झिँगामा भविष्य खाेज्नेहरू, जसले बनाउँदै छन् औषधि

खासगरी गर्मीयाममा झिँगा धेरैका लागि समस्या हाे । यसलाई धपाउन वा मार्न हामी अनेक उपाय लगाइरहेका हुन्छाैँ । धेरैलाई थाहा नहुन सक्छ, झिँगा केवल फाेहर हाेइन, औषधि पनि हाे । त्यसैले त दुई वर्षदेखि झिँगाबाट औषधि निकाल्न लागिपरेका छन् काठमाडौं तार्केश्वर नगरपालिकाका हिरेन्द्र जोशी, सुष्मा मगर र बबिता राउत। जीतपुरफेदीका यी तीन युवा ग्रीन फंगी बायोटेक  कम्पनी खाेलेर झिँगाबाट औषधि र पशुपन्छीलाई चाहिने प्रोटिनयुक्त दाना बनाउने प्रयास गरिरहेका छन् । उनीहरूले झिँगामा जीवनकाे सफलता सपना देखेका छन्, जसलाई साकार पार्न कहिले कालीमाटीमा कुहिएको फोहर उठाउँदै गरेकाे भेटिन्छन् त कहिले सडक किनारका फोहर उधिन्दै गरेका देखिन्छन् । झिँगाको आहाराका लागि फोहर खोज्दै ग्रिन फंगी बायोटेक प्रालिका संचालक हिरेन्द्र जोशी बायोटेक विषयमा स्नातक गर्दै गरेका उनीहरू बालाजुको जीतपुर फेदीमा फार्म खोलेरै झिँगाकाे खेती गरिरहेका छन् । जहाँ उनीहरूले ९ हजारभन्दा धेरै झिँगाका लार्भा विकास गरिरहेका छन् । गफ गर्दा फुरेको आइडिया  काठमाडौंको शान कलेजमा अध्ययनरत हिरेन्द्रले दुई वर्षअघि रेड एक्स नामक ग्रुपमा साथीहरूसित गफ गर्दा ब्ल्याक सोल्जर फ्लाई शब्द सुने । नेपालमा बिरलै प्रयोग हुने भएकाले उनका लागि यो शब्द नयाँ थियो । यसपछि उनले युट्युबमा शब्द र यसकाे अर्थबारे खाेजे । थाहा पाए, आफ्नै गाउँघरमा पाइने झिँगा रहेछ । अनि त्यसबाट अथाह प्रोटिन निकाल्न सकिने रहेछ । हिरेन्द्र भन्छन्, ‘झिँगाबाट प्रोटिन निकाल्न सकिने थाहा पाएपछि त्यसकाे खोजी गर्न थाल्यौँ । सँगै प्रोटिन आवश्यक क्षेत्रमा फिल्ड भिजिट गर्‍यौँ । त्यहाँ जाँदा सोही प्रोटिनको अभावमा सयौँ किसानले व्यावसायिक लाभ लिन नसकेको भेट्याैँ ।’ धेरैको समस्या प्रोटिनयुक्त र गुणस्तरीय दानाहरू नपाउनु  थियो । उनीहरूले हरेक वर्ष नयाँ प्रकारको रोगले एकै पटकमा सयौँ कुखुरा मर्ने गरेको पनि थाहा पाए । फिल्ड भिजिटमा हिरेन्द्र जोशी  किन भनेर खोज्दै जाँदा अधिकांशको दानामै समस्या देखियो । उनी भन्छन्, ‘विदेशबाट दाना भित्र्याउँदा महँगो पर्नुका साथै गुणस्तर निकै खस्केको पाइयो । गुणस्तर भनेको प्रोटिन कति छ भन्नु नै हो । यता झिँगामा पर्याप्त प्रोटिन थियो, उता प्रोटिनको अभाव । अनि सहर भरी फोहरको डंगुर । डंगुरभरी प्रोटिन बोकेका झिँगाहरू । यी तिनै समस्यालाई किन अवसर नबनाउने, किन फ्युजन गरेर पैसा नकमाउने ?’ हिरेन्द्रले भिजिटबाट फर्केर आउँदै गर्दा बाटाभरी फोहरको डंगुर देखे । सोचे – हामीसंँग यी तीनै समस्याको व्यवस्थापन गर्ने उपाय छैन ? यिनै फोहरलाई मोहोर बनाउन सकिँदैन ? समस्या बुझ्न गएका उनी व्यवसाय गर्ने उपाय लिएर फर्किए । किसानको समस्या गुणस्तरहीन दाना नै थियो । जसले गर्दा विभिन्न रोगको सामना गर्नुपर्ने थियो । अनि गुणस्तरहीन दानामा प्रोटिनको कमी । प्रोटिनले नै कुखुरालाई स्वस्थ्य र छिटो बढाउने गर्दथ्यो । सडकमा देखिएको फोहर, फोहरमा भन्किएका झिँगा, झिँगामा पाइने प्रोटिन र किसानको समस्या यी तीनै कुरालाई फ्युजन गर्ने व्यावसायिक आइडिया थियो ब्ल्याक सोल्जर फ्लाईको व्यवसाय । यसरी लामो समय ल्याबदेखि फिल्डसम्म अध्ययन गरेर उनले आफ्नै दुई जना सहपाठीसँगको सहकार्यमा व्यवसायमा हात हाले । झिँगा र फोहरको नाम सुन्नेबित्तिकै नाक खुम्च्याएका परिवारलाई मनाएर उनीहरूबाट लगानी झार्नु सहज थिएन । हिरेन्द्र भन्छन्, ‘बायोटेक पढाएको छोरो ठूलै मान्छे बन्छ, इज्जत बढ्छ भन्ने सोच्ने मेरो परिवार, छोरो झिँगा खोज्न फोहरको डंगुरमा दिनभर रुमलिँदा नकराउने त कुरै भएन । कति पटक पागलपन छोड जागिर गर, भविष्य बना भने पनि । म भने फोहरमै रमाइरहेँ । झिँगा खोजिरहेँ ।’ उनी परिवारसँग लड्दै अध्ययनमा लागे । नभन्दै परिवारले उनको कुरा मान्यो र लगानी गर्न पैसा दिन राजी भयो । उता सुष्माले पनि लगानी गर्ने पैसा जुटाइसकेकी थिइन् । यसरी आजभन्दा २ वर्षअघि हिरेन्द्र र सुष्माको तीन लाख लगानीमा व्यवसाय सुरु भयो । लगानी गरे पनि तत्काल आम्दानी नहुने हुँदा सहायक व्यवसायका रूपमा उनीहरूले टमाटर, च्याउ र मौसमी खेती पनि सुरु गरे । बायोटेक पढ्न पठाएका छोराछोरी फोहर, झिँगा र टमाटरमा रमाउन थाले । टमाटरबाट कमाएको पैसा झिँगामा खन्याउन थाले । यसरी २ वर्षमा फार्ममा टमाटरसँगै ९ हजार झिँगाका लार्भाहरू विकास भइरहेका छन् भने व्यावसायिक पूँजी पनि ३ लाखबाट २० लाखमा पुगिसकेको छ । कसरी पालिन्छ झिँगा ? नेपालमा झिँगाका अण्डा पाइँदैनन् । तर्सथ यो विदेशबाट प्रतिकिलोको हिसाबमा मगाउनुपर्ने हुन्छ । हिरेन्द्रले पनि भारतबाट एक किलो झिँगाका अण्डा २२ सय रुपैयाँमा मगाए । लामो यात्राका कारण झण्डै ३० प्रतिशत अण्डा काम नदिने भइसकेको थियो । बाँकी ७० प्रतिशतलाई उनले बालाजुको जीतपुरफेदीमा फार्म बनाएर लार्भाको रूपमा विकास गर्दै छन् । उनी भन्छन्, ‘झिँगा बन्दकोठमा पालिन्छ । बाहिरको मौसम अनुकूल नबन्दा तापक्रम मिलाएर पालिन्छ । अण्डाबाट लार्भा हुन १५ दिन लाग्छ । यसरी निस्किएको लार्भालाई झिँगाको रूपमा विकास गरेर पुनः अण्डा पार्नयोग्य बनाइन्छ । यसबीचमा ब्रिडिङ गराउनेबाहेकका लार्भाबाट प्रोटिनको सप्लिमेन्ट र पशुपक्षीका लागि दाना बनाउन सकिन्छ ।’ यसरी पठाइने सप्लिमेन्टलाई कुखुरा, बंगुरजस्ता पशुपक्षीमा औषधिका रूपमा प्रयोग गर्न सकिन्छ भने दानाका रूपमा पनि प्रयोग गर्न सकिन्छ। हिरेन्द्रका अनुसार यस प्रकारको दानाले पशुपक्षीलाई स्वस्थ्य राख्न र छिटो बढ्न सहयोग पुर्‍याउँछ । फार्ममा उत्पादन हुने लार्भामा प्रोटिनको मात्रा अत्याधिक हुने गर्दछ । जसले पशुलाई चाहिने प्रोटिनको अभाव हल गर्न सक्छ । अहिले विदेशबाट मात्रै आयात हुने गरेको छ । वार्षिक रूपमा प्रोटिनयुक्त खानाका लागि किसानको करोडौँ रुपैयाँ विदेसिने गरे पनि नेपालमै उत्पादन भने कसैले गरेका छैनन् । नेपालमा बर्सेनि नयाँ रोगका कारण हजारौँको संख्यामा कुखुरा मरेका छन् । यही बाध्यतालाई अवसरको रूपमा ढाल्न लागिपरेका यी युवाले आफू मात्रै नभएर किसानलाई पनि झिँगा व्यवसायी बनाउन लागेको उनीहरूको भनाइ छ । जसका लागि पहिलो चरणअन्तर्गत आफैँ फार्ममा काम गरिरहेका छन् । फार्म सफल बनेसंँगै फार्मबाट उत्पादन भएको झिँगाका अण्डा  देशका विभिन्न भागमा रहेका किसानसम्म पुर्‍याएर व्यवसाय गर्न सिकाउने उनीहरूको योजना छ । कसरी गर्ने भनेर तालिम दिनुका साथै उससम्बन्धी कन्सल्ट्यान्टसमेत राखेर किसानलाई पनि झिँगा व्यवसायी बनाउने उनीहरूको सोच छ । भर्खर जुंगाको रेखी बस्दै गरेका हिरेन्द्रको योजना भने निकै ठूलो र पाको देखिन्छ । उनी अहिलेदेखि नै लामो यात्रा तय गर्न लागिपरिरहेका छन् । उनी आफ्नो योजना सुनाउँछन्, ‘चारदेखि पाँचवटा ठूलो फार्म बनाएर किसानलाई झिँगा व्यवसायी बनाउने तयारीमा छौँ । आफूहरूले नै अण्डाको व्यवस्थापन र व्यावसायिक तालिम दिन्छौँ र उनीहरूबाट उत्पादन भएका लार्भा पनि हामीले नै खरिद गछौँ ।’ यसरी ठूला परिमाणमा लार्भा खरिद गरेर प्रोटिन सप्लिमेन्ट बनाउनुका साथै दाना पनि नेपालमै उत्पादन गर्ने उनको योजना छ । यसरी छानिन्छ प्रोटिनयुक्त झिँगा झिँगाको प्रजाति धेरै हुन्छन् तसर्थ सबैमा प्रोटिनयुक्त पदार्थ हुन्छन् भन्ने हुँदैनन । तर यो ब्ल्याक सोल्जर फ्लाईमा भने ६० प्रतिशतभन्दा धेरै प्रोटिन हुन्छ । सो झिँगा सामान्यतया फोहरमा भेटिन्छ । सफा ठाउँमा पनि भेटिने कालो रङको झिँगा र यो झिँगा हेर्दा उस्तै देखिने भए पनि सामान्य झिँगामा प्रोटिनको मात्रा निकै कम हुन्छ । तर्सथ कुहिने प्रकारका फोहरमा यस प्रजातिको झिँगा र यसका लार्भाहरू भेटिने गर्दछन् । यो विशेषगरी इन्डोनेसिया, मलेसियालगायतका देशमा बढी पाइन्छ । मौसम अनुकूल भएकै कारण सो ठाउँमा बाह्रै महिना पाल्न सकिन्छ । तर, नेपालमा भने त्यो अवस्था छैन । यहाँ वसन्त याममा मात्र पाल्न सकिन्छ । किनभने यस प्रजातिको झिँगा न्यूनतम २० डिग्री सेल्सियसदेखि ३० डिग्री सेल्सियससम्म मात्रै बाँच्छ । त्यसैले बाह्रै महिनाका लागि पाल्नका लागि तापक्रम

स्केलअप एक्सिलेटर प्रोग्रामका लागि आइडिया स्टुडियोद्वारा आवेदन माग

सञ्चालनमा आइसकेका स्टार्टअप व्यवसायीलाई लक्षित गर्दै आइडिया स्टुडियोले वर्ल्डलिंकको सहकार्यमा व्यावसायिक क्षमता अभिवृद्धिसम्बन्धी तालिम दिने भएको छ । ‘स्केलअप एक्सिलेटर’ नामक उक्त कार्यक्रममा प्रशिक्षण वर्ल्डलिंकका म्यानेजिङ डाइरेक्टर दिलीप अग्रवालले दिनेछन् । उनी ईओ स्केलअप एक्सिलेटरतर्फका मान्यताप्राप्त प्रशिक्षक हुन् । कार्यक्रमका लागि आइडिया स्टुडियोले स्टार्टअप व्यवसायीहरूमा आवेदन माग गरिसकेको छ । जेठको तेस्रो हप्ताबाट सुरु हुने कार्यक्रममा आवेदकले आइडिया स्टुडियोको वेबसाइटमा गएर फ्रि स्केलअप एक्सिलेटर प्रोग्राम नामक गुगल फर्म भर्नुपर्नेछ । कार्यक्रममा सहभागी हुन शुल्क लाग्दैन । यो कार्यक्रमको उद्देश्य उद्यमीहरूलाई आफ्नो व्यवसाय वृद्धि गर्न मद्दत गर्नु र उनीहरूमा सफल उद्यमी बन्न चाहिने नेतृत्व र सीप विकास गर्नु हो । यो कार्यक्रमले पहिलो चरणमा रहेका व्यवसायका लागि व्यावसायिक सहयोग गर्नेछ ।

आइडिया स्टुडियो सिजन ५ को ड्रिम राउण्ड सुरु, १६ प्रतिस्पर्धीले सुनाए योजना | Featured on shilapatra.com

आइडिया स्टुडियो सिजन–५ का लागि ड्रिम राउण्ड सुरु भएको छ । छनोट राउण्डबाट छानिएका ३६ जना आइडिएटरलाई व्यावसायिक प्रशिक्षणसँगै आजबाट ड्रिम राउण्डमा उतारिएको हो । जसमा १६ जना आइडिएटरले चार जना निर्णायकसमक्ष आफ्नो व्यावसायिक योजना, त्यसको भविष्य र चुनौतीलाई प्रस्तुत गरेका थिए । जसमा मूर्ति व्यवसायदेखि कृषि तथा प्रविधिसम्बन्धी व्यावसायिक योजना आइडिएटरले निणार्यकलाई सुनाएका थिए । आज र भोलि चल्ने ड्रिम राउण्ड पहिलो दिन १६ जनाले र दोस्रो दिन २० जनाले व्यावसायिक योजना प्रस्तुत गर्ने छन् । कार्यक्रममा सपनासहित सपनाको राउण्डमा जाने आइडिएटरलाई टेम्पो यात्रा गराइएको थियो । कार्यक्रममा निणार्यकको भूमिकामा गायिका आनी छोइङ डोल्मा, आइडिया स्टुडियोका संस्थापक डा. छिरिङ लामासहित पाँच जना रहेका थिए ।

आइडिया स्टुडियो सिजन ५ को ‘ड्रिम राउन्ड’मा ३६ जनाले सुनाए योजना | Featured On capitalnews.com

काठमाडौं । आइडिया स्टुडियोको सिजन ५ को ‘ड्रिम राउन्ड’ सम्पन्न भएको छ । बुधबार र बिहीबार चलेको ‘ड्रिम राउन्ड’मा ३६ जनाले आफ्नो व्यावसायिक योजना सुनाएका थिए । एपीवान टेलिभिजनको कार्यालयमा खिचिएको ड्रिम राउन्डमा ६३ वर्षीय प्रेम प्रजापतिलले सुनाएको सेरामिक उत्पादन र मोरङका कमला राईले गरेको पर फार्मिङको आइडियालाई सबैले चासो देखाएका थिए । यस्तै १७ वर्षका एक युवाले आफ्नै कलेज एपको आइडियाले पनि सबैको मन जितेका थिए । ड्रिम राउन्डमा रोल्पा, झापा, बुटवल, मोरङ, वीरगन्ज, बारा, पर्सालगायत जिल्लाबाट सहभागी रहेका थिए । ड्रिम राउन्डमा सहभागीहरुलाई अब व्यापार, व्यावसायिक परामर्श तथा तालिम दिनेछ । साथै उद्यमशीलताको बुथ क्याम्प पनि सञ्चालन भइरहेको छ । निर्णयकहरुमा आइडिया स्टुडियोका कार्यकारी अध्यक्ष डा. छिरिङ लामा, डब्लूडब्लूएफका राष्ट्रिय प्रतिनिधि घनश्याम गुरुङ, प्रभु बैंकका डेपुटी सीईओ मणिराम पोख्रेल, बिजनेस चिफ अफिसर रेनु पाण्डे र गायिका आनि छोइङ डोल्मा रहेका थिए । सो कार्यक्रम एपीवान टेलिभिजनमा प्रसारण हुनेछ ।

आइडिया स्टुडियोको पाँचौ सिजनको लाइभ अडिशन सकियो, डोल्पादेखि कैलालीसम्मका आइडिएटरले सुनाए आइडिया | News Featured on capitalnepal.com

काठमाडौं । आइडिया स्टुडियाको पाँचौ सिजनको लाइभ अडिशन सकिएको छ । आइतबारदेखि सुरु भएको लाइभ अडिशनमा डोल्पादेखि कैलालीसम्मका १०० जना आइडिएटरहरुले आफ्नो आइडिया प्रस्तुत गरेका छन् । उद्योगसम्मको नारासहित सुरु भएको आइडिया स्टुडियोले यसअघि चारवटा सिजन सम्पन्न गरिसकेको छ । देशभरबाट संकलन गरिएको आइडियाहरु मध्ये १०० वटालाई लाइभ अडिशनमा बोलाएको थियो । अब लाइभ अडिशनबाट ३० देखि ३५ वटा आइडियाहरु छनौट हुने छन । लाइभ अडिशनमा १७ वर्षका युवादेखि ६६ वर्षका वृद्धाले समेत आफ्नो बिजनेश आइडिया सुनाएका थिए । बुधबार अन्तिम राउण्डसम्म आइपुग्दा आइडिएटरबाट कृषि, प्रविधि, शिक्षा र वातावरणसँग सम्बन्धित १०० वटा व्यावसायिक योजना आएका थिए । कार्यक्रममा आइडिया स्टुडियोका संस्थापक डा. छिरिङ लामा, सह संस्थापक रुपेश श्रेष्ठ, प्रभु बैंककी माइक्रोफाइनान्स प्रमुख निर्मला विष्टलगायत ४० भन्दा बढी व्यक्तित्वको उपस्थिति थियो । अब छनोट राउण्डबाट उत्कृष्ट ठहरिएका ३५ जना आइडिएटरलाई डिल राउण्डमा लगिने आयोजक संस्था आइडिया स्टुडियोले जनाएको छ । जहाँ आइडिएटरलाई व्यावसायिक प्रशिक्षणसमेत दिइने स्टुडियोले जनाएको छ । प्रशिक्षण सकिएसँगै ग्रिनोभेसन, मेड इन नेपाल, हाई फ्लाइङ र सोसल इम्प्याक्टलगायतका विधामा रहेर आइडिया प्रस्तुत गर्ने मौका दिइनेछ ।

दैलोमै पुगेर प्रभु बैंकले दियो खुम्बुका पर्यटक गाइडलाई विना धितो ऋण | News Featured on capitalnews.com

फाक्डिङ, सोलुखुम्बु । दावा फुन्जा शेर्पा कोभिडको महामारी हुनुअघि खुम्बु क्षेत्रमा विश्वका विभिन्न मुलुकका पर्यटकलाई घुमाउँँथे । ट्रेकिड गाइड रहेका शेर्पा कोभिडपछि एक वर्षसम्म पर्यटक नआउँदा अझै घरमै बसिरहेका छन् । लामो समयदेखि पर्यटक गाइडमा बिताएका शेर्पाको वैकल्पिक पेशा र व्यवसाय नहुँदा समस्यामै रहेका बेला प्रभु बैंकले विना धितो सहुलियत ब्याजमा उनलाई १ लाख रुपैयाँ उपलब्ध गरायो । सस्तो ब्याजमा विना धितो ऋण पाएपछि दावाले राहत महसुस गरे । उनले भने, ‘एक वर्षसम्म सामान्य काम गरेर बसिरहेको थिए, अझै पर्यटक कहिले आउने थाहा छैन, थोरै रकम भए पनि राहतको महसुस भएको छ, यसले बैंकसँग जाने बाटो पनि खुल्यो ।’ लुक्लाका दावालाई मात्र होइन कोभिडको कारण पर्यटक नआउँदा आम्दानी गुमाइरहेका खुम्बु क्षेत्र वरिपरिका २४ जना पर्यटक तथा ट्रेकिङ गाइडलाई सोलुखुम्बुको फाक्डिङमा बुधबार आइडिया स्टुडियोको सहकार्यमा प्रभु बैंकले विना धितो सस्तो ब्याजमा कर्जा उपलब्ध गरायो । प्रभु बैंक र आइडिया स्टुडियोको सहकार्यमा यसअघि कोभिड प्रभावित शिक्षक र टेम्पो चालकलाई पनि सस्तो ब्याजमा विना धितो ऋण उपलब्ध गराइएको थियो । गत वर्षको माउन्टेन ट्रेकिङको सिजन ठप्पै भयो, विदेशी पर्यटक त के घरेलु पर्यटकसम्म हिडडुल गर्न अवस्था थिएन । पर्यटन क्षेत्र नै सुनसान हुँदा खुम्बु क्षेत्रका पर्यटक तथा ट्रेकिङ गाइडको एक वर्ष बढि समय पनि सुनसानमै बित्यो । तत्काल वैकल्पिक पेशा वा व्यवसाय गर्ने विषयमा पनि उनीहरु अलमलमै थिए । पर्यटन क्षेत्र विस्तारै उकासिने आशामा रहेका उनीहरु अझै पर्यटनले लय नसत्दा आर्थिक समस्यामै छन् । कोभिडले नराम्रोसँग असर पारेको क्षेत्रमा पहिचान गरि प्रभु बैंकले विना धितो सहुलियत ऋण उपलब्ध गराउने क्रममा खुम्बुका ट्रेकिङ गाइडलाई पनि प्राथमिकतामा राखेको हो । सोहिअनुसार बैंकले बुधबार पहिलो चरणमा २४ जनालाई सहुलियतपूर्ण ऋण उपलब्ध गरायो । सोलु सुर्केका पासाङ दावाले पर्यटन क्षेत्र प्रभावित भएको र त्यसमा पनि अति प्रभावित हामी भैरहेको बेला प्रभु बैंकले घरकै दैलोमा आएर सस्तो ब्याजमा ऋण उपलब्ध गराएर आत्मविश्वास बढाइदिएको बताए । अब विस्तारै पर्यटन क्षेत्रमा पनि केहि आशा गर्ने आउँदै छ, यो बेला सामान्य केहि गर्नका लागि ऋणले सहज बनाएको उनले बताए । ट्रेकिङ गाइडका अगुवा कामी दोर्जे शेर्पाले महामारीका कारण आम्दानी नभएको एक वर्ष भएको र यो घाउमा मल्हम लगाउन प्रभु बैंक र आइडिया स्टुडियोले सहयोग गरेको बताए । ‘खुम्बु क्षेत्र भनेको सबैभन्दा बढि पर्यटक गाइड भएको क्षेत्र हो, अर्थतन्त्र डाउन भएको बेला हामी पनि प्रभावित भएका छौं तर प्रभु बैंकले हामीलाई सम्झियो,’ उनले भने । यही क्षेत्रमा भएको बैंकले हामीलाई नसम्झेको बेला प्रभुले काठमाडौंबाट आएर राहतका लागि हात अगाडि बढाउनु हाम्रा लागि सुखद भएको उनले बताए । यहाँ धेरैभन्दा धेरै गाइड प्रभावित भएकाले अझ बढि पर्यटक गाइडलाई सहुलियतमा ऋण उपलब्ध गराउनुपर्ने उनले बताए । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनले यो सहुलियत ऋण सानो प्रयास भएको र बैंक सँधै यस्तोे सेवा दिन सँधैं तत्पर रहेको बताए । ‘विश्व बजारमा देखिएको कोरोना महामारीका कारण अर्थतन्त्र र विशेषगरि पर्यटन क्षेत्रमा पारेको प्रभावले यस क्षेत्रका समस्यामा परेका ट्रेकिङ गाइडलाई  प्रभु बैंकले केहि राहतका लागि यो ऋण उपलब्ध गराएको हो । ऋण लिने र यसको प्रयोग गर्नेका साथै आगामी दिनमा बैंकसँग कसरी नजिक हुने भन्ने यो एउटा वित्तिय साक्षरता पनि हो,’ उनले भने । यो क्षेत्रमा स्याउ, आलु, चिजलगायत अरु कृषि उपजको पनि संभावना रहेकाले कोही कसैले यसमा पनि सहकार्य गर्न खोजेमा प्रभु बैंक सधैं तयार रहेको उनले बताए । आइडिया स्टुडियोका संस्थापक डा.छिरिङ्ग लामाले कोभिडका कारण दैनिक मजदुरी गर्नेदेखि लिएर ठूला अर्थतन्त्रमासमेत समस्यामा परेको, रोजगारी गुमेको अवस्था रहेकाले आफुहरुले अतिप्रभावित क्षेत्रको अनुसन्धान र पहिचान गरि प्रभु बैंकसँगको सहकार्यमा ऋण उपलब्ध गराउन साझेदारी गरेको बताए ।  हाम्रो उद्देश्य भनेको यस्तो क्षेत्रमा सहुलियतपूर्ण ऋणका लागि सहजीकरण गरेर मानवीय मर्यादा कायम गर्नु पनि हो । यसैका लागि हामीले खुम्बु क्षेत्रका ट्रेकिङ गाइडका लागि प्रभु बैंकसँगको सहकार्यमा काम गरेका हौं, उनले भने । बैंकले विना धितो ३.५ प्रतिशतमा ऋण उपलब्ध गराएको हो । बैंकले ऋणको किस्ता ६ महिनापछि तिरे हुने सुविधा पनि दिएको छ । यसअघि शिक्षक, टेम्पो चालकलाई ऋण उपलब्ध गराएको बैंकले अब सडकमा सानो व्यवसाय गर्ने र शैलुन पसल गर्ने व्यवसायीलाई ऋण दिन आइडिया स्टुडियोसँग रिसर्च गरिरहेको छ ।

Idea Studio Nepal and GATE College announce a collaboration

Idea Studio Nepal and Global Academy of Tourism & Hospitality Education (GATE College) signed an MoU on February 8, 2021, at Idea Studio Nepal Office, Balkumari, Lalitpur. This partnership aims to develop an entrepreneurial culture and mindset among the students and faculties involved while fostering and developing a Knowledge creation hub for entrepreneurship and innovation. The event was attended by Khem Lakai, Founder/CEO at GATE College, Dr Tshering Lama, Executive Chairperson and Co-Founder at Idea Studio Nepal, Rupesh Krishna Shrestha, Co-Founder at Idea Studio Nepal. The agreement highlights the academic collaboration and strategic partnership between the GATE College and Idea Studio Nepal and was finalised in a spirit of cooperation and assistance to promote entrepreneurship among students in GATE College through the introduction of Idea Studio Model, a 4-day entrepreneurship course to the students and the faculty. The aim is to draw relevancy in the 21st Century and nurture students who are nationally capable and whose talent is globally sellable.

सोचलाई उद्योगसम्म जोड्‌ने आइडिया स्टुडियो | News Featured On shilapatra.com

‘तपाईँ नेपाल नफर्किने ? आइडिया स्टुडियोका संस्थापक डा. छिरिङ लामा र रूपेश श्रेष्ठको प्रश्नमा जापानबाट आएकी अनिता गुरुङ सोचमग्न भइन् । ‘श्रीमान् फर्कनै चाहनु हुन्न, यहाँ आएर के गर्ने ?’, अनिताले प्रतिप्रश्न गरिन् । नेपाल फर्किने मन भए पनि आएर के गर्ने भन्ने प्रश्नले अनिताको परिवार तत्काल नेपाल फर्किने सोचमा देखिँदैन । ‘जापानमै बसेर नेपालमा व्यवसायको बिउ छर्न सकिन्छ नि’, डा. छिरिङ उनीलाई सल्लाह दिन्छन् । ‘सकिन्छ र ?’ अलमलमा देखिएकी अनितालाई रूपेशले भने, ‘नेपालमै केही गर्छु भनेर सोच त बनाउनुहोस् । विदेशमै बसेर पनि नेपालमा व्यवसायको बिउ छर्नुहोस् । फल बुढेसकालमा पाउनुहुन्छ । सोचको बिरुवालाई पानी हाल्नुहोस् । हुर्काउने कसरी हामी सिकाउँछौँ ।’ ‘मुटु दिनुहोस्, दिमाग हामी दिन्छौँ’, छिरिङले थपे । छिरिङ र रूपेशको सुझावपछि  नेपालमै केही गर्नुेपर्छ भन्ने सोच बोकेर अनिता होटलबाट बाहिरिइन् । युवालाई स्वरोजगार बनाउनबाट चुकेको देशको अवस्था, ओइलाउँदै गएको युवाहरूको जाँगर र विदेश नै गन्तव्य देख्ने युवाको सपनाले छिरिङ र रूपेशलाई सधैँ पोल्थ्यो । ‘मासिक ३० हजार रुपैयाँ कमाउन डेढ लाख रुपैयाँ खर्च गरेर युवा खाडी मुलुक जान बाध्य छन् । श्रमको उचित मूल्य नपाउने अवस्थामा पनि बाहिरिनुपर्ने बाध्यता छ’, छिरिङ भन्छन्, ‘हामी नेपालमै युवालाई उद्यमी बनाउन चाहन्छौँ ।’ विदेश जान लागेको एक युवालाई छिरिङले सोधेका रहेछन्, ‘किन विदेश नै जान लागेको ?’ ती युवाको जवाफ थियो, ‘सर ! कति ठाउँ धाएँ । कसैले जागिर दिएनन् । व्यवसाय गर्न पैसा छैन । आमाबुबाको दुःख देखेर आमाबुबाकै दुःख टाढा बनाउन आफैँ विदेशिन लागेको हुँ ।’ ती युवाको जवाफले स्तब्ध भएका छिरिङले नेपालमै बस्न सक्ने वातावरण बनाइदिए ।  भन्छन्, ‘अझै पनि हामीले युवालाई आफ्नै भूमिमा काम गर्न सक्ने वातावरण बनाउन सकेका रहेनछौँ ।’ यी त प्रतिनिधिपात्र मात्र हुन् । लाखौँ युवा विदेशमा छन् । स्वदेशमै रहेका युवा पनि के गर्ने भन्ने अलमलमा छन् । कोहीसँग आइडिया छ, पैसा छैन । कोहीसँग पैसा छ, आइडिया छैन । आइडिया र पैसालाई जोडेर आइडिया स्टुडियोबाट छिरिङ र रूपेशले धेरै युवालाई आइडिया मात्र दिएका छैनन्, आइडियालाई उद्यमसम्म जोड्न सफल पनि भएका छन् छ वर्ष बितेछ डा. छिरिङ र रूपेशले आइडिया स्टुडियोको नेतृत्व सम्हाल्दै उद्यमी बन्न चाहनेका लागि बाटो देखाउन थालेको । सन् २०१४ देखि आइडिया स्टुडियो युवाहरूको सारथी बनेको छ । ‘सोचदेखि उद्योगसम्म’ भन्ने नाराका साथ सुरु भएको आइडिया स्टुडियोले नवीनतम सोचका साथ नवउद्यमीलाई प्रशिक्षणसहित लगानीको वातावरण बनाइदिँदै आएको छ । आइडिया स्टुडियोले टेम्पोचालक महिलादेखि शिक्षकसम्मलाई व्यवसाय गर्न सिकाउँदै बिनाधितो सरल कर्जा उपलब्ध गराउन बैंकसँग सहकार्य पनि गर्दै आएको छ । साना उद्यमीहरूलाई डिजिटलमा रुपान्तरण गर्न पनि वित्तीय शिक्षा प्रदान गरिरहेको छ । ‘अहिलेसम्म कति जना उद्यमी भए त ?’ ‘आइडिया त सयौँ आएका छन् । तर, ४० वटाभन्दा बढी आइडिया लिएर आएका आइडियटर उद्यमी बनिसके’, छिरिङ भन्छन् । सोचलाई उद्यमसम्म पुर्‍याउने यात्रा कठिन छ । तर, सफल मान्छेले त्यही काम गर्छ जसले गाह्रो भनेर छोडेको हुन्छ । आइडिया स्टुडियोले त्यही गाह्रो बाटो रोज्यो । जसले आज युवाहरूलाई उद्यमी बन्न सरल र सहज भएको छ । यसैको एउटा उदाहरण हुन्, चिनबहादुर नेपाली । उनी लामो समय दक्षिण कोरियामा मेटलमा काम गरेर नेपाल फर्किएका रहेछन् । उनले आइडिया स्टुडियोको सिजन टुमा आफ्नो आइडिया प्रस्तुत गरेका थिए । ‘हामीले प्रशिक्षण दिएका थियौँ । धेरैपछि चिनबहादुरलाई भेट्दा व्यवसाय नगरेर रिसर्चमा लाग्नुभएको रहेछ । आइडिया स्टुडियोबाट उहाँको सोचमा नै परिवर्तन आएछ । रिसर्चमा लाग्नु त ठूलो कुरा हो नि’, रूपेश भन्छन्, ‘व्यवसायी मात्र बनेर हुँदैन, व्यवसायलाई बुझियो भने सफल भइन्छ ।’ रूपेशको कुरामा सहमति जनाउँदै छिरिङ भन्छन्, ‘व्यवसाय गर्नुभन्दा रिर्सच गर्नुपर्छ भन्ने भावनाको बीजारोपण गर्न सक्नु ठूलो कुरा हो ।’ चारवटा सिजन सफलतापूर्वक सकेर आइडिया स्टुडियोको पाँचौँ सिजनमा आइपुग्दा छिरिङ र रूपेशले सिकाउने मात्र होइन, आफैँले पनि धेरै कुरा सिक्न पाएको बताए । ‘विश्वका ठूला युनिभर्सिटीसँग सहकार्य गरिसक्यौँ । सबैसँगको सहकार्यबाट हामीसँग भएका सीप र ज्ञानलाई कसरी दिगो रूप दिन सक्छौँ भन्ने सिक्न पायौँ’, रूपेश भन्छन्, ‘ज्ञानलाई व्यावहारिक स्वरुपमा ढाल्दै दिगो बनाऔँ ।’ आइडिया स्टुडियो पाँचौँ सिजनसम्म आइपुग्दा बृहत् बन्दै गएको छ । ‘सिजन १ मा आएकादेखि सिजन ४ का आइडियटरसँग बस्दा उनीहरूको सोचमा नै आकाशजमिनको फरक आएको छ । हिजो पैसा कमाउँछु भन्ने मात्र सोच्नेहरू आज कसरी र किन भन्नेबारे रिसर्च गर्न सक्ने भएका छन्’, रूपेश भन्छन् । आइडियटरहरूको व्यावसायिक प्रगति र सोच आफूहरूको भन्दा अब्बल भएको रूपेश बताउँछन् । ‘हिजो कसरी व्यवसाय गर्ने भन्दै आएका आइडियटरहरू आज आफूहरूलाई नै व्यवसाय गर्ने नयाँ तरिकाहरू सिकाउँछन् । त्यसरी हाेइन, यसरी गरौँ भन्छन् । यस्तो देख्दा गर्व लाग्छ’, रूपेश भन्छन् । सामाज परिवर्तनसँगै व्यावसायिक क्रान्तिका लागि संघर्षरत आइडिया स्टुडियोले विद्यार्थीदेखि व्यवसायको सोच बुनेर बसेका व्यक्तिलाई व्यवसाय बनाउन अझै प्रयासरत छन् । पाँचौँ सिजन आइडिया स्टुडियोकाे पाँचौ सिजन सुरु भएको छ । हरेक वर्षझैँ यो वर्ष पनि ग्रिनोभेसन, सोसल इम्प्याक्ट, मेड इन नेपाल र हाई फ्लाइङ गरी चारवटा विधामा नयाँ आइडियालाई प्रतिस्पर्धा गराइनेछ । चारवटा विधामा आइडियटरलाई आफ्नो आइडिया प्रस्तुत गर्ने अवसर दिइनेछ ।  स्टुडियोले सम्बन्धित क्षेत्रका विज्ञहरूबाट सहभागीलाई व्यावसायिक तालिम पनि दिनेछ । तालिमपछि चारवटा विधामा उत्कृष्ट आइडिया प्रस्तुत गर्ने चार प्रतिस्पर्धीलाई नगद ५ लाख रुपैयाँको व्यावसायिक सहयोग गरिनेछ । यसबाहेक सहभागी आइडियटरहरूलाई पनि सरल कर्जाको व्यवस्था गरिनेछ । आइडिया स्टुडियो नवउद्यमीको सारथि आइडिया छ तर पैसा नभएर व्यवसाय गर्न नसेकाहरूका लागि  आइडिया स्टुडियो पुल बनेको छ । त्यसैले जोकोहीसँग पनि आइडिया छ भने आइडिया स्टुडियोमा पठाउन सकिनेछ । ‘हाम्रो उद्देश्य व्यवसायी उत्पादन गर्नु मात्र होइन, व्यावसायिक वातावरणमा  स्थायित्वको बाटो देखाउनु पनि हो’, रूपेश भन्छन्, ‘हामी आजको वा कार्यक्रम अवधिको साथी मात्र होइनौँ, व्यावसायिक यात्राकै सारथि हौँ ।’ छनोट भएका आइडियटरहरूलाई व्यवसाय कसरी गर्ने ? के–के कुरामा अध्ययन गर्ने ? लोन कसरी लिने ? कसरी दिगो रूपमा काम गर्ने ? आइडियटरलाई सबै सिकाइन्छ । कसरी सहभागी बन्ने ?  यदि तपाईंसँग व्यवसाय गर्ने मन छ वा योजना पनि छ भने तपाईंले आफ्नो व्यावसायिक योजनालाई इमेलको माध्यमबाट पठाएर सहभागी बन्न सक्नुहुनेछ । जसका लागि तपाईंले www.ideastudio.org.np/submit-idea/ मा गएर आवेदन दिन सक्नुहुनेछ भने प्रभु बैंकका कुनै पनि शाखामा गएर फर्म भर्न सक्नुहुनेछ । आइडिया मार्ट  पाँचौँ सिजन अन्य सिजनभन्दा पृथक् पनि छ ।  आइडिया स्टुडियोबाटै उद्यमी बनेका व्यवसायीहरू मिलेर आइडिया स्टुडियोकै सहयोगमा ‘आइडिया मार्ट’ खोलिनेछ । यो योजनाले सिजन ५ सम्म आइपुुगेका सबै आइडियटरको आइडियालाई एकत्रित गर्नुका साथै व्यावसायिक सहयोगको वातावरण पनि बनाउनेछ । आइडिया मार्टबाट जोकोही नवउद्यमी वा उद्यम गर्ने सोच बोकेका व्यक्तिले व्यवसायका बारेमा सल्लाह लिन सक्नेछन् । बजारमा पुग्नका लागि आइडिया स्टुुडियोले साथ दिनेछ । ६ वर्षको अवधिमा जति आइडिया आए, अझै अपुग छ । नवीतनम आइडियाको खोजी सकिएको छैन । आइडियाको खोजीमा आइडिया स्टुडियो देशको कुनाकन्दरा र अन्य देशमा समेत पुग्ने योजनामा छ । ‘गन्तव्यमा पुग्ने अठोट छ । एक दिन अवश्य पुगिन्छ’, छिरिङ र रूपेश

उद्यमशीलताको विकासमा आइडिया स्टुडियो र केएमसी कलेजबीच साझेदारी | Featured On Shilapatra.com

विद्यार्थीहरूमा उद्यमशीलताको विकासका लागि आइडिया स्टुडियो र केएमसी कलेजबीच साझेदारी हुने भएको छ । साेसम्बन्धी सम्झाैतापत्रमा आइडिया स्टुडियोको तर्फबाट अध्यक्ष टिछिरिङ लामा र क्याम्पसकाे तर्फबाट संस्थापक सदस्य रामेश्वर अर्यालले आइतबार हस्ताक्षर गरेका हुन् । सम्झाैताअनुसार आइडिया स्टुडियोले काठमाडाैं मोडल कलेजका विद्यार्थीहरूलाई व्यावसायिक क्षमता अभिवृद्धिसम्बन्धी चारदिने व्यावसायिक तालिम प्रदान गर्नुका साथै व्यावसायिक यात्रामा सहयोग गर्ने जनाइएको छ । कार्यक्रममा आइडिया स्टुडियोकाे सहयोगमा व्यवसायी बन्न सफल बनेका क्याम्पसका पूर्वविद्यार्थीसहित आइडिया स्टुडियोका सह-संस्थापक रूपेशकृष्ण श्रेष्ठ, क्यापसका प्रधानाध्यापक सुरेन्द्र सुवेदी र विद्यार्थीहरूकाे उपस्थित थियाे ।

तपाईंसँग उद्यमी बन्ने योजना छ ? आइडिया स्टुडियो बन्न सक्छ सारथि | News Featured by Silapatra.com

सोचलाई उद्योगसम्म पुर्‍याउने उद्देश्यका साथ सञ्चालित टेलिभिजन कार्यक्रम ‘आइडिया स्टुडियो सिजन–५’ सुरु भएको छ । बुधबार काठमाडौंमा पत्रकार सम्मलेन गर्दै स्टुडियोले युवाहरूलाई नयाँ आइडियासहित प्रतिस्पर्धामा सहभागी हुन आग्रह गरेको छ । सहभागिताका लागि आगामी ७ फेब्रुअरीसम्म आवेदन दिन आइडिया स्टुडियोले आह्वान गरेकाे छ ।www.ideastudio.org.np मार्फत आवेदन दिन सकिने  छ । गत वर्षझैँ यस वर्ष पनि स्टुडियोले मेड इन नेपाल, सोसल इम्प्याक्ट, हाइ फ्ल्याइङ र ग्रिनोभेसन गरी चार वटा सेगमेन्टमा विजनेस आइडिया प्रस्तुत गर्ने मौका दिने जनाएकाे छ । उत्कृष्ट आइडिया पेस गरी डिल राउण्डमा पुग्ने प्रतिस्पर्धीले नगद पाँच लाख रुपैयाँ व्यवसायका लागि सहयाेगस्वरूप प्राप्त गर्नेछन् । साथै आइडिया स्टुडियोले सहभागी ३५ प्रतिस्पर्धीलाई व्यावसायिक प्रशिक्षणसमेत दिनेछ । आइडिया स्टुडियोको सिजन-४ मा २४ जना सिर्जनशील युवाहरूलाई चार वटा सेग्मेन्टमा विजनेस आइडियाहरू प्रस्तुत गर्ने मौका दिइएको थियो । डिल राउण्डअन्तर्गतका आइडिएटरहरू (आइडिया प्रस्तुत गर्नेहरू)लाई व्यावसायिक सहयोगको साथै व्यावसायिक प्रशिक्षण पनि दिएको थियो । source: https://shilapatra.com/detail/48870

Scroll to Top