यी आइडिया, जसले घरमै बसेर बनाउनेछन् लखपति | News Feature by Shilapatra | March 19, 2020
सम्झना घिमिरे | काठमाडाैं, ६ चैत ‘नेपालमा पढ्न मन नै लाग्दैन । पढेर के गर्ने ? नेपालमा भविष्य नै छैन । पढ्न त पढ्ने तर व्यवसायी, उद्यमी हुन लगानी नै छैन । वातावरण पनि छैन । बैंकहरूबाट कर्जा लिएर गरौँ भने योजनालाई पत्याउँदैन । योजनालाई साकार पार्न पैसा छैन । गर्ने के त ?’ अधिकांश नेपाली युवाको समस्या हो यो । युवाहरू जो आफ्नै बलबुतामा नयाँ कामका साथ समाज बदल्ने सपना देख्छन्, त्यो सपनालाई यथार्थमा परिणत गर्न विगत ६ वर्षदेखि आइडिया स्टुडियोले नवीनतम सोच र ऊर्जालाई मिसाएर बलियो घर बनाइदिँदै आएको छ । त्यो घर तपाईं बस्ने सामान्य इँटा वा माटोको नभएर तपाईंको सोचको घर हो । नयाँ ऊर्जा र दूरदर्शी सोचहरूमा आधारित विजेनस योजना लिएर आउने र उद्यमी बन्न चाहने व्यक्तिहरूलाई उद्यमीतर्फको बाटो तय गरिदिन्छ आइडिया स्टुडियोले । आइडिया स्टुडियो सिजन ४ को पाँचौँ शृङ्खलामा आइपुगेका छन् ६ जना प्रतिस्पर्धी । ‘डिल राउण्ड’ नाम दिइएको यस शृङ्खलामा प्रत्येक युवाहरूले आफ्नो सिर्जना र त्यसलाई साकार पार्ने योजना प्रस्तुत गर्छन् । तीमध्येबाट एक प्रतिस्पर्धी छानिएर डिल राउण्डको विजेता बन्छन् । विजेताले आइडिया स्टुडियोबाट ५ लाख रुपैयाँ नगद पुस्कार पाउँछन् । २ हप्ता विजनेस कसरी गर्ने ? रिर्सच कसरी गर्ने ? अनि योजनालाई उद्योगको रूप कसरी दिने ? भनेर आइडिया स्टुडियोको तालिममा सहभागी भएर आफ्ना आइडियाले सार्थकता पाएको सपना देख्दै डिल राउण्डमा आइपुगेका छन् ६ जना आइडिया किङ । ६ जनामध्ये यो सृङखलामा ५ जनाका आइडिया प्रस्तुत गरेका छौं, जसले आफ्नो सोच बदलेर समाज बदल्न प्रेरित गर्दैछन् । फोहोर होइन, मोहोर हो नफालौँ जोसेफ श्रेष्ठ जोसेफसँग गज्जबको आइडिया छ– देशलाई सफा राख्दै नयाँ र पृथक रोजगारी सिर्जना गर्ने । अचम्ममा नपर्नुहोस् । देशलाई सफा राख्ने हामी सबैको कर्तव्य हो तर के हामीले त्यो कर्तव्य पुरा गरेका छौँ त ? छैनौँ भने सोच्नुहोस् है ! फोहोरलाई मोहोर बनाउँदै देशको सेवा पनि गर्न सकिन्छ अनि पैसा कमाउन पनि । श्रेष्ठले गज्जबको मेसिन बनाएका छन्, जसको नाम हो– रिजर्भ भेन्डिङ मेसिन । यसले बजारमा हुने प्लास्टिकजन्य सामग्रीलाई थुपारेर आफैँ फोहोर लैजान आग्रह गर्छ । तपाईंले देख्नुभएको होला, ‘फोहोर मलाई’ लेखिएका डस्टबिनहरू सडक, पार्क छेवैमा । हामी त्यसैमा फोहोर फालेर हिँड्छौँ । तपाईंलाई थाहा छ । हामीले फालेका तिनै फोहोरबाट मोहोर निकाल्ने गर्छन् श्रेष्ठ । वास्तवमा श्रेष्ठको मेसिनले तपाईं हामीले प्रयोग गरेका प्लास्टिकजन्य सामग्री सङ्ग्रह गर्छ । त्यसका लागि यसलाई सडक, पार्क, अस्पताल, रेस्टुरेन्ट जस्ता स्थानमा राखिन्छ । भरिएपछि मेसिनकै मद्दतले सङ्कलनकर्तालाई अटोमेटिक सूचना जान्छ । सूचना पाएसँगै सङ्कलनकर्ता आएर ती फोहोरलाई मोहोरको रूप दिन थाल्छन् । मोहोरका रूपमा निस्कन्छन् गमला, कभर व्लक र टायल, जसलाई बजारमा तँछाडमछाड गर्दै ग्राहकले १ सयदेखि १ हजार रुपैयाँसम्म हालेर खरिद गर्छन् । अनि भएन त फोहोरबाट मोहोर ? पीडा र त्रासमा उब्जिएको सिर्जना विधि मण्डल भूकम्पको अनुभवले तपाईं हामीलाई अझै तर्साउँँछ । घरिघरि त फेरि आउँछ कि भन्ने चिन्ताले पनि पिरोल्छ होला । हुन पनि हामीसँग भूकम्पको तीतो अनि नमीठो अनुभव छ । तपाईं हामी कतिले आफन्तलाई पनि गुमायौँ भूकम्पमा । भूकम्पले दिएको चोट र दुःखबाटै पेलिएर निस्किएको नयाँ सिर्जनालाई लिएर आएकी छन् विधि मण्डल । मण्डल पनि २०७२ वैशाखको विनाशकारी भूकम्प जाँदा काठमाडौंमै भाडामा बस्थिन् । भूकम्पले चिराचिरा पा¥यो उनको घर पनि । हेर्दै उराठ लाग्ने गरी । कोठा सरौँ, काठमाडौंमा कोठा पाउनै मुस्किल, चिराचिरा परेको घरलाई बस्नयोग्य बनाउन घरधनीलाई आग्रह गर्दा उल्टै नमीठो जवाफ पाइन् । तिनै नमीठा याद र अनुभवलाई सँगाल्दासँगाल्दै नयाँ सपना साँच्न थालिन् विधि । उनको सपना थियो– भूकम्प प्रतिरोधी घर बनाउने, धनीलाई पनि हुने, गरिबलाई पनि । उनले जताततै शहर नै प्रदूषित हुने गरी फालिएका प्लास्टिकलाई राम्रो र भरपर्दोका साथै दह्रो इँटा बनाउन सकिन्छ भन्दै खोजी गर्न थालिन् । ‘खोज्दा भगवान् त भेटिन्छ’ भन्ने नेपाली उखान छ । उनले योजना खोज्दै थिइन् । नपाउने त कुरै भएन । काठमाडौंमा दैनिक ८२.५ मेट्रिक टन प्लास्टिक उत्पादन हुने भएपछि प्लास्टिकबाट इँटा बनाउन सकिन्छ कि सकिँदैन भनेर अध्ययन गर्न थालिन् । उनले गरिबीकै कारण भग्नावशेष घरहरूमा बस्न बाध्य मानिसका लगि ‘आवास’ नामक योजना ल्याएकी छन् । प्लास्टिक र केमिकल प्रयोग गरेर बनाइएको इँटा अन्य इँटाभन्दा २ रुपैयाँ कमी हुने भएकाले त्यस्ता मानिसलाई लाभ हुने उनको भनाइ छ । यसरी बनाइएको इँटा अन्य इँटाको तुलनामा बढी बलियो हुने उनको दाबी छ । उनी सामन्य घर बनाउनभन्दा यस इँटाले बनाउने घरमा ७ लाखदेखि १२ लाख रुपैयाँमै घर बनाउन सकिन्छ । यो सामान्य इँटाबाट बनाउने घरभन्दा १० देखि १२ लाख रुपैयाँसम्म सस्तो पर्ने उनको भनाइ छ । यसबाट समय पनि बचत हुनेछ । एक तल्ला घर बनाउन मात्र अढाइ महिना लाग्ने मण्डलको दाबी छ । उनी भन्छिन्, ‘हामी आवास हौँ, जसले आजको वेसलाई भोलिको फाउन्डेसन बनाउन काम गर्छौं ।’ बाँसबाट व्यवसाय अंशु प्रधान बेत र बाँस हामी सबैले देखिरहेका हुन् । हेर्दा समान्य लागे पनि बेत र बाँसबाट भने सुन्दर सामग्रीहरू बनाउन सकिने योजनाका साथ आइडिया स्टुडियोमा आएकी छन्, अंशु प्रधान । अंशु प्रधान अर्थात् सिस्टर्स इन्टरप्राइजेजकी निर्देशक हुन्, जो मौलिक ह्याण्डिक्राफ्टहरू उत्पादन गरेर पर्यटकहरूलाई लोभ्याउने गर्छिन् । उनको फ्याक्ट्रीबाट उत्पादन हुने वस्तुहरूले जोसुकैलाई पनि लोभ्याउन सक्छन् । बेत र बाँसको घरेलु प्रयोगबाट उनी ठूलाठूला रेस्टुराँहरूलाई चाहिने समानहरू बनाउँछिन् ।सानासाना सामानहरूमा ‘कल्चरल आर्ट’ झल्काउने सामग्री उत्पादन गर्ने उनी विदेशमा नेपालीहरू माझ लोकप्रिय बन्दै गइन् । बेस्ट सेल अवार्ड र बेस्ट ह्याण्डिक्राफ्ट अवार्डबाट सम्मानित प्रधान अहिले ४ लाख २३ हजार रुपैयाँसम्मको मासिक व्यापार हुने गरेको बताउँछिन् । ‘वार्षिक ५० लाख रुपैयाँको कारोबार गर्छु, त्यसमा मार्जिन २८.८ प्रतिशत छ र मासिक फाइदा ९२ हजार रुपैयाँ छ । अहिले बेतमा काम गर्ने मानिसको अभाव भएकाले भारतबाट कर्मचारी ल्याउनुपर्ने बाध्यता छ’, उनी भन्छिन्, ‘लगानी अझै बढाउन सके नेपालमै त्यस्ता व्यक्तिहरूलाई तालिम दिएर दक्ष बनाउन सकिन्थ्यो ।’ यसरी भारतबाट काम गर्ने जनशक्ति ल्याएर नेपालमा उत्पादन गर्न महँगो पर्ने गरेको थियो । यसले गर्दा कसरी पैसाको व्यवस्थापन गर्दै व्यवसायलाई उद्योगको रूप दिने भन्ने हेतुले ‘बेम्बो प्रोडक्ट’ नामक योजना लिएर लिएर आइडिया स्टुडियो आइन् । उनको नयाँ ऊर्जा र नयाँ सोचलाई स्टुडियोले नमान्ने त कुरै भएन । उनी बजारमा बाँस र बेतबाट बनेका समानहरू माग बढ्दै गएको र यसलाई उद्यमको रूपमा विकास गर्ने हो भने आफू मात्र नभएर मुलुक नै सक्षम हुने बताउँछिन् । उनी नेपालमै रोजगारी सिर्जना गरौँ भनेर तालिम पनि दिँदै आएकी छन् । अब भने उनी बेत र बाँस नभएर बाँसमा मात्र केन्द्रित हुने बताउँछिन् । उनी भन्छिन्, ‘एकतिर मात्र फोकस हुनुपर्ने रहेछ । अनुभवले सिकायो, अब भने बाँसबाट मात्र बन्ने सामानहरू उत्पादन गर्छु । बजारमा अर्डर