ने सिस्टम बनाएको थिएँ ।’ सुमनको दृढ आत्मविश्वास र संकल्पले ‘पोथी’ मेसिन मेड इन नेपाल सम्भव भएको छ । मोती खेती मोतीको माला त पक्कै लगाउनुभएको छ होला ? तर, मोती कहाँबाट आउँछ थाहा छ ? सामान्य मानिसको जवाफमा मोती समुद्रमा वा खोलामा पाइन्छ । तर, मोतीको खेती नै हुन्छ भन्दा अचम्म लाग्न सक्ला । मोरङ सुन्दर हरैँचाकी कमला राईले पहिलो पटक नेपालमा मोतीको खेती गर्दै आएकी छिन् । कमलाले श्री महाकाली पर्ल फार्म र प्रशिक्षण केन्द्रद्वारा मोती खेती प्रशिक्षण र ज्ञान प्रदान गर्दै आएकी छिन् । उनी भन्छिन्, ‘ख्यालख्यालमै युट्युबमा देखेको जस्तो भएन । त्यसैले मैले भारतको सिफा सेन्टरबाट सिकेर सुरु गरेको हो ।’ नयाँ काम गर्ने इच्छाबाट सुरु गरिएको मोती खेतीले अहिले स्वरुप लिँदै गएको हो । मोतीको उत्पादन गर्न तीन वर्ष लाग्ने हुनाले कमला व्यावसायिक व्यवस्थापनमा छिन् । उनी भन्छिन्, ‘नेपालमा पाइने प्राय: मोती कृत्रिम छन् । मानिसलाई त्यसबारे बुझाउनुपर्छ ।’ उनी भन्छिन्, ‘नेपालमा भित्रिने मोतीभन्दा यो सस्तो हुनेछ ।’ यो खेतीले नेपालमा मोती उत्पादन तथा सीपीको संरक्षणमा सहयोग पुग्नेछ । साथै, मोतीखेती एक अद्वितीय व्यवसाय भएकाले सीमित स्रोतसाधन र समयबाटै व्यवसाय गर्न सकिनेमा कमला ढुक्क छिन् । जजसामु प्रस्तुत गरिएको ‘मोतीखेती’ले प्रशंसा पाएको छ । आजसम्म नेपालमा मोतीखेतीको व्यावसायिक अभ्यास भएको छैन । माथि उल्लेख गरिएका व्यावसायिक योजना आइडिया स्टुडियो सिजन– ५ को डिल राउण्डमा आइपुगेका योजना हुन् । यो राउण्डमा माथि उल्लेखित चारसहित अन्य चार जनाले पनि नेपालमै व्यवसाय, नेपालमै बन्न सक्ने योजना सुनाएका छन् । जसमा सेरामिक्स विकास र निर्माण, न्यानो नानी, आस्था अर्ग्यानिक कृषि र न्यानो प्याड नामक योजना प्रस्तुत भएका छन् । जम्मा आठवटा व्यावसायिक योजनामध्ये पोथी नामक योजनाले उत्कृष्ट व्यवसायको रूपमा बिउपुँजी पाउन सफल भएको छ । प्रकाशित मिति: बिहीबार, असोज २१, २०७८, १४:०७:००

युवाको सोचलाई प्रविधिको साथ

– दिवाकर उप्रेती  | आइतबार, असोज १७, २०७८   देशमै केही गर्छु भनेर भौँतारिइरहने युवाहरूका लागि प्रविधि ठूलो वरदान सावित हुन सक्छ । कोभिडसँगै थिलथिलो  भएको बजार अझै उठ्न सकेको छैन । तर, बजार कोरोनाले धराशयी भइरहँदा केही युवाहरू भने सोचलाई प्रविधिसँगै जोड्दै व्यावसायिक फड्को मार्न तल्लीन छन् । आज हामीले यी र यस्तै प्रविधिमैत्री व्यावसायिक सोच बोकेर आइडिया स्टुडियो आइपुगेका तीन प्रतिस्पर्धी र उनीहरूको व्यावसायिक योजना प्रस्तुत गरेका छौँ । बालबालिकालाई ‘एआर’ कक्षा बालबालिकाहरूलाई खेलाउँदै पढाउने सोच बनाउनुभएको छ ? छ भने तपाईंले एआर कक्षाको प्रयोग गर्नैपर्छ । नेपालमै पहिलो पटक प्रविधिको माध्यमबाट तपाईंले बालबालिकालाई ‘थ्रीडी’ दृश्यको प्रयोगले पढाउन सक्नुहुनेछ । अन्सु टेक्नोलोजीको ‘एआर कक्षा’को प्रयोगात्मक प्रयोगले बालबालिकालाई श्रव्यदृश्यको माध्यमबाट पढाउन सकिन्छ । यो प्रविधिको विकास भने बुटवलनिवासी प्रनिल जिसी र नवीन थापा मगरले गरेका हुन् । उनले बालबालिकालाई सिर्जनात्मक बनाउन ‘एआर कक्षा’ नामक डिजिटल कक्षा सञ्चालनमा लिएर आएका छन् । प्रनिल भन्छन, ‘बालबालिकालाई सिर्जनशील बनाउन र श्रव्यदृश्यको माध्यमबाट सिकाउँदा रचनात्मक पनि हुने भएकाले यसको प्रयोग गरेका हौँ ।’ अन्सुले यो प्रविधि हाल प्ले ग्रुप र नर्सरी कक्षाका बालबालिकाहरूका लागि प्रयोग गर्दै आएको छ । जहाँ १५ विद्यालयमा यो प्रविधिबाट पढाइ सुरु भइसकेको छ । अन्सुले आफैँ पुस्तक पनि तयार गर्छ । जसबाट किताबमा रहेको फोटोलाई एपको माध्यमबाट ‘थ्रीडी’ रूपमै पढाउन सकिन्छ । प्रविधिको माध्यमबाट श्रव्यदृश्यको रूपमा पढाउन सकिने भएकाले अन्सुको व्यवसाय राम्रो हुनेमा दुवै सन्तुष्ट छन् । विद्यार्थीको सारथि ‘एमसीक्यू हल डट कम’ पढाइको शृंखलासँगै युवा विद्यार्थीहरूको कठिनाइ पनि बढ्दै जाने गर्छ । १० कक्षा सकिनासाथ ११ कक्षा का लागि कलेज प्रवेश परीक्षा वा १२ कक्षा सकिनासाथ लोकसेवा वा अन्य प्रतिस्पर्धी कोर्सहरू गर्न इच्छुकले भौँतारिइरहनु पर्दैन । त्यसको विकल्पको रूपमा एमसीक्यू हल डट कममा यी सबै तयारी कक्षा उपलब्ध छन् । नवलपुर गौडाकोटनिवासी सागर भुसालले प्रविधिको माध्यमबाट सम्पूर्ण खालको तयारी कक्षा सिक्न एमसीक्यू हल डट कम सञ्चालन गरेका छन् । घरमै बसेर सबै खालको तयारी गर्न मिल्ने यो वेबसाइटले विद्यार्थीको समयको उपयोगसँगै अन्योल पनि मेटाउनेछ । आफू काममा हुँदा होस् वा परिवारसँग वेबसाइटमा जुनसुकै बेला पनि आफ्नो कक्षा तयारी गर्न सकिन्छ । उनी भन्छन्, ‘यो वेबसाइटबाट विद्यार्थीले जुनै बेला पनि जुनसुकै समयमा पनि तयारी गर्न सक्छन् ।’ अनलाइन कक्षा, लाइभ मोक टेस्ट, फुल सिलेबसमा आधारित परीक्षा सेट, प्राक्टिस सेट, डिजिटल नोट, दैनिक टेस्ट, डिस्कसन फोरम तथा अन्य तयारी सामग्री, शिक्षक र प्रकाशनलाई एउटै मञ्चमा पाउन सकिन्छ । सागर भन्छन्, ‘पठन प्रक्रियामा दिनदिनै प्रतिस्पर्धीहरू बढ्दै गएका छन् । त्यसमा सफलता हासिल गर्न यो वेबसाइटले पूर्ण रूपमा मार्गदर्शन गर्नेछ ।’ तयारी मात्र नभएर विद्यार्थीहरूले नजानेका, नबुझेका कुराहरू सिक्न पनि ‘एमसीक्यू हल डट कम’ले शिक्षकसँग सिधा जोड्ने गरेको छ । विद्यार्थीलाई सरल र सुलभ तहबाटै यो सिकाइले लाभ हुनेमा सागरसँगै आइडिया स्टुडियोका जजहरू पनि  विश्वस्त छन् । एल्कोको योजना भरतपुर चितवनका उज्ज्वल खनाल र पवन भट्टले सस्तोमा वेबसाइट बनाउँदै  आएका छन् । कोभिड संक्रमण सुरु भएसँगै नेपालमा ई–कमर्सले राम्रै फड्को मार्न सफल बन्यो । नेपालीको हातहातमा अनलाइन सपिङ साइटको पहुँच बढेसँगै वेबसाइट बनाउने कम्पनीको माग पनि अत्यधिक चुलिन पुग्यो । धेरै खर्च लाग्ने र प्रयोग गर्न पनि नसक्ने भन्दै भौतिक व्यापारमा नै खुम्चिन पुगेका व्यवसायीलाई लक्षित गर्दै एल्कोले यो योजना अघि सारेको हो । जसमा सस्तो दरमा सजिलै व्यवसायीको वेबसाइट बनाउनुका साथै प्रयोग गर्न पनि सिकाइन्छ । उनी भन्छन्, ‘प्रयोगकर्तालाई स्यास्स वेल्ट वेबसाइट बिलडिङ सिस्टमद्वारा वेबसाइट बनाउनेदेखि सबै खाले सेवा सुपथ मूल्यमा दिँदै आएको छु ।’ समयको सदुपयोग र सरल माध्यमबाटै सर–सामान किन्न सजिलो भएकाले यसप्रति उपभोक्ताको आकर्षण बढदै गएको हो । उपभोक्तासँगै सञ्चालकहरू पनि बढ्दै गएका छन् यो क्षेत्रमा । त्यस्ता ई–कमर्स बनाई व्यवसाय गर्न इच्छुकले एल्कोबाट सरल र सुलभ रूपमा वेबसाइट बनाउन सक्छन् । छ वर्ष अस्ट्रेलिया बसेका खनाल यो व्यवसायकै लागि नेपाल आएका हुन् । नेपालमा फस्टाउँदै गएको ई–कमर्सलाई सस्तो र सुलभ ढङ्गमा जोड्न सक्ने बताउँछन् उनी । एल्कोका सेवाहरू प्रयोग गर्न कुनै पनि कोडिङको ज्ञान चाहिँदैन । त्यस्तै, कम्पनी आफैँले पनि सबै प्राविधिक कुराहरू क्लाउडमार्फत ह्यान्डल गर्न  सक्छ । माथि उल्लेख गरिएका व्यावसायिक योजना आइडिया स्टुडियो सिजन– ५ को डिल राउण्डमा आइपुगेका योजना हुन् । यो राउण्डमा माथि उल्लेखित तीनसहित अन्य चार जनाले पनि प्रविधिमैत्री योजना सुनाएका छन् । जसमा आफ्नै कलेज, नेत्रकार्ट, स्किल सेवा र सजिलो यात्रा नामक योजना प्रस्तुत भएका छन् । जम्मा सातवटा व्यावसायिक योजनामध्ये नेत्रकार्ट नामक योजनाले भने उत्कृष्ट व्यवसायको रूपमा बिउपुँजी पाउन सफल बनेको छ । प्रकाशित मिति: आइतबार, असोज १७, २०७८, १३:४८:०५

प्रविधिमैत्री यी चार व्यवसाय

– दिवाकर उप्रेती  बिहीबार, असोज १४, २०७८   कोरोना महामारीसँगै नेपालीहरूको जनजीवनको शैली पनि परिवर्तन भएको छ । हिजो बजारबजार डुलेर किनमेल गर्ने ग्राहकहरू आज घरभित्रै बसेर मोबाइलबाट नै किनमेल गर्ने भएका छन् । अझ अस्पताल चहार्ने बिरामीसमेत घर बसेरै उपचार गर्न सक्ने बनेका छन् । यो सबै प्रविधिको उपज हो । यसरी पछिल्लो एक वर्षमा नेपालमा प्रविधिले निकै फड्को मारेको छ । जनजीवनलाई सहज बनाउनकै लागि आइडिया स्टुडियो सिजन– ५ मा यस्तै चार प्रविधिमैत्री व्यावसायिक योजना बोकेर आएका छन् आश्रय अधिकारी, वैभव पाण्डे, हेमन्त नेपाल र महेश तिम्सिना । यी चार युवा कोरोना महामारीसँगै कोठामा साँघुरिएको जनजीवनलाई प्रविधिको माध्यमबाट बाहिर निकाल्न लागिपरेका छन् ।   घरमै बसेर आँखाको उपचार  आइडिया स्टुडियो सिजन– ५ मा घरमै बसेर आँखाको उपचार सेवा दिन सक्ने योजना बोकेर आइपुगेका छन् काठमाडौँका वैभव पाण्डे । घरमा नै आँखाको उपचार ! झट्ट सुन्दा अनौठो लाग्ला ? तपाईंलाई मात्र होइन, स्टुडियोका निर्णायकहरूलाई पनि वैभवले आफ्नो योजना सुनाइरहँदा अनौठो नै लागेको थियो । वैभवले ‘नेत्रकार्ट’ नामक व्यवसायमार्फत बिरामीको घरमै गएर आँखाको उपचार गर्दै आएको छन् । नेत्रकार्टमा डाक्टरबाट परामर्श लिने मात्र नभएर नेत्रकार्टबाटै आफूलाई सुहाउने पावर भएको वा नभएको चस्मा बनाउन पनि सकिन्छ । नेत्रकार्टले विरामीहरुको घरमै पुगेर उपचार गर्दै आएको छ । यो सँगै नेत्रकार्ट नामक एपमार्फत चस्मा औषधीसमेत किन्न पनि सकिनेछ । उनले नेत्रकार्टले शल्यक्रियाका लागि पनि मातृका आँखा केन्द्रसँग सहकार्य गरिरहेको बताए । वैभव थप लगानी आवश्यक भएको बताएका छन् । माग बढ्दै जाँदा आफुहरुले पनि सेवालाई विस्तार गर्न सक्ने उनि बताउँछन् । आफ्नै कलेज  एसईई सकिएपछि ‘अब के पढ्ने ? कुन कलेज पढ्ने ? कति खर्च लाग्छ ?’ भन्ने समस्या सबै विद्यार्थीलाई हुन्छ । यी यावत जानकारी लिन विद्यार्थीले आफैँ विभिन्न क्याम्पसहरूमा भौँतारिनुपर्छ । काठमाडौँका आश्रय अधिकारी पनि यही समस्याबाट गुज्रिए । उनले पनि अब के पढ्ने, कहाँ पढ्ने भन्ने प्रश्न बोकेर विभिन्न क्याम्पसहरूमा धाए । आफूले क्याम्पस धाउँदा पाएको दु:ख सम्झिँदै अधिकारी भन्छन्, ‘मैले दु:ख पाएँ, अब अरुले नपाऊन् ।’ उनले रातो बङ्गलामा १२ कक्षामा अध्ययन गर्दागर्दै ‘आफ्नै कलेज’ नामको नयाँ वेबसाइट बनाए । उनले बनाएको ‘आफ्नै कलेज’बाट विद्यार्थीहरूले आफूले पढ्न चाहेको विषय, क्याम्पस र खर्च सबै विवरणसम्बन्धी जानकारी एउटै वेबसाइटमा नै पाउन सक्छन् । उनी भन्छन्, ‘हरेक शैक्षिकसत्रको अन्त्यमा उच्च शिक्षाका लागि नेपालका विभिन्न जिल्लाबाट विद्यार्थीहरू काठमाडौँ आउँछन् । यसरी आउने विद्यार्थीहरू राम्रो र सुविधाजनक शिक्षाका लागि भौँतारिनुपर्ने अवस्था छ ।’ अधिकारी विद्यार्थीको यही समस्या सामाधान गर्न ‘आफ्नै कलेज’ सुरु गरेको बताउँछन् । आश्रयको यो सोचले गर्दा विद्यार्थीहरूले आफूले रोजेको कलेजको पढाइ शुल्क, सुविधा र शैक्षिक वातावरणका बारेमा थाहा पाउन सक्ने भएका छन् । उनले बनाएको सो वेबसाइटबाट विद्यार्थीले कलेज भर्नासमेत गर्न सक्छन् । त्यति मात्र नभएर वेबसाइटबाट आफूले रोजेको कलेज वा विषयबारे थप जानकारीका लागि सम्बन्धित व्यक्तिबाट परामर्शसमेत लिन सक्नेछन् । सजिलो यात्रा–सजिलो टिकट यात्रा गर्दा टिकट नपाएर वा टिकट लिन लाइनमा घण्टौँ बस्नुपरेको छ ? यस्तो सास्ती तपाईं/हामी सबैले दैनिक जीवनमा भोगिनै रहेका हुन्छौँ । यही समस्यालाई समाधान गर्न ‘सजिलो यात्रा’ नामक व्यावसायिक योजना लिएर आएका छन् झापाका हेमन्त नेपाल । अनलाइन बस टिकट बुकिङ कम्पनी सुुरु गरेका उनले बस व्यवसायी र टिकट काउण्टरसँग सहकार्य गरिरहेका छन् । जसको मद्दतबाट ग्राहकहरूलाई सहजै टिकट उपलब्ध गराउँदै आएको सजिलो यात्राले एप पनि सञ्चालन गरिरहेको छ । एपमा जीपीएस ट्र्याकिङको सुविधा पनि राखिएको छ । जसले कुन बस कहाँ छ, सेवाग्राही भएको स्थानमा आइपुग्न कति समय लाग्छ ? कति यात्रु छन्‌लगायतका जानकारी पनि दिनेछ । घरको डाक्टर घरको पनि डाक्टर हुन्छ । समय–समयमा घरलाई पनि उपचार गर्नुपर्छ भन्ने तपाईं/हामीलाई थाहा नहुन सक्छ । घरलाई कहिले निरीक्षण गर्ने ? कसरी बनाउने ? पुनर्निर्माण गर्नुपर्ने भए कसरी गर्नेलगायतका सम्पूर्ण सेवा ‘स्किल सेवा’ नामक कम्पनीले दिँदै आएको छ । आइडिया स्टुडियोको यो एपिसोडमा बानेश्वर निवासी महेश तिमल्सिना र रामशरण विक्रम थापाले घरको उपचार गर्न ‘स्किल सेवा’ सञ्चालनमा ल्याएका हुन् । महेश भन्छन्, ‘घर निर्जीव भए पनि यसको निरीक्षण निकै आवश्यक छ । घर सञ्चालन गर्ने पनि एउटा प्रणाली हुन्छ । त्यो प्रणालीलाई मजबुत बनाउन घरको समस्यालाई निराकरण गर्नुपर्छ ।’ नेपालमा घरको समस्यालाई प्राविधिक तहमा निराकरण गर्ने प्रणाली छैन । त्यही कुरामा अध्ययन गरी तिमल्सिना र थापा लागिपरिरहेका छन् । तीन जना सह–सञ्चालक र १७ जना कर्मचारीसहित कार्य सम्पादन गर्दै आएको ‘स्किल सेवा’ले दैनिक ज्यालादारीमा काम गर्ने ६० जनालाई रोजगारी दिँदै आएको छ ।  महेश भन्छन्, ‘सबै इन्जिनियर र ओभरसियर हुन् ।’ स्किल सेवाले पूर्ण घर निरीक्षण, घरको मर्मत र घर किन्दा चाहिने सल्लाह दिँदै आएको छ । जसमा ग्राहकलाई २ हजारदेखि २० हजार रुपैयाँसम्मको प्याकेज छ । यो नयाँ र नेपालमा नौलो व्यवसाय भएकाले यसमा राम्रो व्यवसाय गर्न सकिनेमा तिमल्सिना र  थापा ढुक्क छन् । माथि उल्लेख गरिएका व्यावसायिक योजना आइडिया स्टुडियो सिजन– ५ को डिल राउण्डमा आइपुगेका योजना हुन् । यो राउण्डमा माथि उल्लेखित चारसहित अन्य तीन जनाले पनि प्रविधिमैत्री योजना सुनाएका छन् । जसमा अनलाइन शिक्षा दिने एआर क्लास, लोकसेवा तयारीका साधै विभिन्न विषयमा घरबाटै ट्युसन लिन सकिने एमसीक्यूहल डट कम र सस्तोमा वेबसाइट बनाउने येल्को डट कम नामक योजना प्रस्तुत भएका छन् । जम्मा सातवटा व्यावसायिक योजनामध्ये नेत्रकार्ट नामक योजनाले भने उत्कृष्ट व्यवसायको रूपमा बिउपुँजी पाउन सफल बनेको छ । प्रकाशित मिति: बिहीबार, असोज १४, २०७८, १७:४३:००

फोहोरबाट मोहोर: मल, औषधि र ब्रिकेट बनाएर हुन्छ आम्दानी

– सम्झना घिमिरे | शुक्रबार, असोज ८, २०७८   तपाईं किनमेलका क्रममा घरमा आएका प्लास्टिक फाल्नुहुन्छ कि राख्नुहुन्छ ? अधिकांशको एउटै उत्तर हुन्छ– ‘फोहोर राखेर फाल्ने गर्छु ।’ कहाँ फाल्नुहुन्छ ? फोहोर बोक्ने गाडी, सडक वा खोलानालामा ? प्रयोग भएको प्लास्टिक बेच्छु भन्ने सायदै होलान् । अझ कतिपयलाई त यसरी हामीले प्रयोग गरिसकेको र काम नलाग्ने प्लास्टिक पनि बेच्न सकिन्छ भन्ने थाहा नहोला । काठमाडौंका आयुस देउजा यसरी प्रयोग भइसकेका प्लास्टिक पैसा दिएर किन्दै आएका छन् । आधुनिक पेट इन्डस्ट्री सञ्चालन गर्दै आएका देउजा भन्छन्, ‘तपाईंले देखेको फोहोरमा म पैसा देख्छु । सडकभरि छन् पैसैपैसा ।’ नेपालमा प्लास्टिक झोला तथा यसका विभिन्न सामान उत्पादन गर्ने उद्योगहरूले वार्षिक अर्बौं रुपैयाँबराबरको कच्चा पदार्थ आयात गर्दै आएको छ । उनी आयातलाई निर्यातमा परिणत गर्न लागिपरिरहेका छन् । त्यसका लागि उनी हाल सडक, खोला किनारमा भेटिएका प्लास्टिक संकलन गरेरै मासिक ६ टन कच्चा पदार्थ उत्पादन गरिरहेका छन् । माटोमा नमिल्ने भएकै कारण पूर्ण रूपमा विस्थापन गर्न नसकिने तर्क गर्ने उनी प्रशोधन नै एक मात्र समाधान मान्छन् । एक पटक प्रशोधन भइसकेको कच्चा पदार्थको आयु पनि ५० वर्षसम्म रहने हुँदा फोहोरको रूपमा मात्रै फाल्नुभन्दा फोहोरलाई नै व्यवसाय बनाउँदा प्लास्टिकको समस्या सामाधान गर्न सकिने देउजाको भनाइ छ । यसरी दैनिक रूपमा घरमा आइपुुगेका अनावश्यक प्लास्टिकलाई देउजा जथाभावी फालेर वातावरण नै दुर्गन्धित नबनाउन आग्रह गर्छन् । बरु प्लास्टिकबाट पैसा कमाउन सक्ने अवसरको सिर्जना गर्दै छन् । आधुनिक पेट इन्डस्ट्रीमार्फत उनले प्लास्टिक रिसाइकल गर्दै आएका छन् । फोहोरबाट विक्रेट रुपन्देहीका मनोजरत्न भुसाल पेसाले मेकानिकल इन्जिनिर हुन् । तर, उनी वातावरण संरक्षणका लागि जुटिरहेका छन् । सेवा र व्यवसाय दुवै एकै स्थानबाट गर्न सकिने हुनाले पनि भुसाल अचेल कहिले फोहोरका डंगुरमा भेटिन्छन् त कहिले ल्याबमा । यसरी सोलिड वेस्ट म्यानेजमेन्ट (ठोस फोहोर व्यवस्थापन) नामक व्यवसायबाट उनी फोहोरलाई मोहोर बनाउन लागिपरिरहेका छन् । फोहोर संकलन गरेर त्यसबाट उनले इन्धनको रूपमा प्रयोग गरिने विक्रेट बनाउँदै आएका छन् । नेपालमा कोइलाको माग उद्योगदेखि चुलोसम्म छ । वार्षिक करोडौँ रुपैयाँको कोइला भारतबाट आयात हुँदै आएको छ । तर, नेपालमा नै यत्रतत्र छरिएका स्रोतबाट कोइलाको विकल्प खोजेको भने पाइँदैन । भुसाल रुखका पात, फालिएका कागज तथा सडक र खोला किनारमा भेटिएका फोहोरलाई रिसाइकल गरेर विक्रेट बनाउने गर्छन् । दैनिक ५ सय थान विक्रेट उत्पादन गर्ने लक्ष्यका साथ अगाडि बढेका भुसाल लगानी भेटेमा नेपालमा फोहोरबाट उत्पादन गर्न सकिने सामग्रीको अध्ययनमा लाग्ने बताउँछन् । बजारमा विक्रेटको माग र फोहोका डंगुर दुवै चुलिँदै गएका छन् । उनी भन्छन्, ‘दुवैलाई एकअर्काको परिपूरक किन नबनाउने ? फालिने वस्तुबाट पैसा किन नकमाउने ?’ भुसाल फोहोरबाट विक्रेट बनाएर वार्षिक ५४ लाख रुपैयाँबराबरको कारोबार गर्दै आएका छन् । फोहोरमा हुने झिँगामा औषधि खासगरी गर्मीयाममा झिँगा धेरैका लागि समस्या हो । यसलाई धपाउन वा मार्न हामी अनेक उपाय लगाइरहेका हुन्छौँ । धेरैलाई थाहा नहुन सक्छ, झिँगा केवल फोहोर होइन, औषधि पनि हो । त्यसैले ब्ल्याक सोल्जर फ्लाई व्यवसायमार्फत हिरेन्द्र जोशीले दुई वर्षदेखि झिँगाबाट औषधि निकालिरहेका छन् । उनले झिँगाबाट औषधि र पशुपन्छीलाई चाहिने प्रोटिनयुक्त दाना बनाउने प्रयास गरिरहेका छन् । उनीहरूले झिँगामा सफलताको सपना देखेका छन्, जसलाई साकार पार्न कहिले कालीमाटीमा कुहिएको फोहोर उठाउँदै गरेका भेटिन्छन् त कहिले सडक किनारका फोहोर उधिन्दै गरेका देखिन्छन् । बायोटेक विषयमा स्नातक गर्दै गरेका उनी बालाजुको जीतपुरफेदीमा फार्म खोलेरै झिँगाखेती गरिरहेका छन् । जहाँ फोहोरमैै पाउने ९ हजारभन्दा बढी झिँगाका लार्भा विकास भइरहेका छन् । हिरेन्द्र भन्छन्, ‘झिँगाबाट प्रोटिन निकाल्न सकिने थाहा पाएपछि त्यसको खोजी गर्न थाल्यौँ । सँगै प्रोटिन आवश्यक क्षेत्रमा पुग्यौँ । त्यहाँ प्रोटिनको अभावमा सयौँ किसानले व्यवसायबाट लाभ लिन नसकेको भेट्यौँ ।’ किन भनेर खोज्दै जाँदा अधिकांशको दानामै समस्या देखियो । उनी भन्छन्, ‘विदेशबाट दाना भित्र्याउँदा महँगो पर्नुका साथै गुणस्तर पनि निकै खस्केको पाइयो । गुणस्तर कम हुनु भनेको प्रोटिन कम हुनु नै हो । यता झिँगामा पर्याप्त प्रोटिन थियो, उता प्रोटिनको अभाव । अनि शहरभरि फोहोरको डंगुर । डंगुरभरि प्रोटिन बोकेका झिँगाहरू । यी तिनै समस्यालाई किन अवसर नबनाउने, किन फ्युजन गरेर पैसा नकमाउने ?’ सडकमा देखिएको फोहोर, फोहोरमा भन्किएका झिँगा, झिँगामा पाइने प्रोटिन र किसानको समस्या यी तीनै कुरालाई फ्युजन गर्ने व्यवसाय हो ब्ल्याक सोल्जर फ्लाई । फार्म सफल बनेसंँगै फार्मबाट उत्पादन भएको झिँगाका अण्डा देशका विभिन्न भागमा रहेका किसानसम्म पुर्‍याएर व्यवसाय गर्न सिकाउने उनकोे योजना छ । कपालबाट मल  तपाईं हामीलाई कपाल कहाँ फाल्ने भन्ने समस्या हुन सक्छ । यही समस्यालाई व्यवसायको रूपमा सुरु गर्दै छन् विप्लव कार्की । ‘बाला : फ्रम वेस्ट टु वेल्थ’ नामक उक्त व्यवसायबाट कार्की मानिसको कपाल, जनावरको रौँबाट मल उत्पादन गर्न लागिपरिरहेका छन् । पछिल्लो समय माटोमा हराउँदै गएको उर्बरा शक्तिलाई पुनः जीवन दिन कपालको महत्त्वपूर्ण भूमिका रहने उनी बताउँछन् । कार्की भन्छन्, ‘कपाल र फरबाट हामीले मल बनाउन सक्छौँ । यो मलमा उर्बरा शक्तिको मात्रा धेरै हुन्छ । अर्ग्यानिक पनि हुनाले यस्तो मलले रासायनिक मललाई पनि विस्थापित गर्छ ।’ दुई वर्षअगाडि व्यवसाय सुरु गरेका कार्की यस प्रकारको मल कौसीखेती र गमलामा फूल फुलाउन प्रयोग गर्दा फाइदा हुने बताउँछन् । दिनहुँ कृषकले मल नपाएको गुनासो बढिरहँदा प्रतिलिटर ४० रुपैयाँमा नै अर्ग्यानिक मल उत्पादन गर्दा नेपालको समग्र कृषिक्षेत्रलाई नै टेवा पुर्‍याउने कार्कीको योजना छ । नेपालमा पनि यस प्रकारको मल पाइन्छ । अमेरिकाबाट आयात हुँदै आए पनि नेपालमै भने यसको प्रयोग भएको छैन । दिनहुँ झर्ने कपाल र जनावरका फरहरू खेर गइरहे पनि यसलाई सदुपयोग गर्न सके मल आयातलाई न्यूनीकरण गने कार्कीको योजना छ । माथि उल्लेखित चारवटै योजना बोकेर आइडिया स्टुडियो आइपुगेका छन्– आयुस देउजा, मनोज रत्न भुसाल, हिरेन्द्र जोशी र विप्लव कार्की । यी चारै जना आइडिया स्टुडियो सिजन– ५ अन्तर्गत डिल राउण्डका प्रतिस्पर्धी हुन् । जो सोचलाई व्यवसाय बनाउने आशाका साथ कार्यक्रममा सहभागी भएका हुन् । आइडिया स्टुडियोले यसरी व्यावसायिक सोच बोकेर आउनेलाई प्रशिक्षण दिँदै प्रतिस्पर्धामा उतार्दै आएको छ भने लगानीका लागि पनि सहयोग पुर्‍याउँदै आएको छ । यी चारै जना युवाहरू आइडिया स्टुडियो सिजन–५ को डिल राउण्डअन्तर्गतको ग्रिनोभेसन विधाका प्रतिस्पर्धी हुन् । उनीहरूसँगै यो विधामा अन्य चार जनाले पनि व्यावसायिक योजना प्रस्तुत गरिसकेका छन् । आठ जनाको व्यावसायिक योजना समेटिएको यो कार्यक्रममा दिगो नेपाल नामक व्यवसायले उत्कृष्ट व्यवसायको रूपमा बिजनेस सिड लगानी पाउन सफल बनेको छ । प्रकाशित मिति: शुक्रबार, असोज ८, २०७८, १९:४९:००

कृषिमा युवाहरूका मौलिक योजना : माटोबिनै साग फलाउनेदेखि झिँगाबाट औषधि बनाउनेसम्म

– सम्झना घिमिरे  नेपालमा हरेक वर्ष अर्बौं रुपैयाँबराबरको तरकारी आयात हुँदै आएको छ । हरियो सागदेखि मौसमी तथा बेमौसी तरकारीसम्म हामी भारत र चीनकै भरमा छौँ भन्दा फरक नपर्ला । सरकारले पनि हरेक वर्ष कृषिलाई विशेष प्राथमिकतामा राखेर बजेट छुट्याउँदै आएको छ । उब्जनी बेच्न नपाएर बिचौलियाको मारमा परेका किसान र उपभोक्ताको पीडा ज्युँका त्युँ छ । कृषिप्रति युवाको निराशापन र बढ्दो विदेशमोहले पनि कृषि पेसा थप धरापमा पर्दै गएको छ । तर, यस्तो मनस्थितिलाई चिर्दै केही युवाहरू भने कृषिलाई नयाँ रूप दिन लागिपरिरहेका छन् । जसले उत्पादनदेखि बजारीकरणसम्मका आ–आफ्ना योजना लिएर आइपुगेका छन् आइडिया स्टुडियो सिजन–५ मा । वैज्ञानिक प्रविधिबाट उत्पादनदेखि बजारीकरण गर्नेसम्मका योजना लिएर आएका युवाहरूमा कृषिलाई कसरी व्यवसायीकरण गर्न सकिन्छ भन्ने खुराक छ । जसमा माटोबिना पनि खेती गर्न सकिने योजना पल्लवीले ल्याएकी छिन् भने छतमा लटरम्म तरकारी फलाएर राम्रो आम्दानी गर्ने योजनामा छिन् प्रलिशा अधिकारी । प्रलिशा र पल्लवीको योजनालाई सार्थक बनाउन लागिपर्दैछन् हेमन्तराज अवस्थी । जो अर्ग्यानिक उत्पादनका लागि चाहिने मल उत्पादन गर्न लागिपरिरहेका छन् । त्यस्तै, अञ्जना भने तिनै खेतीबाट उत्पादन भएका उब्जनीलाई पनि तपाईं/हाम्रो हातहातमा पुर्‍याउन लागिपर्दैछिन् । माटोबिनै गर्न सकिन्छ खेती माटोबिना पनि खेती गर्न सकिन्छ भन्ने नौलो उदाहरण लिएर आएकी छन् पल्लवी गुरागाईं । हाइड्रोपोनिक प्रविधिबाट उनले माटोबिनै थुप्रै हरिया सागहरू उत्पादन गरेर बजारमा समेत पुर्‍याइसकेकी छन् । विशेषगरी सलादमा विषादीयुक्त हरिया सागपात प्रयोग हुने र त्यसले मानव शरीरमा असर पुर्‍याउने हुनाले पनि पल्लवी अर्ग्यानिक सलाद तयार पार्न तल्लीन भएको बताउँछिन् । घरैघरले भरिएको काठमाडौँमा पनि पल्लवीको ‘अर्वान फार्म’ले भने तपाईंलाई अर्ग्यानिक तरकारी तथा सलादको स्वाद चखाउँछ । अझ रोचक कुरा त तपाईंकै छतमा फलाइदिएर तपाईंलाई नै सो उब्जनी वितरण गरिदिन्छ । यसरी घरमै माटोको प्रयोगबिना अर्ग्यानिक खेती गर्ने ‘अर्वान फार्म’ घरघरै पुगेर खेती गर्ने तरिकाको प्रशिक्षण दिनुका साथै चाहिने उपकरणहरूको जडान पनि गरिदिँदै आएको छ । माटो बोक्ने झन्झट र रासायनिक मलको प्रयोग गर्नुपर्ने बाध्यताबिना नै सजिलै छतमै उत्पादन गर्न सकिने हुनाले पनि पल्लवी घरघरमा अर्ग्यानिक खेतीमा वर्तमान मात्रै होइन, भविष्य पनि देख्छिन् । सोही विश्वासमा पल्लवीले नौ महिनादेखि आफ्नै फार्म खोलेर सञ्चालनमा ल्याइसकेकी छन् । पल्लवीले १२ लाख रुपैयाँको लगानीमा व्यवसाय सुरु गरेकी हुन् । हाल उनी आफूसँगै अर्ग्यानिक खेती गर्न चाहनेहरूलाई पनि व्यवसायी बनाउन लागिपरिरहेकी छिन् । छतमै तरकारी फलाइदिने मेट्रो खेती लमजुङकी प्रलिशा अधिकारीले तपाईंकै छतमा तरकारी लटरम्म फलाइदिएर तपाईंलाई नै दिन सक्छिन् । अझ रोचक कुरा त तपाईंको छतको साँघुरो क्षेत्रमा पनि वर्षभरि पुग्ने तरकारी कसरी फलाउने भनेर पनि तपाईंलाई सिकाउँछिन् । आइडिया स्टुडियो सिजन– ५ को डिल राउण्डमा यस्तै आइडिया लिएर आइपुगेकी छिन् प्रलिशा । मेट्रो खेतीकी सह–संस्थापक रहेकी प्रलिशा काठमण्डौंका घरका छतमा लटरम्म तरकारी फलाउन लागिपरिरहेकी छिन् । कोरोनाको समयमा तरकारी खरिदका क्रममा संक्रमण बढेसँगै उनले घरमै कौसीखेती गर्ने योजनाका साथ डेढ वर्षअगाडि मेट्रो खेतीको सुरुवात गरेकी हुन् । अहिले मेट्रो तरकारीले कौसीखेती गर्न चाहनेहरूका लागि उनीहरूको घरमै पुगेर खेती गर्ने तरिका र उपकरणहरू जडान गर्दै आएको छ । प्रलिशा यसरी घरमा पुगेर खेती गर्ने तरिका र उपकरण जोड्न भने ६० हजार खर्च लाग्ने बताउँछिन् । उनी भन्छिन्, ‘तपाईंले सुरुमा ५० हजार लगानी गर्नुपर्ने हुन्छ । यसमा बिउबिजन नसमेटिए पनि तपाईंलाई चाहिने आवश्यक तालिम र सहजीकरण भने हामी दिन्छौँ ।’ सहजीकरणसँगै उत्पादित तरकारी उनीहरूबाटै किनेर बेच्ने व्यवस्था पनि मेट्रो तरकारीले गर्दै आएको छ । मेट्रो खेतीको लक्ष्य भनेकै विषादीरहित तरकारी उत्पादन हो । प्रलिशा व्यवसायका लागि थप लगानी पाउन सके पाँच वर्षभित्र ३ लाखभन्दा बढी ग्राहकलाई अर्ग्यानिक तरकारी खुवाउन सक्ने बताउँछिन् । गँड्यौलाबाट मल बनाउँदै टिम भर्मी माटोमा पाइने कीरालाई कसरी माटोकै लागि प्रयोग गर्न सकिन्छ भनेर लागिपरिरहेका छन् टिम भर्मीका सञ्चालक हेमन्त अवस्थी । कृषि विज्ञानमा स्नातक गर्दै गरेका हेमन्त अहिले आफैँ फार्म खोलेर प्राङ्गारिक मल उत्पादनमा जुटेका छन् । नेपालमा बढ्दो रासायनिक मलको प्रयोग र त्यसले मानव जीवनमा पारिरहेको असरलाई न्यूनीकरण गर्नकै लागि टिम भर्मीको सुरुवात गरेको अवस्थी बताउँछन् । उनी भन्छन्, ‘रासायनिक मलको प्रयोग बढ्दै गएको छ । यसले हाम्रो शरीरलाई पनि हानि पुर्‍याउँछ भन्ने थाहा हुँदाहुँदै विकल्पको अभावमा हामी विषादीयुक्त मलबाट उत्पादित तरकारी खान बाध्य छौँ । यसैलाई हटाउन हामीले टिम भर्मीको योजना ल्याएका हौँ ।’ एक वर्षअघि पाँच जना साथीको सहयोगबाट सुरुवात गरेका हेमन्तले अहिले एक पटकमा १ टनभन्दा बढी भर्मी कम्पोस्ट उत्पादन गर्दै आएका छन् । यसरी गँड्यौला तथा स–साना कीराबाट बनाइने मलले माटोको मलिलोपनलाई जगाउनाले पनि यसको प्रयोग खेतीका लागि राम्रो हुने उनको भनाइ छ । त्यसो त टिम भर्मीले यस प्रकारको मल उत्पादन गरेर किसानसम्म पुर्‍याउन पनि थालिसकेको छ । किसानबाट राम्रो प्रतिक्रिया आएपछि भने टिम भर्मी वार्षिक ६० टन मल उत्पादन गर्ने योजनामा छन् उनी । विद्यार्थी जीवनमा नै व्यवसाय सुरु गरेका हेमन्त यदि आफूले लगानी पाएको खण्डमा पहिलो पाँच वर्षमा १ सय टन मल उत्पादन गर्ने र त्यसपछि वार्षिक रूपमा ६० टन मल उत्पादन गर्ने योजना रहेको बताउँछन्  । हेमन्त हाल वार्षिक १२ टन भर्मी कम्पोस्ट उत्पादन गरेर स्थानीय किसानलाई बिक्रीवितरण गरिरहेका छन् । घिरौलाको जालोबाट व्यवसाय हाम्रै घरआँगनमा यत्रतत्र छरिएका घिरौला (लुफा) लाई व्यवसायमा उतार्दैछिन् अञ्जना मल्ल । कोरोनाकै समयमा दिगो नेपाल नामक व्यवसाय सुरु गरेकी मल्लले गाउँगाउँमा पुगेर घिरौलाको जालो संकलन गर्छिन् । र, त्यसलाई विभिन्न आकृति दिँदै बजारमा बिक्रीवितरण गरिरहेकी छन् । ३१ हजारबाट व्यवसाय सुरु गरेकी मल्ल घिरौलाको जालोको लुफा बडी स्क्रबर, कपडाका टट ब्याग, बाँसबाट निर्मित टुथब्रस, एस्ट्रे, रोटिपट, मास्कलगायतका सामान उत्पादन गर्दै आएकी छन् । जसअन्तर्गत लुफा खेती गर्दै आएकी मल्ल पछिल्लो समय लोकल प्रोडक्टप्रतिको ग्राहकको बढ्दो रुचिले व्यवसाय थप मजबुत बनेको धारणा राख्छिन् अञ्जना । भन्छिन्, ‘अहिले एउटा जमात खडा भएको छ, जो नेपाली मौलिकता झल्कने र पर्यावरणीय दृष्टिले उपयुक्त हुने वस्तु मात्रै प्रयोग गर्न रुचाउँछन् । त्यस्ता ग्राहकको संख्या अहिले हामीकहाँ बढेको छ ।’ व्यवसायको पहिलो चरण पार गरिसकेकी मल्ल अब भने लगानी थप्न सके उपत्यकामा मात्रै सीमित व्यवसायलाई नेपालभर पुर्‍याउन सकिने बताउँछिन् । मल्लसहित आइडिया स्टुडियो सिजन–५ को डिल राउण्डअन्तर्गतको ‘ग्रिनोभेसन विधा’मा भने अन्य चार सहभागीले पनि आफ्नो व्यावसायिक योजना सुनाएका छन् । जसमा आयुष देउजाले आधुनिक पेट इन्डस्ट्रीमार्फत प्लास्टिकलाई रिसाइकल गर्ने योजना ल्याएका छन् भने मनोजरत्न भुसाल पनि फोहोरबाट मोहोर कसरी कमाउने भन्ने योजना बोकेर सोलिड बेस्ट म्यानेजमेन्टमा लागिपरेका छन् । यस्तै हिरेन्द्र जोशीले झिँगाबाट औषधि बनाउन ब्ल्याक सोल्जर फ्लाई नामक व्यवसाय ल्याएका छन् भने विप्लब कार्कीले ‘वाला : फ्रम बेस्ट टु वेल्थ’ नामक व्यवसायबाट कपालबाटै उर्वरा शक्ति उत्पन्न गर्न सक्ने मल बनाउने योजना लिएर आएका छन् । ग्रिनोभेसन विधाअन्तर्गत आठ जना युवाले वातावरण तथा कृषिक्षेत्रसँग सम्बन्धित योजना सुनाएका थिए । जसअन्तर्गत दिगो नेपालीकी सह–संस्थापक अञ्जना मल्लले भने यो विधाअन्तर्गतको

Scroll to Top