बल्बपेनमा देशलाई नै आत्मनिर्भर बनाउने उद्याेगी जोशीको जोस

कोरोना भाइरस विश्वको चुनौती बनिरहँदा यसले नेपाल पनि अछुतो रहन सकेको छैन । कोरोनाकै कारण देश लकडाउनमा गएको १९औँ दिन बित्दै गर्दा कोरोनाबाट संक्रमित संख्या पनि १२ पुगिसकेको छ । विश्वव्यापी यो महामारीले गर्दा मुलुकको अर्थतन्त्र दिन प्रतिदिन धराशयी बन्दै गएको छ भने अभावले चरम रूप लिँदै गएको छ । यस्तो संकटकालीन अवस्थामा कैलालीका द्वारिकाप्रसाद जोशी भने देशलाई कसरी आत्मनिर्भर बनाउन सकिन्छ भनेर लागिपरिरहेका छन् । ढाका टोपीमा ठाँटिएका जोशीका हातभरि रङ्गीविरङ्गी कलमहरू छन् । प्रफुल्लित मुद्रामा उनी सबैलाई ती कलम देखाइरहेका छन् । तपाईंलाई अचम्म लाग्न सक्छ– ती कलममा त्यस्तो के छ, जसले सबैलाई आकर्षित गरिरहेको छ ? अनि हामीले दिनहुँ प्रयोग गरेजस्तै देखिने बल्बपेन बोकेर आइडिया स्टुडियोसम्म किन पुगे त जोशी ? किन देखाउँदैछन् जोशी सबैलाई बल्बपेन ? जोशी आफ्नै देशका ठूल्ठूला सम्झौता लेख्ने वकिलदेखि भोलिको भविष्य लेख्ने कलिला विद्यार्थीको हातहातमा स्वदेशी उत्पादन पुर्‍याउन चाहन्छन् । र त उनी भन्ने गर्छन्ः ‘एक पटक लेखेर त हेर्नुस्, जहाँ चन्द्रसूर्य झल्किएको छ । आफ्नो खुसी आफ्नैपनले दिने हो, जहाँ ढाका टोपी टल्किएको छ ।’ सधैँ आयातित बल्बपेन समातेका नेपाली हातहरूमा स्वदेशी बल्बपेन थमाउन चाहन्छन् उनी । त्यही चाहना पूरा गर्न जोशी अहिले स्वदेशमा बल्बपेन उत्पादनमा लागिरहेका छन् । सम्भवतः नेपालमा बल्बपेनका उत्पादक उनी नै एक्ला हुन् । बल्बपेनमा देशलाई आत्मनिर्भर बनाउनु नै आफ्नो प्रमुख उद्देश्य रहेको उनको भनाइ छ । मकैका विभिन्न परिकार खाने हो ? आउनुहोस् मिस्टर कर्न बल्पपेनको व्यवसाय २०१८ को तथ्यांकअनुसार बल्बपेन आयातमा मात्र नेपाली ७० करोड रुपैयाँ विदेशिएको छ, भने ४ करोडबराबरको मसी अर्थात् रिफिल आयात हुँदै आएको छ । जसमा ८० प्रतिशत भारतबाट, ११ प्रतिशत जापानबाट र बाँकी अन्य देशबाट आयात भइरहेको छ । हेर्दा सानो देखिए पनि यसले करोडौँ नेपाली रुपैयाँ विदेशिएको देख्दा जोशी खिन्न हुने गर्छन् । यही खिन्नतालाई जोसमा बदल्दै उनले नेपालमै पहिलो पटक बल्बपेन उत्पादन सुरु गरेका हुन् । वसुन्धरा पेन्स मेनुफ्याक्चरिङ सेवा सुरु गरेर उनले अहिले प्रतिमहिना करिब १ लाखको संख्यामा बल्बपेन उत्पादन गरेर बजारमा बिक्रीवितरण गरिरहेका छन् । उनले उत्पादन गरेका बल्बपेन प्रतिगोटा ६ रुपैयाँ ४ पैसा होलसेल मूल्यमा बिक्री हुँदै आएको छ । जोशी भन्छन्, ‘प्रतिगोटा ६ रुपैयाँ ४ पैसा होलसेल मूल्यमा बिक्री गर्दा प्रति बल्बपेन कम्पनीलाई १ रुपैयाँ ४ पैसा नाफा हुन्छ । यति हुँदा पनि मैले प्रतिमहिना १ लाख ४० हजार रुपैयाँ नाफा निकाल्दै आएको छु । सञ्जीवको सिर्जना : कुदाउने होइन त फोहोरबाटै गाडी ! यति सस्तोमा बल्बपेन बिक्री गर्दै आएका जोशीले विदेशबाट आयातित बल्बपेनभन्दा ११ रुपैयाँ सस्तोमा आफूले बिक्री गर्ने गरेको दाबी गर्छन् । उनी भन्छन्, ‘आयातित १० वटा बल्बपेनको एउटा प्याकेटलाई नेपाली ७५ रुपैयाँ पर्छ, मैले उत्पादन गरेको १० वटा वसुन्धरा बल्बपेनको प्याकेट जम्मा ६४ रुपैयाँमा उपलब्ध छ ।’ जोशी आफ्नो कम्पनीको उत्पादन क्षमता बढाएर प्रतिमहिना ५ लाख बल्बपेन उत्पादन गर्ने तयारीमा छन् । कैलालीमा मात्र सीमित वसुन्धरा पेनलाई अब काठमाडौंसम्म बजारीकरण गर्न उनी लागिपरिरहेका छन् । अबको १ वर्षमा ६० लाख पेन उत्पादन गरेर ८४ लाख रुपैयाँ नाफा कमाउने योजनामा जोशी छन् । यसरी विदेशबाट आयातित पेनभन्दा यहीँ नेपालमै उत्पादन गरेर सस्तोमा बेचेर पनि लाखौँको कमाइ गर्न सकिन्छ भन्ने उदाहरण उनले दिएका छन् । जोशी भन्छन्, ‘अहिले कैलालीमै छु, अब काठमाडौंमा २ महिनाभित्रमा बजारीकरण सुरु गर्दै छु ।’ जोशीको योजनाअनुरुप ३ प्रतिवर्ष ३ करोडले आयात विस्थापित गर्न सकिनेछ, त्यो पनि बसुन्धरा पेनले मात्रै । उत्पादन क्षमता प्रत्येक वर्ष बढाउँदै लैजाने उनको योजना छ । त्यसका लागि उनलाई १५ लाख रुपैयाँको लगानी आवश्यकता छ । कुल २५ लाख रुपैयाँको लगानी गर्ने सोचमा रहेका उनी आफैँले १० लाख रुपैयाँ लगानी गर्नेछन् । संकटकालीन घडीमा पनि मिसनमै व्यस्त मार्सी बुढा, को हुन् उनी ? देशको पैसा देशभित्रै खर्च होस् भन्ने उद्देश्य पालेका जोशी आइडिया स्टुडियो सिजन ४ का मेड इन नेपाल राउण्डका प्रतिस्पर्धी हुन् । उनीसँगै अन्य २ जनाले पनि आ–आफ्ना आइडिया प्रस्तुत गरिसकेका छन् भने बाँकी तीन जनाले आउने मंगलबार प्रस्तुत गर्नेछन् । आइडिया स्टुडियोले नेपालभरका ६ सय जनाबाट ३० जना छनोट गरेर ५ वटा विधामा ती तमाम आइडियाहरूलाई प्रस्तुत गर्दै आएको छ । यसरी हरेक विधाबाट एक प्रतिस्पर्धीलाई विजेता बनाउँदै व्यावसायिक सहयोग पनि गर्दै आएको छ । अहिले आइडिया स्टुडियोले २४ जना नवप्रतिभालाई व्यवसायगत तालिम तथा प्रशिक्षणसमेत दिँदै आएको छ । Original Post https://shilapatra.com/detail/25246?fbclid=IwAR0AQCzdzmeWmzG7mZZZ1Df8LIqvWd0I9PYFM9e0LEco2OgYMq264pFH04A Watch the full episode

मकैका विभिन्न परिकार खाने हो ? आउनुहोस् मिस्टर कर्न

कोरोनाका कारण घरमा थुनिएर बसेको पनि १७ दिन भइसक्यो । खाजाका लागि जोहो गरेको सामान पनि सकिइसक्यो होला । अहिले शहरी क्षेत्रमा बसेका करिब ६० प्रतिशत मानिस गाउँ फर्केका छन् । गाउँमा खाना र खाजा पनि उही मौलिक होला- भात, दाल, तरकारी र खाजामा मकै-भटमास । सुरुसुरुमा त घरको न्यानोपन, त्यसमाथि गाउँले खाजाले सबैलाई बालापनमा पक्कै पनि पुर्‍याएको हुनुपर्छ । किनकि हामी सबैले मकै-भटमास, आमाको हातको गुन्द्रुकको अचार खाएकै छौँ । एक दिन, दुई दिन भन्दाभन्दै १७ दिन कटिसक्यो । अब त यी खानेकुराबाट पनि वाक्क लाग्न थालिसक्यो होला । हो, तपाईं हाम्रो घरमा भएको र दिनहुँ एउटै स्वादमा खाइरहनुभएको मकैका मीठामीठा परिकारहरूका बारेमा कुरा गर्नेछौँ- त्यो पनि तपाईं हामीले खाने सडक छेवैमा राखिएका पकौडा पसलदेखि पाँचतारे होटलकै स्वादमा । अचम्म लाग्यो ? मकै भुटेर, हरियो मकै पोलेर, उसिनेर र पिसेर ढिँडो मात्र खाने हामी नेपालीलाई अचम्म लाग्नु स्वाभाविक नै हो ? आखिर मकैले नै सडकदेखि पाँचतारे होटलसम्मको स्वाद दिन सक्छ त ? प्रश्न उब्जिन सक्छ । पक्कै पनि सक्छ । यो गज्जबको जुक्ति लगाएका छन् – राजकुमार अधिकारीले । नेपालमा अत्यधिक मात्रामा उत्पादन हुने मकैलाई नेपालीहरूले प्रयोग गर्न नजानेको भन्दै नयाँ स्वरूपमा ल्याएका छन् अधिकारीले, जसलाई उनले मिस्टर कर्नको नाम दिएका छन् । सडकमा बसेर मकै पोल्नेदेखि मकैका परिकार बनाएर बेच्ने साना व्यवसायीहरूलाई तालिम दिएर उद्यमी बनाउने सोचले अगाडि बढिरहेका छन् अधिकारी । अधिकारीसँगै मकैका परिकारलाई विस्तार गर्ने सोचमा छन्- निश्चल जोशी र दुर्गा सुवेदी । यस्तो छ योजना अधिकारीका अनुसार अहिले एउटा आउटलेट अर्थात् एउटा शाखाबाट १ दिनमा १२ हजार रुपैयाँको मकैका परिकार बेच्दा ४ हजार २ सय रुपैयाँ फाइदा लिन सकिन्छ । यसरी मकैका परिकार बनाएर मात्र एउटा शाखाले वार्षिक रूपमा १५ लाख ३३ हजार रुपैयाँ नाफा कामाउन सकिन्छ । यसका लागि मिस्टर कर्न टिमले सातवटै प्रदेशमा मकैका परिकार पस्कने जमर्को गरेको छ । यसो हुँदा एउटा शाखा खोल्न १० लाख रुपैयाँ लगानी चाहिने अधिकारीको भनाइ छ । यसरी खोलिएका प्रत्येक शाखाबाट एउटा फ्रेन्चाइजले मासिक २५ हजार रुपैयाँ कमाउन सक्नेछन् । त्यसको ५ प्रतिशत रोयल्टी भने मिस्टर कर्नलाई आउनेछ । नेपालमा पहाडी र तराईका ८० प्रतिशत क्षेत्रमा मकै उत्पादन हुँदै आएको छ, जसमध्ये व्यावसायिक रूपमा मकै खेती गर्नेहरू १५ देखि २० प्रतिशतको हाराहारीमा मात्र छन् । बाँकी ६० प्रतिशत क्षेत्रमा उत्पादन हुने मकै घरेलु रूपमै प्रयोग हुँदै आएका छन् । यदि बाँकी ६० प्रतिशत क्षेत्रमा उत्पादन भएका मकैलाई पनि व्यावसायिक रूप दिने हो भने कृषक मात्र नभएर सडक छेउमा मकै पोल्ने व्यवसाय गर्नेहरूलाई पनि उद्यमी बनाउन सकिने अधिकारीको भनाइ छ । नेपालको सिन्धुपाल्चोक जिल्लामा पहिलो पटक स्विट कर्न अर्थात् गुलियो प्रकारको मकै उत्पादन गरिसकेकाले नेपाली वातावरणमा गुलियो स्वादका मकै उत्पादन गर्न सकिने बताउँछन् अधिकारी । यसरी ६० प्रतिशत कृषकलाई व्यावसायिक बनाउँदै सातै प्रदेशमा रोजगारी सिर्जना गर्ने उद्देश्य छ उनको, जसअन्तर्गत रेस्टुराँहरूमा मकैको माग बढ्ने देखिन्छ । त्यति मात्र नभएर कृषि, होटल व्यवसायमा सयौँलाई रोजगारीसमेत दिन सकिने अधिकारीको योजना छ । अहिले मिस्टर कर्न नामक यो व्यवसायको एउटा मात्र शाखा सञ्चालनमा रहेको छ । सुरुवाती चरणमा काठमाडौंको न्यूरोड, बुटवलमा शाखा खोल्ने तयारीमा छन् । विभिन्न क्षेत्रमा शाखा खोलिए पनि यसको केन्द्रीय भने काठमाडौंमा नै रहनेछ । यसरी ‘सेन्ट्रल किचन’ बनाउनका लागि अब मिस्टर कर्नलाई १५ लाख रुपैयाँको लगानी आवश्यक पर्ने अधिकारी बताउँछन् । मकैका परिकारहरू अहिले नेपालमा फाट्टफुट्ट मात्र देखिँदै आएका छन् मकैका परिकारहरू । मिस्टर कर्नले भने २० प्रकारका परिकारहरू खानाका पारखीहरूलाई पस्कँदै आएको छ, जसमा मकैको चिया, सुपदेखि लिएर भेज पिजालगायत २० प्रकारका परिकारहरूको स्वाद पाउन सकिन्छ । यसका लागि लोकल मकै र स्विट कर्न अर्थात् गुलियो प्रकारको मकैको प्रयोग गरिँदै आएको छ । सामान्यतया नेपालमा यस्तो स्विट कर्नको खासै प्रयोग छैन । उत्पादन पनि नहुने हुनाले विदेशबाट स्विट कर्नको बिउ नेपालमा भित्र्याएर आफ्नै देशमा उत्पादन थाल्ने योजना रहेको अधिकारीका सहकर्मी निश्चल जोशी बताउँछन् । यस प्रकारको मकैको उत्पादन सुरु गर्नका लागि कृषि विभागसँग पनि सहकार्य गरिरहेको र उत्पादन गर्नका लागि कृषकलाई तालिमसमेत दिने योजना छ । अहिले भारत, स्विट्जरल्याण्डलगायतका देशबाट मकै आयात गर्दै आएको जोशी बताउँछन् । त्यसैले अब नेपालमै उत्पादन गरेर मकैको बजारीकरण गर्ने मुख्य उद्देश्य मिस्टर कर्नको छ । यसरी बनाउनुहोस् घरमै मकैका परिकार मकैको सुप सुरुमा १ सय ५० ग्राम मकै लिनुहोस् र त्यसलाई २ भाग बनाउनुहोस् । १ भागलाई मिक्स्चरमा राम्रोसँग पिस्ने र बाँकी रहेको अर्को भाग मकैका दानै राख्ने । त्यसपछि सस्पेन्स वा कुनै भाम्हडामा ३ सय मिलिलिटर पानी राखेर तताउने । पानी उम्लिएपश्चात् पिसिएको मकैको पिठो राख्ने । अदुवा, लसुन स्वादअनुसार राख्ने । त्यसमा स्वादअनुसार घीउ र तिलको तेल हाल्ने । अघिको बाँकी रहेको १ भाग दाना मकै पनि राखेर ५ मिनेट राम्ररी पकाउनुहोस् । यसरी तयार भएको सुपमा तपाईंले थोरै हरियो प्याज र स्वादअनुसार कागती राख्न सक्नुहुन्छ । यसरी घरमै बसेर मकैको सुप बनाउन सकिन्छ । यो स्वास्थ्यका लागि पनि निकै लाभदायक हुने हुनाले परिवारमा सबै उमेरकाले खान सक्नेछन् । अमेरिकी कर्न आवश्यक सामान स्विट कर्न- ५ सय ग्राम कर्न फ्लोर- ५० ग्राम मैदा- २० ग्राम सोयाविन वा सूर्यमुखी तेल घीउ वा तिलको तेल मरिचको धुलो अदुवा र लसुन हरियो प्याज खुर्सानीको धुलो र आवश्यकअनुसार नुन सुरुमा स्विट कर्नलाई कुकरमा हालेर २ सिठी लगाउनुह‍ोस् । मकै पाकिसकेपछि पानी निकालेर त्यसमा कर्न फ्लोर, मैदा, स्वादअनुसार नुन र मरिचको धुलो राखेर मकैलाई राम्ररी मोल्ने । त्यसपछि कराहीमा तेल तताएर सो मकैलाई डिप फ्राई गर्ने । यसरी तेलबाट मकै फ्राई गरेर निकालेपछि फ्राई प्यानमा राखेर आवश्यकताअनुसार हरियो खुसार्नी वा धुलो खुर्सानी, अदुवा, लसुन राख्ने र २ मिनेटसम्म घीउ वा तिलको तेल राखेर पकाउने । यसरी तयार गर्न सकिन्छ घरमै बसेर अमेरिकन कर्न । अहिले मकैका परिकारका लागि मिस्टर कर्नले झम्सिखेलमा शाखा स्थापना गरिसकेको छ भने न्यूरोड र बुटवलमा तयारी अवस्थामा छ । केही समयपछि भने सातै प्रदेशमा पुर्‍याउने योजना छ । राजकुमार अधिकारी आइडिया स्टुडियो सिजन ४ को नवौँ एपिसोडअन्तर्गतका मेड इन नेपाल राउण्डका प्रतिस्पर्धी हुन् । उनीसँगै यस राउण्डमा ६ जनाले आफ्नो आइडिया प्रस्तुत गर्नेछन्, जसमा ३ जना आइडिएटरले आफ्नो आइडिया प्रस्तुत गरिसकेका छन् भने बाँकी आइडिएटरले अर्को हप्ता प्रस्तुत गर्नेछन् । यसरी हरेक राउण्डमा आइडिया स्टुडियोले एक उत्कृष्ट प्रतिस्पर्धीलाई विजेता बनाउँदै ५ लाख रुपैयाँ बराबरको व्यावसायिक सहयोगसमेत गर्दै आएको छ । ‘सोचदेखि उद्यमसम्म’ नारा लिएर सुरु भएको आइडिया स्टुडियोले २४ जना सिर्जनशील युवाहरुलाई तालिम, परामर्श र लगानीको माध्यमबाट उद्यमसम्मको बाटो पहिल्याउन सहयोग गर्दै आएको छ । Original Post https://shilapatra.com/detail/24923?fbclid=IwAR1EoZn113YVcFE7Y0bjgxgmx5-eKSAW-yiX-wXAzoS_AKDkQ83fvX60_mE Watch the full episode  

देशभरीका ४ सयको बीचबाट ‘आइडिया च्याम्पियन’ बने हुम्लाका दिपक बुढा | News Feature by Onlinedabali| March 31 2020

धनन्जय बुढा | १९ चैत काठमाडौ । हुम्ला जिल्लाका दिपकबहादुर बुढा आइडिया स्टुडियो सिजन ४को च्यम्पियन बनेका छन् । मंगलबार राति ललितपुरमा भएको अन्तिम प्रतिस्पर्धामा उनले Social Impact को Title बिजेता बनेसँगै ५ लाख नगद प्राप्त गरेका हुन् । हरेक वर्ष नयाँ आइडिया जुन आइडियाले उद्योगकोरुप लिएर समाजमा सकारात्मक प्रभाव पार्न सक्ने करिब ४ सय प्रतिश्पर्धीरुको तीन महिनासम्म चलेको आइडिया स्टुडियो नेपालका कार्यक्रम संयोजक अनिल गन्धर्बले अनलाइन डबलीलाई बताए । संयोजक गन्धर्बले लुकेर रहेका तर समाजमा ब्यापकरुपमा सकारात्मक प्रभाव पारिरहेका प्रतिभाहरुबाट आइडिया अथार्त सकारात्मक सोँचको खोजि कार्य विगत ४ वर्षदेख गर्दै आएको बताए । बिजयी बुढाले ‘मिशन मार्शी’ शिर्षकमा आफ्नो धारणा र उपाय विस्तार गरेर फाइनल जितेका थिए । कर्णालीप्रतिको सदियौंदेखि भोकमारी, गरिवी र पिछडिएको उपमा गलत भएको र बरु कसैले मागी खाने भाँडो बनाउन यसो गरेको बुझाई उनको धारणा थियो । अर्कोतिर काठ्माडौं, नेपालगञ्जजस्ता शहरहरु यति सम्पन्न हुँदाहुँदै पनि रोगको शिकार हुने कुरा पनि सोचनिय भएको बताउँदै गन्धर्बले भने,- “हामीले के बुझ्नुपर्छ भने कणार्ली अर्गानिक खाद्यन्‍नको खानी हो भोकमारी होइन भातमारी हो, शहरहरुमा विसादीयुक्त खाना खाइरहेकाछौं त्यसैले रोगी भएका हौं ।” बुढाले कर्णाली जस्तो ठाउँलाई सरकारले कृषिको लागि जोड गर्नु पर्छ, अनि त्यही अर्गानिक खाद्य पदार्थको सहरमा बजारीकरण गर्नुपर्छ, त्यसबाट गाउँ र शहर जोडिने र स्वस्थ र सुखी नेपालीको आधार तयहुने उनले पुष्टि गरेक थिए । सो कार्यक्रमको औपचारिक वृहत रुपमा घोषणा गर्ने कार्यतालिका भएपनि विश्वब्यापी महामारी कोरोनाको असरको कारण केही पर सारिएको आयोजकले बताएको छ                               Watch the full episode Original Post            

समाचारउद्योगराेजगार संकटकालीन घडीमा पनि मिसनमै व्यस्त मार्सी बुढा, को हुन् उनी? | News Feature by Shilapatra | April 1 2020

सम्झना घिमिरे | काठमाडाैं, १९ चैत आज चैते दसैँ । सबैको घरमा विभिन्न परिकारहरू बनाइएको होला । नबनाउन् पनि किन ? आखिर हिन्दु धर्मावलम्बीहरूको दसैँ जो पर्‍यो । परिवार अफन्तहरूसँग भेटभाट रमाइलो गर्ने दिन । तर, अफसोच ! विश्वव्यापी फैलिएको कोरोनाले गर्दा अधिकांश नेपाली घरभित्र थुनिएका छन् । त्यसैले पनि हुन सक्छ । यस पटकको चैते दसैँको रौनक खासै छाएको छैन । बजारमा अभाव, मनमा त्रास र पीडामा रहेको बेला चार्डपर्व मनाउने कुरै आएन । हामी सबै जीवन लम्ब्याउने आशामा घरभित्रै थुनिइरहँदा मार्सी बुढा भने मिसन पूरा गर्ने सोचले कर्णालीदेखि काठमाडौंसम्म आएका छन् । आखिर उनको मिसन के हो ? कुनै आईएसआई वा ‘र’ का एजेन्ट त होइनन् उनी जो संकटकालीन अवस्थामा पनि मिसनमै खटिइरहेका छन् । आखिर को हुन् मार्सी बुढा ? दौरा सुरूवाल कोट र ढाका टोपीमा ठाँटिएका मार्सी बुढा उर्फ दीपकबहादुर बुढा कर्णालीका रैथाने हुन् । उनी कर्णालीदेखि काठमाडौंसम्म त्यसै आएका होइनन् । कर्णालीमै जन्मिएर हुर्किएका दीपक कर्णालीलाई काठमाडौंका व्यक्तिव्यक्तिको स्वादमा रूपान्तरण गर्ने मिसन पूरा गर्ने सपना बोकेर आएका हुन् । आफ्नो मिसनबारे मार्सी बुढा साहित्यिक पारामा भन्छन्ः ‘कर्णालीको विम्ब बदल्ने सपना छ मेरो, आफ्नै जीवनमा साकार पार्ने संकल्प हो मेरो बरू मार्सी फलाउँछु, चौँरी चराउँछु, स्वदेशमै श्रम र सीप बगाउँछु, कर्णालीको विम्ब बदल्ने सपना हो मेरो ।’ यस्तो मिसनमा लागिपरेका मार्सी बुढा अत्यन्तै हँसिला र साहित्यिक व्यक्ति हुन् । आफ्नो मिसनबारे समेत कवितात्मक शैली बताउने उनी साहित्यिक व्यक्ति मात्र नभएर उद्यमीसमेत हुन् । राम्रो उद्यमी बन्ने आफ्नो सपनालाई दीपक अर्थात् मार्सी बुढा ‘मिसन मार्सी’को संज्ञा दिन्छन् । मिसन मार्सी   मार्सी चामलको भात । तपाईं हामी कतिले यो चामलको भातको स्वाद नचाखे पनि यसबारेको चर्चा भने निक्कै सुनेका छौँ । कतिपयले खानु पनि भएको होला र यसको चर्चा पनि स्वतःस्फूर्त गर्नुभएकै होला । हाम्रा नेताहरू पनि मार्सी चामलको भातको चर्चाले नचुलिएका होइनन् । हो, यही मार्सी चामललाई कर्णालीदेखि काठमाडौँसम्म ल्याएर प्रत्येक खानाप्रेमीहरूलाई चखाउने मिसन नै दीपकको सपना हो अर्थात् उनको ‘मिसन मार्सी’ । बेचिएको गरिबी विकट मानिने कर्णाली क्षेत्रमा ६० प्रतिशतभन्दा बढी जनता गरिबीको चपेटामा छन् । यस क्षेत्रमा बेलाबखतमा भोकमरी लागेको समाचार पनि सुनिँदै आएको छ । गरिबीको पीडाले पेलिएर निस्केका हुन् दीपकबहादुर बुढा, अर्थात् मार्सी बुढा । उनी भन्ने गर्छन्, ‘हाम्रो गरिबीलार्ई बेचेर स्रोत साधन परिचालन गर्नुको साटो विदेशी वस्तु किनाइरहेका छन् । घरघरसम्म पुर्‍याइरहेका छन् । चेतना होइन वस्तु पुर्‍याइरहेका छन् । जसले गर्दा घरमा फलेको वस्तुले भन्दा आयातित गुणस्तरहीन वस्तुले घर भरिने गरेका छन् ।’ मार्सी बुढाको मुख्य उद्देश्य भनेको नै चेतनासँगै गाउँघरमै उत्पादित वस्तुलाई कर्णालीमा मात्र होइन, सिंगो देशभरि नै सबैको घरमा राज गराउनु हो । मार्सी बुढाले कर्णालीको विकासका लागि मुख्य विम्बको रूपमा उभ्याएका छन् मार्सी चामललाई । उनका अनुसार कर्णाली क्षेत्रमा वर्षमा १ लाख हेक्टर क्षेत्रफलमा मार्सी धान उत्पादन हुन्छ । स्वास्थ्यका लागि अति नै लाभदायक मानिने र जुनसुकै रोगका लागि पनि राम्रो गर्ने यो बहुगुणी मार्सी चामलको भात राजघराना र राणाहरूले मात्रै प्रयोग गरे पनि अहिले हुनेखाने वर्गहरूको घरमा समेत पाक्न थालेको छ । यसलाई महँगो खाना पनि भन्ने गरिन्छ । यो जातको चामल विदेशमा समेत ब्राउन राइसको रूपमा निकै चर्चित छ । हो, यही चर्चालाई आयस्रोतको रूपमा अगाडि बढाउँदै दीपकले ल्याएका छन् मिसन मार्सी उद्यम । कर्णालीको सपना– काठमाडौंलाई अर्ग्यानिक बनाउने उपत्यकामा घुइँचो लागेर रासायनिक मलबाट उत्पादित खाद्यवस्तु किनेको देख्दा नमीठो लाग्छ दीपकलाई । यही नमीठो अनुभूतिलाई उनले बिजनेसको रूप दिएका छन् । कर्णालीमा १ लाख हेक्टरमा उत्पादन हुने मार्सी धानको चामललाई काठमाडौंमा ल्याई सहज र सुलभ तरिकाले बेची काठमाडौंलाई नै अग्र्यानिक बनाउने सोच छ उनको । मार्सी बुढाको भावी योजना ५ जनालाई रोजगारी दिइरहेका मार्सी बुढाले अहिले एउटा स्टोरबाट मात्रै दिनमा झण्डै १५ हजारको कारोबार गर्दै आएका छन् । उनको स्टोरबाट दैनिक ५० केजी मार्सी धानको चामल काठमाडौंमा बिक्री हुँदै आएको छ । कर्णालीका ५ जिल्लाबाट संकलन गरेर ल्याएको मार्सी चामललाई काठमाडौंमा अझ विस्तार गर्ने योजनाअनुरूप उनी अब स्टोरमा मात्र सीमित नरही अनलाइन, हेल्थ क्लब र डिपार्टमेन्टल स्टोरसम्म पुर्‍याउने योजनामा छन् । यी सबै स्थानमा पुर्‍याउन सके ५० केजीदेखि ५ सय क्विन्टलसम्म चामल कर्णालीबाट काठमाडौंमा बेच्ने योजनामा छन् । यसका लागि उनले १ करोड रुपैयाँको लगानी गर्नुपर्ने अनुमान गरेका छन् । बजारसमेत अध्ययन गरिसकेका मार्सी बुढा काठमाडाँैका ४० लाख मानिसमध्ये २० प्रतिशतलाई १ केजी चामल बेच्न सके मात्रै पनि २ सय क्विन्टलभन्दा बढीको व्यापार हुने दाबी गर्छन् । त्यति मात्र होइन, कर्णालीलाई गरिब जिल्लाको उपमा हटाउँदै नेपालको पहिलो अग्र्यानिक क्षेत्रको रूपमा स्थापित गर्ने योजना छ उनको । उनी भन्छन्, ‘मेरो उद्यमबाट १७ लाख कर्णालीवासीको मुहारमा मुस्कान छर्न सकूँ– अग्र्यानिक मार्सी धान उत्पादन गरेर ।’ भावनालाई उद्यमसम्म पुर्‍याइदिने आइडिया स्टुडियो भावनात्मक रूपमा मात्र उद्यम गर्न नसकिने बुझेर दीपकले त्यही भावनालाई उद्यमसम्मको बाटो दिन आइडिया स्टुडियो आएको बताउँछन् । प्रविधिको विकाससँगै उद्यम गर्ने शैलीलाई परिवर्तन गर्नुपर्छ भन्ने कुरा उनले आइडिया स्टुडियोबाटै पहिल्याए । दीपकबहादुर बुढा आइडिया स्टुडियो सिजन– ४ को सोसल इम्प्याक्ट राउण्डका विजेता हुन् । ५ जना प्रतिस्पर्धीलाई उछिन्दै उनी सोसल इम्प्याक्ट राउण्डका विजेता बनेका हुन् । आइडिया स्टुडियोले विजेता दीपकलाई ५ लाख रुपैयाँको व्यावसायिक सहयोग गरेको छ । ‘सोचदेखि उद्यमसम्म’को नारा लिएर सुरू भएको आइडिया स्टुडियोले २४ जना सृजनशील युवाहरूलाई तालिम, परामर्श र लगानीको माध्यमबाट उद्यमसम्मको बाटो पहिल्याउन सहयोग गर्दै आएको छ । Watch the full episode Original Post प्रकाशित मिति: बुधबार, चैत १९, २०७६

नयाँ सोच, नौलो उत्पादन : आइडियाले दिएको ऊर्जा | News Feature by Shilapatra | March 26, 2020

सम्झना घिमिरे | काठमाडौं, १३ चैत कोरोनाको डरले घरमै बस्नुभएको छ ? भागदौडको जीवनमा अभ्यस्त भइसकेका तपाईं हामीलाई घरभित्रै बस्न निकै सकस भइरहेको होला । जताततै कोरोनाको चर्चा छ । घरमा बसौँ, कसरी स्वस्थ खानेकुरा खाने ? कसरी कसैलाई नभेटी, नछोई आवश्यक सामान किन्ने भन्ने अन्योल अहिले सबैमा छ । पछिल्लो केही हप्ताबाट छिमेकी देशहरूसँगका नाका सबै ठप्प छन् । त्यसैले नेपालीमा अहिले एउटै चिन्ता छ, कोरोनाले भन्दा छिटो अभावले पो मार्छ कि भन्ने । हुन पनि नेपाल ८० प्रतिशत आयातमा निर्भर छ । नुनदेखि सुनसम्म विदेशबाटै आयात गर्नुपर्ने अवस्था छ । यसले गर्दा कोरोना भाइरसभन्दा पनि पीडादायी बन्दै छ अभावको भय । यस अवस्थामा अभावलाई अवसरमा परिणत गरी केही सिर्जनशील युवाहरू भने मुलुकलाई आयातमा परनिर्भरबाट आत्मनिर्भर कसरी बनाउने भन्ने दिशामा लागिपरिरहेका छन् । लामो समयदेखि कोरोनाको जोखिम र त्रासलाई पर सार्दै सुरक्षित तवरमा दिनरात स्वदेशी उत्पादनलाई वृद्धि गर्दै घरगाउँमा भएका स्रोत, साधनलाई कसरी उपयोग गरी अभाव टार्ने भन्ने योजनामा छन्- अस्मिता उपाध्याय र अनु कार्की । हामी नेपाली, हाम्रो राष्ट्रिय खाना गुन्द्रुक र कोदोको ढिँडो । पक्कै पनि कोदोबाट अपरिचत हामी कोही छैनौँ । कोदोको ढिँडो, रोटी, खोले आदि हामी सबैले खाएकै छौँ । यी घरेलु खानाबाट वाक्क भएर अचेल शहरतिर कोदो खासै खाँदैनन् । रगत-पसिना बगाएर फलाएको कोदोले रक्सी मात्र बनाइन्छ, जसले गर्दा किसान बजार नपाएर हैरान छन् । कोदो विस्तारै लोकल रक्सी बनाउने कच्चा पदार्थमा सीमित हुँदै आएको छ । तर, के तपाईंलाई थाहा छ- अस्मिता उपाध्याय र अनु कार्कीले कोदोबाट हजुरबुबादेखि नातिसम्मलाई मनपर्ने गरी नयाँ परिकार दिदै छन्- कदोको कुकिज बनाएर । भोक लाग्यो, चिया पकाएर कुकिज खायो । कतै क्याफेमा गयो, सरल कुकिज नै । कतै घुम्न जाँदा पनि छिटो अनि मीठो कुकिज नै । कुकिज कुकिज हजुरबुबादेखि नातिसम्मलाई मनपर्ने चिज । मार्केटमा माग बढ्दो छ । विदेशबाट थरीथरीका कुकिज नेपाल आउँदा नेपालमै स्वस्थ्यवर्द्धक कुकिज किन नबनाउने भन्दै उपाध्याय सोचमग्न हुन्थिन् । सोच्दासोच्दै लमजुङमा नै कोदो उत्पादन गर्ने किसानले गरेको दु:ख र बजार नपाएर कुहिएको कोदोलाई सम्झिइन् । कोदोबाट किन नबनाउने कुकिज ? शहरमा ६० प्रतिशतभन्दा बढी वृद्ध तथा वयस्कहरूलाई चिनी रोग छ । सुगर रोगीका लागि पनि हुने, स्वास्थ्यका लागि पनि हुने अनि शहरियालाई पनि र गाउँलेलाई पनि । यही सोचलाई उद्योगको रूप दिन उपाध्याय र कार्की अहिले कुकिज बनाउन व्यस्त छन्, त्यो पनि स्वदेशी कोदोबाट । उनीहरू विजनेसलाई कोदो कागुनो नाम दिँदै कोदोबाट कुकिज बनाउने योजनामा छन् । पौष्टिक तत्त्वले युक्त कोदोलाई बजारमा ल्याउँदा विभिन्न प्रकारका रोगीहरूलाई थप सहयोग पुर्‍याउने उपाध्यायको दाबी छ । उनको पहिलो टार्गेट अस्पतालका बिरामी र घुम्न जानेहरू हुन्, जो स्वस्थ र छिटो मीठो खानाको खोजीमा हरदम हुन्छन् । उमेरले सानै भए पनि सोचमा पक्का रहेकी उपाध्याय आइडिया स्टुडियोको साथबाट कोदोलाई बजार दिन लागिपरिरहेकी छन् । उनी उत्पादन मात्र नभएर उत्पादनको बजारीकरण कसरी गर्ने भन्नेमा पनि उत्तिकै चनाखो छन् । बजारीकरण गर्न उनी कुकिजको बाहिरी आवरणमा पनि मौलिकता झल्काउने र किसानको पसिना झल्काउने सोचमा छन् । उनी निर्धक्कका साथ भन्छिन्, ‘कुकिज खानुभन्दा अगाडि तपाईंको अधिकार हो त्यसबारे जान्न पाउने । कहाँबाट अनि कसरी उत्पादन भएको छ भनेर जान्ने । त्यसैले हामीले कुकिजको प्याकेजिङलाई पनि ध्यानमा राखेका छौँ ।’ मौलिक शैलीमा फरक स्वादको उपाध्यायको कुकिजले आइडिया स्टुडियोका निर्णायकहरूलाई पनि लोभ्यायो । निर्णायक तथा गायिका आनी छोयिंग ड्रोल्मा कुकिज खाँदै तारिफ गर्दै भन्छिन्, ‘तपाईंको यो कुकिज म यहाँ मात्र होइन, घर लगेर सबैलाई खुवाउँछु । साँच्चै कल्पना पनि गरेकी थिइनँ यतिधेरै मीठो होला भनेर ।’ उनले यसो भन्दै गर्दा निणर्यकहरू पनि होमा हो मिलाइरहेका िए । आखिर नमिलाउन् पनि किन, उपाध्यायको उत्पादन नै यति मीठो छ । उपाध्यायले त किसानले फलाएको फललाई प्रयोगमा ल्याइन्, उता मितेस श्रेष्ठ र सुप्रिम था भने अर्गानिक खेती गर्न चाहेर पनि गर्न नसकिरहेका किसानलाई कसरी अर्गानिक खेतीमा अग्रसर गराउने भन्नेमा लागिपरिरहेका छन् । यदि मल नै अर्गानिक भएन भने फल कसरी आर्गानिक हुन सक्ला ? हो, यही सोचले उनी जैविक किटनाशक मल बनाउन लागिपरिरहेका छन् । मितेस नेपालमै पाइने प्राकृतिक वस्तुहरूबाट जैविक मल उत्पादन गरेर अर्गानिक उत्पादनलाई बढाउन सकिनेमा विश्वस्त छन् । यो मल किटनाशक हुनुका साथै स्वस्थ पनि हुने र अन्य मलहरूको तुलनामा सस्तो पनि पर्ने हुन्छ । सस्तो र आफ्नै वरपरका प्राकृतिक वस्तुहरुबाट बनाइएको किटनाशक मलले स्वास्थ्यमा पनि फाइदा पुर्‍याउँछ अनि भएनन् त किसान खुसी ? किसान मात्र होइन, मलबाट फल फलाएर स्वस्थ कुकिज खुवाउने सपना बोकेकी उपाध्याय पनि मितेस श्रेष्ठ र सुप्रिम थाको योजना देखेर दंगै छन् ।               उपाध्याय, था र श्रेष्ठ हामीलाई कसरी स्वस्थ खानेकुरा प्रवाह गर्ने भनेर लागिपरिरहेका छन् । खानाबाट स्वस्थ त पक्कै हुन्छौँ हामी सबै । तर, स्वस्थ खाएर शरीरलाई सुहाउने पोसाकमा ठाँटिँदै हिँड्ने रहर कसलाई पो नहोला र ? विजय परियार भने हामीलाई सुहाँउदो पोसाक बनाएर सजाउने योजनामा तल्लीन छन् । विजय परियारले मिस्टर परियार नामक एप ल्याएका छन्, जसले टेलरिङको काम गर्छ । टेलिरिङ मात्र नभएर सीप भएर पनि ग्राहकको अभावमा विरक्तिएका आम सिलाइकटाइ गर्ने सिपालु व्यक्तिहरूलाई रोजगारी पनि दिनेछ । तपाईं हामीलाई धेरैचोटि एउटा पोसाक सिलाउन कुन टेलरमा दिने ? कसले राम्रो बनाउँछ ? कतै आफ्नो कपडा उल्टै बिगारी पो दिने हुन् कि ? भन्ने संकाले सताइरहेको हुन्छ । हामी सबै सस्तो पनि, छिटो पनि अनि आफूले भनेजस्तो पनि लुगा सिलाउने ठाउँ खोजिरहेका हुन्छौँ । हो, त्यही खोजीलाई बजार बजार डुलाउनुको साटो मिस्टर परियार एपले चाहिँ एकै ठाउँमा बसेर पूरा गर्ने योजना बनाएको छ । यसका लागि परियारले बजार पनि अध्ययन गरिसकेका छन् । उनी भन्छन्, ‘उपत्यकामा हजारौँ ग्राहकहरू दिनभर कहाँ कपडा सिलाउन दिने भन्दै भौँतारिइरहेका हुन्छन् । तिनै ग्राहकहरूलाई यो एपबाट सजिलै टेलरिङ सुविधा दिन सकिन्छ । एपमा टेलर व्यवसायीहरू पनि जोडिने हुँदा व्यवसायी एकत्रित हुन्छन् । यसले बजारमा स्वच्छ प्रतिस्पर्धा गराउँछ अनि ग्राहकलाई कपडा कहिले बन्छ भनेर बस्नुपर्ने बाध्यता पनि हुँदैन।’ परियार मिस्टर परियार एपले ग्राहकलाई थप सहज बनाउनुका साथै व्यवसायमा पारदर्शिता पनि कायम गर्नेमा ढुक्क छन् । आइडिया स्टुडियोको उत्पादन आइडिया स्टुडियोले हरेक १५ दिनमा युवाहरूलाई आफ्नो सिर्जना प्रस्तुत गर्दै उनीहरूको सोचलाई उद्योगसम्म पुर्‍याउने बाटो तय गर्दै आएको छ । माथि उल्लेखित योजनाहरू पनि आइडिया स्टुडियो सिजन ४ का सोसल इम्प्याक्ट राउण्डका प्रतिस्पर्धीहरूको हो । प्रतिस्पर्धीहरूको सिर्जनालाई सम्मान गर्दै आइडिया स्टुडियोले प्रत्येक राउण्डका विजेताहरूलाई ५ लाख रुपैयाको ब्यवसायीक लगानी गर्दै आएको छ। आइडिया स्टुडियोमा अहिले २४ जना प्रतिस्पर्धामा छन् । Watch the full episode Original News प्रकाशित मिति: बिहीबार, चैत १३, २०७६, ०९:४५:००

आर्यघाटले दिएकोे ‘आइडिया’ | News Feature by Shilapatra | March 21, 2020

सम्झना घिमिरे | काठमाडौं, ८ चैत ‘सोचदेखि उद्योगसम्म’को अवधारणामा रहेर नयाँ आविष्कार गरेर उद्यमी बन्ने सपना बोकेर हिँडेका आमयुवाहरूलाई उद्योगसम्मको बाटो देखाइदिने उद्देश्यले सञ्चालित आइडिया स्टुडियोको सिजन ४ को छैटौँ एपिसोडको ग्रिनोभेसन विधामा आङ डोल्मा शेर्पाले ग्रिनोभेसन आइडिया प्रस्तुत गरेर ५ लाख रुपैयाँ जित्न सफल भएकी छन् । आइडिया स्टुडियोले ६ सय प्रतिपस्पर्धीबाट ३१ जना र ३१ जनाबाट २४ जनालाई छनोट गरी ४ वटा विधामा प्रतिस्पर्धा गराएर विजेता ४ जनालाई ५ लाख रुपैयाँ नगद पुरस्कार प्रदान गर्दै आएको छ । आङ डोल्मा शेर्पा भने आइडिया स्टुडियो सिजन ४ को एपिसोड ६ की विजेता हुन् । आफ्नो कामप्रति दंग जबजब आङ डोल्मा शेर्पा कसैको अन्तिम संस्कारका लागि पुग्छिन्, उनी मुसुक्क हाँस्छिन् । शोकमै किन नहोस्, उनी समवेदना प्रकट गरेपछि पनि मुस्कुराउँछिन् । मालामी जाँदा मात्र होइन, उनी अरू कसैको विवाह पार्टी या बिदाइमा जाँदा पनि पुलकित बन्छिन् । तपाईंलाई अचम्म लाग्ला, आखिर किन आर्यघाटदेखि पार्टी हलसम्म र अन्तिम संस्कारदेखि स्वागत गर्दासम्म उनी मुस्कुराउँछिन् ? यसको एउटै उत्तर छ डोल्मासँग, त्यो हो– उनको सिर्जना । डोल्माको सिर्जनाले कसैलाई रुवाउँदै बिदाइ गर्छ त कसैलाई हँसाउँदै स्वागत पनि । सुख, दुःख, रोदन सबै समेटिन्छन् शेर्पाका सिर्जनामा । यही सिर्जनालाई साकार पार्दै शेर्पा आइपुगेकी छन् आइडिया स्टुडियो । आर्यघाटले जन्माएको आइडिया उनी सिर्जनाको पोको निर्णायकहरूका सामु फुकाउँदै भन्छिन्, ‘यो आइडिया त आर्यघाटबाट जन्माएको हो ।’ उनको ‘आइडिया’ अर्थात् खादाको व्यापार । जबजब शेर्पा आर्यघाट पुग्थिन्, एउटै हुटहुटीले सताउँथ्यो । उनलाई र उनकी आमालाई अन्तिम संस्कारका लागि राखिएका लासमाथिको खादा विना कारण जलेको पटक्कै मनपर्दैनथ्यो । उनी सोच्थिन्, ‘किन अन्त्य गरिन्छ मानिससँगै खादालाई पनि ?’ जन्मदेखि मृत्युसम्म प्रयोग गरिने खादा जलाइएको देखेर उनलाई सधैँ नरमाइलो लाग्थ्यो अनि उनी त्यसरी खादा जलाइएको प्रति आक्रोश पोख्दै बस्थिन् । यसरी आर्यघाटाको खादाले उनमा सानैदेखि प्रभाव छाडेको थियो । उनी बढ्दै गइन् । उनीभित्र बढ्दै गयो खादाप्रतिको उनको आकर्षण पनि । खादा फालिएको र जलाइएको प्रति गुनासो गरेको २ वर्षपछि भने उनले खादाका बारेमा अध्ययन, अनुसन्धान गरिन् । भनिन्छ, केही गर्न चाह्यो भने भगवान् पनि पूरा गर्न लागिपर्छन् । अध्ययन, अनुसन्धान गर्दागर्दै अनि आर्यघाटमा छरिएका र जलिरहेका खादाहरूबाटै सुरु हुन्छ उनको खादा उत्पादन गर्ने सपना । र, त्यही खादा बनाउने सपना टेकेरै सुरु हुन्छ उद्यमी बन्ने सपना । चम्ब खादा खादाका बारेमा खोज्दै जाँदा उनी नेपालमै पहिलो पटक चलन चल्तीमा ल्याइएको पहिलो खादा चम्ब खादासम्म पुगिन् । सेतो, सादा र कमसल लाग्ने खादा खासै उपयोगी लागेन उनलाई । कारण, खादा लगाउँदा लुगामा अड्किने खालको थियो । उनलाई लाग्यो, ‘म आफैँले खादा किन नबनाउने ? किन मौलिक खादा प्रयोगमा नल्याउने ?’ यही सोचले उनलाई खादा बनाउनेसम्म पुर्‍यायो । मौलिकताप्रतिको मोह नेचुरल फाइबरबाट खादा बनाउने योजनामा छिन् उनी, जुन बायोडिग्रेबल हुन्छ अर्थात् पुनः प्रयोग गर्न सकिने । नेचुरल फाइबरबाट बनाइएको खादामा मौलिकता झल्काउन अष्टमंगलको चित्र राखिएको बताउँछिन् । पछिल्लो समय खादामा बौद्ध धर्मावलम्बी मात्र नभएर सबैको रुचि बढ्दै गएको छ । त्यसैले पनि पुनः प्रयोग गर्न सकिने खादाहरू बजारमा ल्याउन चाहन्छिन् शेर्पा । विस्तारै हुने विकासमा विश्वास गर्ने शेर्पा उत्पादनलाई परिष्कृत गर्दै लगेको बताउँछिन् । अहिलेसम्म उनले २३ लाख रुपैयाँ नाफा गरिसकेको बताउँदै उत्पादनलाई बढाउँदै लैजाने सोच रहेको बताइनन् । उनको सोच र अवधारणालाई पूरा गरेको छ, आइडिया स्टुडियोले । त्यसैले त उनी आइडिया स्टुडियोको डिल राउण्डअन्तर्गतको ग्रिनोभेसन प्रतिस्पर्धामा विजेता बनिन् र ५ लाख रुपैयाँ हात पार्न सफल भइन् । अबको योजना वनस्पती रङमा खादा निकाल्ने उनको सोच छ । उनी भन्छिन्, ‘अहिले खादा बनाउँदा केमिकल प्रयोग गरिँदै आएको छ । अब केमिकलरहित बनाउँदै सस्तोमा बेच्ने योजनामा छौँ ।’ प्रकृतिको धनी देशमा अब खादा पनि वनस्पती रङमा नै निकाल्दा स्वास्थ्यलाई समेत थप सहयोग पुर्‍याउने उनको बुझाइ छ । त्यसमाथि वनस्पती रङ नेपालमै बन्ने हुनाले नेपालकै स्रोत परिचालन गर्ने उनको सोच छ । त्यसका लागि अब मेसिन आफैँ किनेर आफैँ उत्पादन गर्ने सोच बनाएकी छन् । आइडिया स्टुडियोबाट नगद जितेसँगै अब ८ सय पिस उत्पादन गर्दै आएको खादालाई बढाएर ३ हजार पिस प्रति महिना बनाउने उनको योजना छ । वनस्पती रङबाट बनाउने खादालाई देखाएर उनी विजनेस मात्र नभएर आफ्नै स्वदेशी स्रोत साधनबाट समाजमा केही गर्न सकिन्छ है भन्ने उदाहरण दिन चाहेको बताउँछिन् । Watch the full episode   Original News प्रकाशित मिति: शनिबार, चैत ८, २०७६  

यी आइडिया, जसले घरमै बसेर बनाउनेछन् लखपति | News Feature by Shilapatra | March 19, 2020

सम्झना घिमिरे | काठमाडाैं, ६ चैत ‘नेपालमा पढ्न मन नै लाग्दैन । पढेर के गर्ने ? नेपालमा भविष्य नै छैन । पढ्न त पढ्ने तर व्यवसायी, उद्यमी हुन लगानी नै छैन । वातावरण पनि छैन । बैंकहरूबाट कर्जा लिएर गरौँ भने योजनालाई पत्याउँदैन । योजनालाई साकार पार्न पैसा छैन । गर्ने के त ?’ अधिकांश नेपाली युवाको समस्या हो यो । युवाहरू जो आफ्नै बलबुतामा नयाँ कामका साथ समाज बदल्ने सपना देख्छन्, त्यो सपनालाई यथार्थमा परिणत गर्न विगत ६ वर्षदेखि आइडिया स्टुडियोले नवीनतम सोच र ऊर्जालाई मिसाएर बलियो घर बनाइदिँदै आएको छ । त्यो घर तपाईं बस्ने सामान्य इँटा वा माटोको नभएर तपाईंको सोचको घर हो । नयाँ ऊर्जा र दूरदर्शी सोचहरूमा आधारित विजेनस योजना लिएर आउने र उद्यमी बन्न चाहने व्यक्तिहरूलाई उद्यमीतर्फको बाटो तय गरिदिन्छ आइडिया स्टुडियोले । आइडिया स्टुडियो सिजन ४ को पाँचौँ शृङ्खलामा आइपुगेका छन् ६ जना प्रतिस्पर्धी । ‘डिल राउण्ड’ नाम दिइएको यस शृङ्खलामा प्रत्येक युवाहरूले आफ्नो सिर्जना र त्यसलाई साकार पार्ने योजना प्रस्तुत गर्छन् । तीमध्येबाट एक प्रतिस्पर्धी छानिएर डिल राउण्डको विजेता बन्छन् । विजेताले आइडिया स्टुडियोबाट ५ लाख रुपैयाँ नगद पुस्कार पाउँछन् । २ हप्ता विजनेस कसरी गर्ने ? रिर्सच कसरी गर्ने ? अनि योजनालाई उद्योगको रूप कसरी दिने ? भनेर आइडिया स्टुडियोको तालिममा सहभागी भएर आफ्ना आइडियाले सार्थकता पाएको सपना देख्दै डिल राउण्डमा आइपुगेका छन् ६ जना आइडिया किङ । ६ जनामध्ये यो सृङखलामा ५ जनाका आइडिया प्रस्तुत गरेका छौं, जसले आफ्नो सोच बदलेर समाज बदल्न प्रेरित गर्दैछन् । फोहोर होइन, मोहोर हो नफालौँ जोसेफ श्रेष्ठ जोसेफसँग गज्जबको आइडिया छ– देशलाई सफा राख्दै नयाँ र पृथक रोजगारी सिर्जना गर्ने । अचम्ममा नपर्नुहोस् । देशलाई सफा राख्ने हामी सबैको कर्तव्य हो तर के हामीले त्यो कर्तव्य पुरा गरेका छौँ त ? छैनौँ भने सोच्नुहोस् है ! फोहोरलाई मोहोर बनाउँदै देशको सेवा पनि गर्न सकिन्छ अनि पैसा कमाउन पनि । श्रेष्ठले गज्जबको मेसिन बनाएका छन्, जसको नाम हो– रिजर्भ भेन्डिङ मेसिन । यसले बजारमा हुने प्लास्टिकजन्य सामग्रीलाई थुपारेर आफैँ फोहोर लैजान आग्रह गर्छ । तपाईंले देख्नुभएको होला, ‘फोहोर मलाई’ लेखिएका डस्टबिनहरू सडक, पार्क छेवैमा । हामी त्यसैमा फोहोर फालेर हिँड्छौँ । तपाईंलाई थाहा छ । हामीले फालेका तिनै फोहोरबाट मोहोर निकाल्ने गर्छन् श्रेष्ठ । वास्तवमा श्रेष्ठको मेसिनले तपाईं हामीले प्रयोग गरेका प्लास्टिकजन्य सामग्री सङ्ग्रह गर्छ । त्यसका लागि यसलाई सडक, पार्क, अस्पताल, रेस्टुरेन्ट जस्ता स्थानमा राखिन्छ । भरिएपछि मेसिनकै मद्दतले सङ्कलनकर्तालाई अटोमेटिक सूचना जान्छ । सूचना पाएसँगै सङ्कलनकर्ता आएर ती फोहोरलाई मोहोरको रूप दिन थाल्छन् ।     मोहोरका रूपमा निस्कन्छन् गमला, कभर व्लक र टायल, जसलाई बजारमा तँछाडमछाड गर्दै ग्राहकले १ सयदेखि १ हजार रुपैयाँसम्म हालेर खरिद गर्छन् । अनि भएन त फोहोरबाट मोहोर ?       पीडा र त्रासमा उब्जिएको सिर्जना विधि मण्डल भूकम्पको अनुभवले तपाईं हामीलाई अझै तर्साउँँछ । घरिघरि त फेरि आउँछ कि भन्ने चिन्ताले पनि पिरोल्छ होला । हुन पनि हामीसँग भूकम्पको तीतो अनि नमीठो अनुभव छ । तपाईं हामी कतिले आफन्तलाई पनि गुमायौँ भूकम्पमा । भूकम्पले दिएको चोट र दुःखबाटै पेलिएर निस्किएको नयाँ सिर्जनालाई लिएर आएकी छन् विधि मण्डल । मण्डल पनि २०७२ वैशाखको विनाशकारी भूकम्प जाँदा काठमाडौंमै भाडामा बस्थिन् । भूकम्पले चिराचिरा पा¥यो उनको घर पनि । हेर्दै उराठ लाग्ने गरी । कोठा सरौँ, काठमाडौंमा कोठा पाउनै मुस्किल, चिराचिरा परेको घरलाई बस्नयोग्य बनाउन घरधनीलाई आग्रह गर्दा उल्टै नमीठो जवाफ पाइन् । तिनै नमीठा याद र अनुभवलाई सँगाल्दासँगाल्दै नयाँ सपना साँच्न थालिन् विधि । उनको सपना थियो– भूकम्प प्रतिरोधी घर बनाउने, धनीलाई पनि हुने, गरिबलाई पनि । उनले जताततै शहर नै प्रदूषित हुने गरी फालिएका प्लास्टिकलाई राम्रो र भरपर्दोका साथै दह्रो इँटा बनाउन सकिन्छ भन्दै खोजी गर्न थालिन् । ‘खोज्दा भगवान् त भेटिन्छ’ भन्ने नेपाली उखान छ । उनले योजना खोज्दै थिइन् । नपाउने त कुरै भएन । काठमाडौंमा दैनिक ८२.५ मेट्रिक टन प्लास्टिक उत्पादन हुने भएपछि प्लास्टिकबाट इँटा बनाउन सकिन्छ कि सकिँदैन भनेर अध्ययन गर्न थालिन् । उनले गरिबीकै कारण भग्नावशेष घरहरूमा बस्न बाध्य मानिसका लगि ‘आवास’ नामक योजना ल्याएकी छन् । प्लास्टिक र केमिकल प्रयोग गरेर बनाइएको इँटा अन्य इँटाभन्दा २ रुपैयाँ कमी हुने भएकाले त्यस्ता मानिसलाई लाभ हुने उनको भनाइ छ । यसरी बनाइएको इँटा अन्य इँटाको तुलनामा बढी बलियो हुने उनको दाबी छ । उनी सामन्य घर बनाउनभन्दा यस इँटाले बनाउने घरमा ७ लाखदेखि १२ लाख रुपैयाँमै घर बनाउन सकिन्छ । यो सामान्य इँटाबाट बनाउने घरभन्दा १० देखि १२ लाख रुपैयाँसम्म सस्तो पर्ने उनको भनाइ छ । यसबाट समय पनि बचत हुनेछ । एक तल्ला घर बनाउन मात्र अढाइ महिना लाग्ने मण्डलको दाबी छ । उनी भन्छिन्, ‘हामी आवास हौँ, जसले आजको वेसलाई भोलिको फाउन्डेसन बनाउन काम गर्छौं ।’ बाँसबाट व्यवसाय अंशु प्रधान बेत र बाँस हामी सबैले देखिरहेका हुन् । हेर्दा समान्य लागे पनि बेत र बाँसबाट भने सुन्दर सामग्रीहरू बनाउन सकिने योजनाका साथ आइडिया स्टुडियोमा आएकी छन्, अंशु प्रधान । अंशु प्रधान अर्थात् सिस्टर्स इन्टरप्राइजेजकी निर्देशक हुन्, जो मौलिक ह्याण्डिक्राफ्टहरू उत्पादन गरेर पर्यटकहरूलाई लोभ्याउने गर्छिन् । उनको फ्याक्ट्रीबाट उत्पादन हुने वस्तुहरूले जोसुकैलाई पनि लोभ्याउन सक्छन् । बेत र बाँसको घरेलु प्रयोगबाट उनी ठूलाठूला रेस्टुराँहरूलाई चाहिने समानहरू बनाउँछिन् ।सानासाना सामानहरूमा ‘कल्चरल आर्ट’ झल्काउने सामग्री उत्पादन गर्ने उनी विदेशमा नेपालीहरू माझ लोकप्रिय बन्दै गइन् । बेस्ट सेल अवार्ड र बेस्ट ह्याण्डिक्राफ्ट अवार्डबाट सम्मानित प्रधान अहिले ४ लाख २३ हजार रुपैयाँसम्मको मासिक व्यापार हुने गरेको बताउँछिन् । ‘वार्षिक ५० लाख रुपैयाँको कारोबार गर्छु, त्यसमा मार्जिन २८.८ प्रतिशत छ र मासिक फाइदा ९२ हजार रुपैयाँ छ । अहिले बेतमा काम गर्ने मानिसको अभाव भएकाले भारतबाट कर्मचारी ल्याउनुपर्ने बाध्यता छ’, उनी भन्छिन्, ‘लगानी अझै बढाउन सके नेपालमै त्यस्ता व्यक्तिहरूलाई तालिम दिएर दक्ष बनाउन सकिन्थ्यो ।’ यसरी भारतबाट काम गर्ने जनशक्ति ल्याएर नेपालमा उत्पादन गर्न महँगो पर्ने गरेको थियो । यसले गर्दा कसरी पैसाको व्यवस्थापन गर्दै व्यवसायलाई उद्योगको रूप दिने भन्ने हेतुले ‘बेम्बो प्रोडक्ट’ नामक योजना लिएर लिएर आइडिया स्टुडियो आइन् । उनको नयाँ ऊर्जा र नयाँ सोचलाई स्टुडियोले नमान्ने त कुरै भएन । उनी बजारमा बाँस र बेतबाट बनेका समानहरू माग बढ्दै गएको र यसलाई उद्यमको रूपमा विकास गर्ने हो भने आफू मात्र नभएर मुलुक नै सक्षम हुने बताउँछिन् ।  उनी नेपालमै रोजगारी सिर्जना गरौँ भनेर तालिम पनि दिँदै आएकी छन् । अब भने उनी बेत र बाँस नभएर बाँसमा मात्र केन्द्रित हुने बताउँछिन् । उनी भन्छिन्, ‘एकतिर मात्र फोकस हुनुपर्ने रहेछ । अनुभवले सिकायो, अब भने बाँसबाट मात्र बन्ने सामानहरू उत्पादन गर्छु । बजारमा अर्डर

Idea Impact Investment Fund

Idea Impact Investment Fund Nepal was launched on March 24, 2019 at the Gala event of Season 3 to support social businesses primarily associated with Idea Studio. One of the biggest hindrances for their sustenance in Nepal was lack of investment fund for start-ups and business with wider-good with clear commercial return of investment to scale-up. Therefore, the Investment Fund was established to promote and foster socially innovative ideas/business/ projects from startup to small-to-medium-sized and even large scale business in Nepal with strong growth and impact potential and to flourish comprehensive ecosystem of entrepreneurship. The pool fund from various national and international investors/co-investors are encouraged to achieve Idea Studio Nepal’s main objective of impact investment.  During Season 3, three promising startups, in the categories of Made in Nepal, High Flying, Social Impact were awarded with NRs 5,00,000 each as seed investments. This year the tradition shall continue with an additional support from World Wildlife Fund Nepal  (WWF Nepal). The fourth award is Greenovation, which will be presented to the start up that is promising in terms of contributing towards promoting green business through its enterprise. Other than these, the fund or investment will be given to the businesses depending upon their performance.

ISN-NYC creating entrepreneurial ecosystem

Idea Studio Nepal (ISN) and National Youth Council (NYC) come together to create an entrepreneurial ecosystem in seven provinces of Nepal. Both the organisations have signed a MoU to work towards establishing an entrepreneurial ecosystem. The plan is to establish and operationalize the Youth Innovation Center in each province in the next 10 years. The Center will be a space for incubation and innovation for youths of the respective province with investment opportunities. The incubation will prepare youths to steer entrepreneurship in a systematic approach and help commercialize their products as per the demand of the market. ISN is the official technical partner for incubation for the project. The aim is to bring out the innovative minds to create larger impact in society through entrepreneurship. The motive is to give support to youths who aspire to become entrepreneurs.  

One day Workshop on Creation of Innovative Businesses

One day workshop on Creation of Innovative Businesses was organized on December 25, 2019 at Idea Studio Nepal Office facilitated by Asst. Prof Rupesh Krishna Shrestha, Kathmandu University and Director and Co-founder of Idea Studio Nepal. The workshop was especially organized for entrepreneurs from National Innovation Center (NIC) and National Youth Council (NYC) to help them in their entrepreneurial journey. The highlight of the workshop was how entrepreneurs should think and do things differently. The main learning of the workshop was that starting any business is not about oneself but about how customers think. The design thinking session was an activity based session where participants were divided in pairs and had to design a product as per the partners requirement. The workshop focused largely on the importance of research and involving customers in the design thinking process. The participants of the workshop mentioned how the design thinking session made them realize where to start from when starting their design process. This research made it easier for them to design products as per the customers requirement and make less mistakes.

Scroll to Top